Saturday 8 April 2017

5th Co-operative Chess

सुमित पन्तलाई सहकारी चेसको उपाधि
लिगतर्फ बद्रीलाल च्याम्पियन

ललितपुर, २५ चैत्र ।
श्रेयंकर साकोस काठमाडौंका सुमित पन्त पाचौं कामना सहकारी कप चेस च्याम्पियन बनेका छन् । गोल्डेनगेट कलेजका हिमाल लामालाई १.५०.५ ले पराजीत गर्दै सुमितले १ लाख ७२ हजार ९ सय मुल्य बराबरको मोटरसाईकल प्राप्त गरे ।

ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघ र ताम्राकार समाजको आयोजनामा शुक्रबार जावलाखेलमा सम्पन्न च्याम्पिनिशीपको फाईनलतर्फको पहिलो लेगमा कालो गोटीबाट जित हात पारेका सुमितले दोश्रो लेगमा सेतो गोटीबाट हिमाललाई बराबरीमा रोके । च्याम्पियनसीपको उपविजेता बनेका हिमालले ५० हजार नगदमा चित्त बुझाए ।

क्यान्डिडेटमास्टर क्षितीज भण्डारी सडेनडेथमा फिडेमास्टर मनिष हमाललाई पराजीत गर्दै तेश्रो हुन सफल भए । क्लासिकलतर्फ पहिलो लेगको खेल गुमाएका जनता साकोस ललितपुरका क्षितीजले दोश्रो लेगमा सेतो गोटीबाट अर्थ बहुउद्देश्यीय सहकारी ललितपुरका मनिष हमाललाई हराए । टाईब्रेकका लागि भएको ब्लिज खेल समेत ११ मा टुंगिएपछि खेलको नतिजा सडेनडेथमा आएको हो । सडेनडेथका लागि खेलाईएको ब्लिज खेलमा कालो गोटि रोजेका मनिषलाई ४ मिनेटमा बराबरीको नतिजा पर्याप्त थियो भने क्षितीजका लागि ५ मिनेटमा जित्नैपर्ने दबाब थियो । नकआउटमा तेश्रो भएका क्षितीजले ३० हजार तथा चौथो भएका मनिषले २५ हजार नगद प्राप्त गरे ।

करुणामय साकोसका बद्रीलाल नेपालीले लिगतर्फको उपाधि हात पारेका छन् । १० औं चरणमा प्रतियोगिताका शिर्ष खेलाडी क्यान्डिडेटमास्टर मदनकृष्ण कायस्थलाई हराउँदै ८ दशमलब ५ अंक बनाउन सफल बद्रीलालले २५ हजार नगद समेत प्राप्त गरे ।

मच्छिन्द्र क्लबका सुरवीर लामालाई हराउँदै ७ दशमलब ५ अंक बनाएका गोल्डेनगेट कलेजका क्यान्डिडेटमास्टर केशव श्रेष्ठ लिगतर्फ दोश्रो हुँदै १५ हजार नगद प्राप्त गरे । समान ७७ अंक बनाएका थापाथली चेस पार्कका सुशील चौधरी, नेशनल डेभलपमेन्टका दिर्घराज जोशी तथा मखन चेस क्लबका सुमन लामा क्रमशः तेश्रो, चौथो तथा पाचौं स्थानमा रहन सफल भए ।

भक्तपुर साकोसका राज प्रजापतिमाथि जीत हात पारेका सुशीलले १० हजार नगद प्राप्त गरे । त्यसैगरी सादना साकोस झापाका राजन सुवेदीलाई हराएका दिर्घराजले ८ हजार नगद प्राप्त गरे । स्वागतम साकोस ललितपुरका रविन्द्र शाक्यसँग बराबरी नतिजा आत्मसात गरेका सुमन लामाले ७ हजार नगद प्राप्त गरे ।

कामना साकोसका जनार्दन श्रेष्ठ, काठमाडौका भगवतीप्रसाद शर्मा, मच्दिन्द्र क्लबका सुरवीर लामा, नेकोस चेस एकेडेमीका मदनकृष्ण कायस्थ तथा स्वागतमका रविन्द्र शाक्य समान ६ दशमलब ५ अंकका साथ क्रमशः छैठौं देखि दशौं स्थानमा रहन सफल भए ।

