Friday, 24 March 2017

Asian Zonal Chess 2017

ग्रान्डमास्टर रकिबको एकल अग्रता
काठमाडौं, चैत ११ ।
बंगलादेशी ग्रान्डमास्टर अब्दुल्ला अल रकिब मोलाह (२४९२) काठमाडौंमा जारी एसियन जोनल ३.२ चेस च्याम्पियनसीपमा एकल अग्रता लिन सफल भएका छन् । शुक्रबार सम्पन्न छैटौं चरणमा आफ्नै देशका ग्रान्डमास्टर नियाज मुर्सीद (२४२२) लाई हराएका रकिबको ६ खेलबाट ५ अंक भएको छ । दुई ग्रान्डमास्टर बिच भएको रोचक भिडन्तमा नियाजले आक्रामक खेल शैली अपनाएका थिए । किंग्स इन्डियन प्रणालीमा खेल शुरुवात गरेका नियाजका हरेक आक्रमणलाई विफल पारेका रकिवले खेलको ३२ औं चालमा नियाजको गल्तीको फाईदा उठाउँदै खेल नियन्त्रणमा लिन सफल भए । फलस्वरुप ४० औं चालमा नियाजले रकिवलाई नतिजा सुम्पिए ।

डिफेन्डिङ च्याम्पियन बंगलादेशी ग्रान्डमास्टर जिउर रहमान (२५२०) अर्का बंगलादेशी फिडेमास्टर साइद महफुजुर रहमान (२२५०) खेलको ३८ औं चालमा माथ चखाउँदै ४ दशमलब ५ अंकका साथ दोश्रो स्थानमा रहेका छन् ।

छैटौं चरणमा उत्कृष्ट प्रदर्शन गरी अपराजीत रहेका पूर्व नेपाल च्याम्पियन केशव श्रेष्ठ तथा नेपालकै उदियमान युवा खेलाडी सुमित पन्त समान ४४ अंक बनाई संयुक्त रुपमा तेश्रो स्थानमा रहेका छन् । २०७७ रेटेड केशवले बंगलादेशका फिडेमास्टर हसन मेहेदी (२२६३)सँग जीतको नजिक पुगेर पनि बराबरीमा चित्त बुझाउनु प¥यो । क्याटालान प्रणालीमा भएको खेलमा सेतो गोटिबाट दबाब दिन खोजेका हसनले खेलको २६ औं चालमा गल्ती गर्न पुगे । जसको परिणाम स्वरुप केशवले २ वटा सिपाही बलीदान गरी हसनको घोडा लिन सफल भए । जीतको नजीक रहेको अवस्थामा केशवले समय दवावमा ५७ औं चालमा गलत निर्णय गर्न पुगे । जसका कारण ७५ औं चालमा खेल बराबरीमा सकियो ।

त्यसैगरी वर्तमान नेपाल च्याम्पियन मदनकृष्ण कायस्थ (२०९९) र सुमित पन्त (१९३५) बीचको रोमाञ्चक खेल पनि ७७ औं चालमा पुगेर बराबरीमा टुंगियो ।

नेपालका हिमाल लामा (२०८१) र बंगलादेशका ग्रान्डमास्टर नियाज मुर्सीद तथा फिडेमास्टर मोहम्मद तैवुर रहमान (२३४१) को पनि समान ४४ अंकमा रहेका छन् । हिमालले माल्दिभ्सका अनरेटेड अहमद इब्राहिम अमनलाई पराजीत गरेभने तैवुरले श्रीलंकाली कालुगाम्पिटीया आर एस (२१२९) लाई हराए ।

नेपालका फिडेमास्टर मनिष हमाल (२०५२), नेपालका क्यान्डिडेटमास्टरद्धय मदनकृष्ण कायस्थ तथा क्षितीज भण्डारी (२०३६), बंगलादेशी ग्रान्डमास्टर इनामुल हुसेन (२४७४), बंगलादेशी इन्टरनेशनलमास्टर आबु सुफिन सकिल (२३४३) तथा बंगलादेशी फिडेमास्टर सइद महफुजुर रहमान समान ३ दशमलब ५ अंकमा रहेका छन् ।

त्यसैगरी श्रीलंकाली कालुगाम्पिटीया आर एस, नेपालका क्यान्डिडेटमास्टर सजिन महर्जन, मिलन लामा, विवेक श्रेष्ठ, बद्रीलाल नेपाली समान ३३ अंकमा रहेका छन् ।