जनता साकोसका सिन्दिरा जोशीले महिलातर्फ पहिलो हुँदै १० हजार नगद प्राप्त गरिन । अर्थ बहुउद्देश्यीय ललितपुरका सविना श्रेष्ठ, काठमाण्डौका विनिता कपाली, चितवनका लक्ष्मी कँडेल तथा ललितपुरका नोज्मी खड्का क्रमशः महिलातर्फ दोश्रो देखि पाचौं स्थान हासिल गर्न सफल भए ।

थापाथली चेस पार्कका रामहरी कार्की अनरेटेडतर्फ उत्कृष्ट भए । त्यसैगरी ललितपुरका सुरज सिंह अनरेटेडतर्फ दोश्रो भए । अन्नपूर्ण उच्चमाविका दिपेन्द्र गमाल १९ वर्षमुनि उत्कृष्ट भए । श्रमजीवी साकोस भक्तपुरका गणेशमान दुवाल भेट्रानतर्फ पुरस्कृत भए । नेशनल डेभलपमेन्ट सहकारी ललितपुरका सुदर्शन प्रधानले उत्कृष्ट स्थानीय खेलाडीको पुरस्कार प्राप्त गरे । सारथी साकोस दोलखाका आशिष फुँयालले २ हजार भन्दा मुनि रेटिङ समुहमा तथा झापाका अनिश कुमार सुवेदीले १८ सय मुनि रेटिङसमुहको पुरस्कार प्राप्त गरे ।

भक्तपुर साकोसका राज प्रजापति, सादना साकोस झापाका राजन सुवेदी, तनहुँका सविनचन्द्र घिमिरे, मखन चेस क्लबका पूण्यमान कर्माचार्य, नेशनल डेभलपमेन्ट सहकारीका राजेन्द्रप्रसाद श्रेष्ठ क्रमशः एघारौं देखि पन्ध्रौं स्थानमा रहन सफल भए । त्यसैगरी मखन चेस क्लबका सुजेन्द्रप्रसाद श्रेष्ठ, श्रमजीवी साकोस भक्तपुरका विकास कुलुजु, कन्काई साकोस काठमाण्डौका सुमन राई, कामना साकोसका सजिन महर्जन र डायनामिक चेस एकेडेमीका भुपेन्द्र निरौला क्रमशः सो¥हौं देखि बिसौं स्थान सम्म रहे ।

कुल ४ लाख ९८ हजार ४ सय पुरस्कार राशी रहेको लिग तथा नकआउट दोहोरो प्रणालीमा सम्पन्न प्रतियोगितामा ८० खेलाडीको सहभागीता रहेको थियो ।

Thursday 6 April 2017

5th Co-operative Chess


हिमाल लामा र सुमित पन्त सहकारी चेसको फाइनलमा भिड्ने, लिगतर्फ बद्रीलालको अग्रता

ललितपुर, २४ चैत्र ।

हिमाल लामा तथा सुमित पन्त पाचौं कामना सहकारी सहकारी चेस च्याम्पियनशीपको फाईनलमा भिड्ने पक्का भएको छ । ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघ र ताम्राकार समाजको आयोजनामा जावलाखेलमा जारी च्याम्पिनिशीप अन्र्तगत बिहिबार सम्पन्न सेमिफाईनल स्पर्धामा जनता साकोस ललितपुरका क्यान्डिडेटमास्टर क्षितीज भण्डारीलाई १.५ ०.५ ले हराउँदै हिमालले फाईनलको यात्रा तय गरेका हुन् । सेमिफाइनलको पहिलो लेगमा कालो गोटिबाट बाजी मारेका गोल्डेनगेट कलेजका हिमालले दोश्रो लेगको खेलमा सेतो गोटीबाट बराबरीको नतिजा निकाले ।

त्यसैगरी श्रेयंकर साकोस काठमाडौंका सुमितले अर्थ बहुउद्देश्यीय सहकारी ललितपुरका मनिष हमाललाई ०.५ का विरुद्ध १.५ को जीत हात पारे । सुमितले पनि पहिलो लेगमा कालो गोटीबाट जीतहात पारे भने दोश्रो लेगमा सेतो गोटीबाट मनिष हमाललाई बराबरीमा रोके ।

दोश्रो पटक फाईनलको यात्रा तय गरेका पुगेका हिमाल लामा चौथो सहकारी कपका उपविजेता हुन् । चौथो सहकारी कपमा तेश्रो स्थान हासील गर्न सफल सुमितका लागि फाइनल पहिलो अनुभव हुनेछ । नकआउट प्रवेश अघि भएका लिग चरणका सबै खेलमा हिमाल अपराजीत रहे भने सुमितले पाचौं चरणमा हिमालसँग हार व्यहोरेका थिए । सेमिफाईनलमा पराजीत मनिष हमाल तथा क्षितीज भण्डारी तेश्रो स्थानका लागि प्रतिष्पर्धा गर्नेछन् ।

करुणामय साकोसका बद्रीलाल नेपाली लिगतर्फ अग्रस्थानमा रहेका छन् । आठौं चरणमा मच्छिन्द्र क्लबका सुरवीर लामालाई हराएर हौसिएका बद्रीलालले नवौं चरणमा भक्तपुर साकोसका राज प्रजापतिलाई हार चखाए । नौ चरणको समाप्तिमा बद्रीलालको ७ दशमलब ५ अंक रहेको छ ।

क्यान्डिडेटमास्टरद्धय मदनकृष्ण कायस्थ तथा केशव श्रेष्ठ, पूर्व नेपाल च्याम्पियन सुरवीर लामा र मखन चेस क्लबका सुमन लामा समान ६ दशमलब ५ अंकमा रहेका छन् । सुरवीरले नवौं चरणमा कन्काई साकोसका सुमन राईलाई हराए । नेकोस चेस एकेडेमीका मदनले आठौं चरणमा श्रमजीवी साकोसका विकास कुलुजु लाई पराजीत गरेभने नवौं चरणमा केशवसँग बराबरी खेले । गोल्डेनगेट कलेजका केशवले आठौं चरणमा स्वागतम साकोसका रविन्द्र शाक्यलाई पराजीत गरे । सुमन  लामाले आठौं तथा नवौं चरणमा क्रमशः क्यान्डिडेटमास्टर सजिन महर्जन तथा थापाथली चेस पार्कका शुसील चौधरीमाथि जीत हात पारे ।

काठमाण्डौका भगवतीप्रसाद शर्मा, भक्तपुर साकोसका राज प्रजापति, सादना साकोस झापाका राजन सुवेदी, कामना साकोसका जर्नादन श्रेष्ठ, थापाथलीका शुसील चौधरी, स्वागतम साकोसका रविन्द्र शाक्य तथा नेशनल डेभलपमेन्टका दिर्घराज जोशीले समान ६६ अंक बनाए ।

त्यसैगरी कामना साकोसका सजिन महर्जन, श्रमजीवी साकोसका गणेशमान दुवाल तथा विकास कुलुजु, कन्काई साकोसका सुमन राई, झापाका अनिश कुमार सुवेदी र काठमाडौंका सुरज पण्डितको समान ५ दशमलब ५ अंक रहेको छ ।


प्रतियोगिता अन्र्तगत शुक्रबार लिगतर्फ दशौं तथा नकआउटतर्फ फाईनल खेल सञ्चालन हुनेछन् ।

Tuesday 4 April 2017

5th Co-operative Chess

कामना सहकारी चेसमा हिमाल, मनिष र क्षितीजको अग्रता

ललितपुर, २२ चैत्र ।
ललितपुरमा जारी कामना सहकारी चेस प्रतियोगितामा हिमाल लामा, मनिष हमाल र क्षितीज भण्डारी अग्रता बनाउन सफल भएका छन् । प्रतियोगिता अन्र्तगत मंगलबार चौथो तथा पाचौं चरणका खेल सम्पन्न भए । चौथो चरणको खेलमा फिडेमास्टर मनिष हमालसँग बराबरीको नतिजा आत्मसात गरेका गोल्डेनगेट कलेजका हिमालले पाचौं चरणमा श्रेयङकर साकोसका सुमित पन्तमाथि जीत हात पारे । अर्थ बहुउद्देश्यीय सहकारीका मनिषले पाचौं चरणमा कामना साकोसका क्यान्डिडेटमास्टर सजिन महर्जनलाई हराए । त्यसैगरी जनता साकोसका क्यान्डिडेटमास्टर क्षितीज भण्डारीले चौथोमा श्रमजीवी साकोसका विकास कुलुजु तथा पाचौंमा मखन चेस क्लबका सुमन लामामाथि विजय हात पारे । पाचौं चरणको समाप्तिमा हिमाल, मनिष र क्षितीजको समान ४ दशमलब ५ अंक भएको छ ।
क्यान्डिडेटमास्टरद्धय मदनकृष्ण कायस्थ तथा केशव श्रेष्ठ, सुरवीर लामा, बद्रीलाल नेपाली, रविन्द्र शाक्य, राजेन्द्रप्रसाद श्रेष्ठ, पुण्यमान कर्माचार्य समान ४४ अंकमा रहन सफल भएका छन् ।