महिलातर्फ वुमन इन्टरनेशनलमास्टर रानी हमीदको अग्रता कायम
एशियन जोनल चेस च्याम्पियनशीपको महिलातर्फको स्पर्धामा बंगलादेशी वुमन इन्टरनेशनलमास्टर रानी हमीद (१९९०) को एकल अग्रता कायमै रहेको छ । शुक्रबार सम्पन्न छैटौं चरणको खेलमा आफ्नै देशका वुमन क्यान्डिडेटमास्टर महमुदा हक चौधरी (१७४०) लाई पराजीत गरेकी रानी ६ अंकका साथ शिर्ष स्थानमा रहेकी छन् ।
डिफेन्डिङ च्याम्पियन बंगलादेशी वुमन इन्टरनेशनल मास्टर समिमा अख्तर ५ अंकका साथ दोश्रो स्थानमा रहेकी छन् । २०७७ रेटेड उनले छैटौं चरणमा बंगलादेशकै समिहा सिम्मी सारमीन (१८४२) माथी जीत दर्ज गरीन । श्रीलंकाली सौम्य जैनाव (१७८८) बंगलादेशी वुमन फिडेमास्टर सुल्ताना सरमिन सिरीन लाई हराउँदै ४ अंकका साथ तेश्रो स्थानमा रहन सफल भएकी छन् । बंगलादेशी वुमन फिडेमास्टर नजरना खान ३ दशमलब ५ अंकमा रहेकी छन् ।
नेपालका शान्ता थापा (१६२६), सबिना श्रेष्ठ (१४०५) र बंगलादेशी महमुदा हक चौधरी समान ३३ अंकमा रहेका छन् ।

 नेपाल बुद्धीचाल संघ र नेकोस चेस एकेडेमी क्लबको संयुक्त आयोजनामा होटल एल्लो पगोडामा जारी च्याम्पिनसीप अन्र्तगत शनिबार सातौं चरणका खेल सञ्चालन हुनेछन् ।

Thursday, 23 March 2017

Asian Zonal Chess 2017

एसियन जोनल चेसमा बंगलादेशी खेलाडीको अग्रता

काठमाडौं, चैत १० ।
बंगलादेशी ग्रान्डमास्टरद्धय जीउर रहमान  (२५२०) तथा अब्दुल्ला अल रकिब मोलाह (२४९२) ले काठमाडौंमा जारी एसियन जोनल ३.२ चेस च्याम्पियनसीपमा संयुक्त अग्रता लिएका छन् । डिफेन्डिङ च्याम्पियन समेत रहेका रहमानले बुधबार सम्पन्न चौथो चरणमा आफ्नै देशका ग्रान्डमास्टर इनामुल हुसेन (२४७४) लाई हराउँदै ३ दशमलब ५ अंकका साथ बनाए । त्यसगरी अर्का ग्रान्डमास्टर रकिबले आफ्नै देशका फिडेमास्टर हसन मेहदी (२२६३) माथी जीत हात पारे ।

बंगलादेशी ग्रान्डमास्टर नियाज मुर्सीद तथा फिडेमास्टर साइद महफुजुर रहमान र नेपालका क्यान्डिडेटमास्टर केशव श्रेष्ठ समान ३३ अंकमा रहेका छन् । २४२२ रेटेड ग्रान्डमास्टर नियाजले वर्तमान नेपाल च्याम्पियन समेत रहेका क्यान्डिडेटमास्टर मदनकृष्ण कायस्थ (२०९९) माथि जीत निकाले । त्यस्तै कालो गोटीबाट खेलेका २०७७ रेटेड केशवले श्रीलंकाली कालुगाम्पिटीया आर एस (२१२९) माथि शानदार जीत हात पारे । उता २२५० रेटेड फिडेमास्टर महफुजुरले नेपालका फिडेमास्टर मनिष हमाल २०५२ लाई हराए ।

ग्रान्डमास्टर इनामुल हुसेन, ईन्टरनेशनल मास्टर आबु सुफिन साकिल, फिडेमास्टरद्धय महम्मद तैवुर रहमान तथा हसन मेहदी, नेपालका हिमाल लामा, सुमीत पन्त  तथा भगवतीप्रसाद शर्मा समान २ दशमलब ५ अंकमा रहेका छन् ।  २३४३ रेटेड साकिलले नेपालका बद्रीलाल नेपाली (२००९) माथि विजय प्राप्त गरे । २०८१ रेटेड हिमालले नेपालका क्यान्डिडेटमास्टर क्षितीज भण्डारी (२०३६) माथि जीत हात पारे । त्यसैगरी १८४८ रेटेड भगवतीप्रसादले नेपालका क्यान्डिडेटमास्टर सजिन महर्जन (२००२) लाई हराए । त्यसैगरी १९३५ रेटेड सुमीत र २३४१ रेटेड तैवुर रहमान बीचको खेल बराबरीमा टुंगीयो ।

माल्दीभ्सका अनरेटेड अहमद अमन इब्राहीम, नेपालका मदनकृष्ण कायस्थ, मनिष हमाल, आशिष फुँयाल (१८०१), मिलन लामा (१७७१), सुमन राई (१७००) समान २२ अंकमा रहेका छन् ।


महिलातर्फ वुमन इन्टरनेशनलमास्टर रानी हमीदको एकल अग्रता

बंगलादेशी वुमन इन्टरनेशनलमास्टर रानी हमीद (१९९०) आफ्नै देशका समिहा सिम्मी सारमीन (१८४२) माथी जीत दर्ज गर्दै महिलातर्फ एकल अग्रता बनाउन सफल भएकी छन् । चौथो चरणको समाप्तिमा शतप्रतिशत जीत हात पारेकी रानीको ४ अंक भएको छ ।