नेकोस चेस एकेडेमीका मदनकृष्ण चौथो चरणमा सुमित पन्तसँग बराबरीमा रोकिएभने पाचौंमा मखन चेस क्लबका फिडेमास्टर सुजेन्द्रप्रसाद श्रेष्ठलाई पराजय चखाए । चौथो चरणमा संकटा साकोसका नविन तण्डुकारलाई हराउन सफल गोल्डेनगेट कलेजका केशवले पाचौं चरणमा बद्रीलालसँग अंक बाँडे ।

पूर्व नेपाल च्याम्पियन सुरवीरले चौथो चरणमा डायनामीक चेस एकेडेमीका क्यान्डिडेटमास्टर भुपेन्द्र निरौलासँग बराबरी खेले भने पाचौं चरणमा झपाका अनिष कुमार सुवेदीमाथि जीत हात पारे । चौथो चरणमा करुणामय साकोसका बद्रीलालले नेशनल डेभलपमेन्टका दिर्घराज जोशीलाई हराए । स्वागतम साकोसका रविन्द्र शाक्यले चौथो तथा पाचौं चरणमा क्रमशः डायनामीक चेस एकेडेमीका विजय मगर तथा काठमाण्डौका रमेश महर्जनलाई हराए । त्यसैगरी नेशनल डेभलपमेन्ट सहकारीका राजेन्द्रप्रसादले चौथोमा रुकुमका सरोज थापा तथा भुपेन्द्र निरौलामाथि जीत हात पारे । मखन चेस क्लबका पूण्यमानले चौथो चरणमा नवसुलभ साकोसका अविरल राई तथा पाचौं चरणमा नेशनल डेभलपमेन्टका सुदर्शन प्रधानमाथि जीत हात पारे ।

श्रेयङकर साकोसका सुमित पन्त, कामना साकोसका सजिन महर्जन, मखन चेस क्लबका सुमन लामा, संकटा साकोसका नविन तण्डुकार, नेशनल डेभलपमेन्टका दिर्घराज जोशी समान ३ दशमलब ५ अंकमा रहेका छन् ।

डायनामिक चेस एकेडेमीका भुपेन्द्र निरौला तथा विजय मगर, मखन क्लबका सुजेन्द्रप्रसाद श्रेष्ठ, बाराका श्यामलाल दास, श्रमजीवी साकोसका विकास कुलुजु, काठमाण्डौका भगवतीप्रसाद शर्मा, तनहुँका सविन चन्द्र घिमिरे, नेशनल डेभलपमेन्टका सुनिल बहादुर कोइराला तथा सुदर्शन प्रधान, सादना साकोस झापाका राजन सुवेदी, अनिश कुमार सुवेदी लगायतको समान ३३ अंक रहेको छ ।


ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघ  र ताम्रकार समाजको संयुक्त आयोजनामा जावलाखेल स्थित ताम्राकार समाज भवनमा जारी सिवानी एअर पाचौं कामना सहकारी चेस प्रतियोगिता अन्र्तगत बुधबार छैठौं तथा सातौं चरणका खेल सञ्चालन हुनेछन् ।

Monday 3 April 2017

5th Co-operative Chess

कामना सहकारी कप चेसमा तीन खेलाडीको अग्रता

  ललितपुर, २१ चैत्र ।

ललितपुरमा जारी कामना सहकारी कप चेस प्रतियोगितामा तीन खेलाडीले अग्रता लिन सफल भएका छन् । प्रतियोगिता अन्र्तगत सोमबार दोश्रो तथा तेश्रो चरणका खेल सञ्चालन भए । तेश्रो चरणको समाप्तिमा गोल्डेनगेट कलेजका हिमाल लामा, अर्थ बहुउद्देश्यीय सहकारीका फिडेमास्टर मनिष हमाल तथा श्रेयङकर साकोसका सुमित पन्तले समान ३३ अंकका साथ संयुक्त अग्रता बनाएका हुन् ।


दोश्रो चरणमा तनहुँका सविनचन्द्र घिमिरेमाथि जीत हात पार्दै हौसिएका हिमालले तेश्रो चरणमा मखन चेस क्लबका पूर्व नेपाल च्याम्पियन पूण्यमान कर्माचार्यलाई हराए । पूर्व नेपाल च्याम्पियन हमालले दोश्रो तथा तेश्रो चरणमा क्रमशः कुम्भिखादी साना किसान सहकारी सप्तरीका मनोज विक तथा मखन चेस क्लबका फिडेमास्टर सुजेन्द्रप्रसाद श्रेष्ठलाई पराजीत गरे । त्यसैगरी श्रेयङकर साकोसका सुमित पन्तले झापाका अनिश कुमार सुवेदी तथा नेशनल डेभलपमेन्टका सुदर्शन प्रधानलाई हार चखाए ।

नेकोस चेस एकेडेमीका मदनकृष्ण कायस्थ, गोल्डेनगेट कलेजका केशव श्रेष्ठ, करुणामय साकोसका बद्रीलाल नेपाली, डायनामीक चेस क्लबका भुपेन्द्र निरौला, काठमाण्डौका रिजेन्द्र राजभण्डारी, श्रमजीवी साकोस भक्तपुरका विकास कुलुजु, जनता साकोस ठेचोका क्यान्डिडेटमास्टर क्षितीज भण्डारी, मच्छिन्द्र क्लबका सुरवीर लामा, कामना साकोसका क्यान्डिडेटमास्टर सजिन महर्जन, संकटा साकोसका नविन तण्डुकार, नेशनल डेभलपमेन्टका दिर्घराज जोशी, मखन चेस क्लबका सुमन लामा तथा सारथी साकोस दोलखाका आशिष फुँयाल समान २ दशमलब ५ अंकमा रहेका छन् ।

तेश्रो चरणको पहिलो बोर्डमा क्यान्डिडेटमास्टरद्धय मदनकृष्ण र रिजेन्द्रको खेल बराबरीमा सकियो । त्यसैगरी दोश्रो बोर्डमा पनि क्यान्डिडेटमास्टरद्धय भुपेन्द्र निरौला र केशव श्रेष्ठले पनि बराबरीको नतिजा निकाले । यसअघि दोश्रो चरणमा मदनकृष्णले काठमाण्डौका भगवतीप्रसाद शर्मा तथा केशवले श्रमजीवी साकोसका गणेशमान दुवाललाई हराए । त्यसैगरी रिजेन्द्रले अन्नपूणं माविका मोहम्मद अदनम अदिल तथा भुपेन्द्रले डायनामीक चेस एकेडेमीका विजय मगरलाई पराजीत गरे ।
पूर्व नेपाल च्याम्पियन बद्रीलालले दोश्रो चरणमा काठमाण्डौका सुरज पण्डितलाई हराए । विकासले दोश्रो चरणमा थापाथली चेस पार्कका सुशील चौधरीमाथि जीत हात पारे । दोश्रो चरणमा बाराका श्यामलाल दाससँग बराबरीमा रोकिएका नविनले तेश्रो चरणमा थापाथली चेस पार्कका भरत धिमालमाथी विजय हात पारे । तेश्रो खेलमा बराबरी खेलेका सुरवीर लामा तथा सुमन लामाले दोश्रो चरणमा क्रमशः नेशनल डेभलपमेन्टका राजेन्द्रप्रसाद श्रेष्ठ तथा ललितपुरका पेरिसा ताम्रकारलाई हराए ।

नेपाल टेलिकमका गोविन्द खड्का, मखन चेस क्लबका पूण्यमान कर्माचार्य तथा सुजेन्द्रप्रसाद श्रेष्ठ, स्वागतम साकोसका रविन्द्र शाक्य, कामना साकोसका जर्नादन श्रेष्ठ, काठमाण्डौका भगवतीप्रसाद शर्मा, श्रमजीवी साकोसका गणेशमान दुवाल, सादना साकोस झापाका राजन सुवेदी, तनहुँका सविन चन्द्र घिमिरे, नेशनल डेभलपमेन्टका राजेन्द्रप्रसाद श्रेष्ठ तथा सुदर्शन प्रधान समान २२ अंकमा रहेका छन् । त्यसैगरी नवसुलभ साकोसका अविरल राई, डायनामीक चेस एकेडेमीका विजय मगर, झापाका अनिश कुमार सुवेदी, अन्नपूर्ण माविका मोहम्मद अदनम अदिल, कन्काई साकोसका सुमन राई, काठमाण्डौका रमेश महर्जन, रुकुमका सरोज थापा, सर्लाहीका अनिल शाह तथा भक्तपुर साकोसका केशव मानन्धरले पनि समान २२ अंक बनाएका छन् ।

ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघ  र ताम्रकार समाजको संयुक्त आयोजनामा जावलाखेल स्थित ताम्राकार समाज भवनमा जारी सिवानी एअर पाचौं कामना सहकारी चेस प्रतियोगिता अन्र्तगत मंगलबार चौथो तथा पाचौं चरणका खेल सञ्चालन हुनेछन् ।


Sunday 2 April 2017

5th Co-operative Chess

पाचौं सहकारी कप चेस शुरु ।

ललितपुर, २० चैत्र ।
सहकारी कप चेस प्रतियोगिताको पाचौं संस्करण आईतबारदेखि ललितपुरमा शुरु भएको छ । ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघ  र ताम्रकार समाजको संयुक्त आयोजनामा शुरु भएको सिवानी एअर ५ औं कामना सहकारी चेस प्रतियोगिताको एक समारोह बिच राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशवकुमार विष्टले उद्घाट्न गरे ।

८० जना खेलाडीको सहभागीता रहेको प्रतियोगिताको पहिलो दिन एक चरणका खेल सञ्चालन भए । शिर्ष वरियताका खेलाडी क्यान्डिडेटमास्टर मदनकृष्ण कायस्थले भक्तपुर साकोसका केशव मानन्धरलाई हराउँदै सुखद सुरुवात गरे । प्रतियोगिताका ४ मध्ये २ संस्करण पोल्टामा पारिसकेका नेपाल च्याम्पियन मदनकृष्ण पाँचौं संस्करण पनि जित्ने लक्ष्यका साथ प्रतियोगितामा सहभागी भएको बताए ।

अर्थ बहुउद्देश्यीय सहकारीका फिडेमास्टर मनिष हमालले काठमाडौंका विनिता कपालीलाई पराजीत गरे । गोल्डेनगेट कलेजका केशव श्रेष्ठ तथा हिमाल लामाले क्रमशः नेकोस चेस ऐकेडेमीका मोहम्मद इमरान खान र नेशनल डेभलपमेन्ट सहकारीका सुनिल बहादुर कोईरालालाई हराए । मच्छिन्द्र क्लबका सुरवीर लामाले जनता साकोस ठेचोका सिन्दिरा जोशीमाथि जीत हात पारे । कामना साकोसका बद्रीलाल नेपालीले डायनामिक चेस ऐकेडेमी झापाका बिक्रम सिंघक माथि जीत निकाले । क्यान्डिडेटमास्टर रिजेन्द्र राजभण्डारीले संजीत तामाङलाई हराए । मखन चेस क्लबका पूण्यमान कर्माचार्यले काठमाण्डौका युवराज पौडेललाई हराए ।

जनता साकोस ठेचोका क्यान्डिडेटमास्टर क्षितीज भण्डारी, श्रेयङकर साकोसका सुमित पन्त, नेपाल टेलिकमका गोविन्द खड्का, सारथी साकोस दोलखाका आशिष फुँयाल, डायनामीक चेस एकेडेमीका भुपेन्द्र निरौला, बाराका श्यामलाल दास, संकटा साकोसका नविन तण्डुकार, ललितपुरका रविन्द्र शाक्य, मखन चेस क्लबका सुजेन्द्रप्रसाद श्रेष्ठ तथा सुमन लामा, काठमाण्डौका भगवतीप्रसाद शर्मा पनि आआफ्नो खेलमा जीत हात पार्दै समान ११ बटुल्न सफल भए ।

त्यसैगरी बारदली साकोस पोखराका रञ्जन कुँवर, नेशनल डेभलपमेन्ट सहकारीका राजेन्द्रप्रसाद श्रेष्ठ, कुम्भिखादी साना किसान सहकारी सप्तरीका मनोज विक, कन्काई साकोस काठमाडौंका सुमन राई, झापाका अनिश कुमार सुवेदी, अन्नपूर्ण माविका मोहम्मद अदनाम अदील, सुजन केसी, सविन चन्द्र घिमिरे, रमेश महर्जन पनि आआफ्नो खेलमा जीत हात पार्न सफल भए ।


फिडेको स्विस लिग प्रणाली तथा नकआउटका आधारमा सञ्चालन हुने प्रतियोगिता अन्र्तगत आईतबार दोश्रो तथा तेश्रो चरणका खेल सञ्चालन हुनेछन् ।