महिलातर्फकी डिफेन्डिङ च्याम्पियन बंगलादेशी वुमन इन्टरनेशनल मास्टर समिमा अख्तर (२०७७) श्रीलंकाली सौम्य जैनाव (१७८८) लाई हराउँदै ३ अंकका साथ दोश्रो स्थानमा रहन सफल भएकी छन् । चौथो चरणमाको खेलमा बराबरी नतीजा आत्मसात गरेका बंगलादेशी वुमन फिडेमास्टरद्धय नजरना खान तथा सुल्ताना सरमिन सिरीन समान २ दशमलब ५ अंकमा रहेका छन् ।

बंगलादेशी वुमन क्यान्डिडेटमास्टर महमुदा हक चौधरी तथा समिहा सिम्मी सारमीन, श्रीलंकाली सौम्य जैनाव, नेपालकी शान्ता थापा तथा मतिना कुसी समान २ अंकमा रहेका छन् । १७४० रेटेड चौधरीले नेपालकी सविना श्रेष्ठ (१४०५) लाई पराजीत गरिन् । १६२६ रेटेड शान्ताले नेपालकै पुनम प्रसाईं (१४१९) तथा १७०१ रेटेड मतिनाले नेपालकै सिन्दिरा जोशी (१६२५) माथि जीत हात पारे ।


नेपाल बुद्धीचाल संघ र नेकोस चेस एकेडेमी क्लबको संयुक्त आयोजनामा होटल एल्लो पगोडामा जारी च्याम्पिनसीप अन्र्तगत बिहिबार पाचौं चरणका खेल सञ्चालन हुनेछन् ।

Tuesday, 14 February 2017

Moscow Open 2017

नेपालका विवेक थिङ मस्को ओपन चेस'C' मा तेश्रो
नेपाल बुद्धिचाल संघको छात्रवृत्तिमा रसियामा अध्ययनरत क्यान्डिडेटमास्टर विवेक थिङ मस्को ओपन चेसको क्याटोगारी सि तर्फ तेश्रो हुन सफल भएका छन् ।

 २२ राष्ट्रका ३८० खेलाडी सहभागी प्रतियोगितामा ६७ औं वरियता प्राप्त विवेकले ९ चरणको खेलमा अपराजीत रहँदै ६ खेलमा जीत तथा ३ खेलमा बराबरीको नतीजाका साथ ७ दशमलब ५ अंक बनाए ।



Sunday, 5 February 2017

National Amateur 2017

सुनसरीका डाँगी एमेच्योर च्याम्पियन

चौथो नेशनल एमेच्योर चेस प्रतियोगिताको उपाधि सुनसरीका मणिराज डाँगीले जीतेका छन् । मकवानपुरको हेटौंडामा बिहिबार सम्पन्न प्रतियोगितामा ७ खेलबाट ५ दशमलब ५ अंक बनाउन सफल उनले नगद ५० हजार समेत प्राप्त गरेका छन् । समान ५ दशमलब ५ अंक बनाएका एपीएफका सुमित पन्त तथा काठमाडौंका नविन तण्डुकार टाईब्रेकरमा पछि पर्दैं क्रमशः दोश्रो तथा तेश्रो स्थानमा रहे । सुमितले नगद १५ हजार तथा नविनले साढे ७ हजार नगद पुरस्कार प्राप्त गरे ।

Final ranking
Rank Name IRtg Club Pts
1 Dangi Mani Raj 1803 Sunsari
2 Panta Sumit 1921 Thapathali Chess Park
3 Tandukar Nabin 1924 Kathmandju
4 Pandit Suraj 1784 Kathmandu 5
5 Prajapati Raj 1710 Bhaktapur
6 Rai Sanjay 1478 Khotang
7 Rai Suman 1660 Bhojpur
8 Chaudhary Sushil 1685 Thapathali Chess Park 4
9 Subedi Rajan 1863 Damak, Jhapa 4
10 Roka Milan 1809 Rukum 4
11 Phuyal Aashish 1760 Thapathali Chess Park 4
12 Jati Bikram 1908 Bhaktapur 4
13 Sanjel Balram 1764 Makawanpur
14 Karki Sundar 1630 Makawanpur
15 Kusatha Niken 0 Bhaktapur
16 Manandhar Keshab 1649 Bhaktapur 3
17 Gole Lok Bahadur 0 Makawanpur 3
18 Ali Faisal 1781 Birgunj, Parsa 3
19 Shrestha Dipendra Kumar 0 Makawanpur 3
20 Dhungel Gyanendra Raj 1429 Makawanpur 3
21 Dahal Ram Chandra 0 Rautahat
22 Raut Samiksha 0 Birgunj, Parsa
23 Subedi Prakash 0 Inaruwa, Sunsari 2
24 Adhikari Shambhu Prasad 1653 Makawanpur 2
25 Raut Sushil 0 Birgunj, Parsa