कामना सहकारी कप चेसमा तीन खेलाडीको अग्रता
ललितपुर, २१ चैत्र ।
ललितपुरमा
जारी कामना सहकारी कप चेस प्रतियोगितामा तीन खेलाडीले अग्रता लिन सफल भएका छन् ।
प्रतियोगिता अन्र्तगत सोमबार दोश्रो तथा तेश्रो चरणका खेल सञ्चालन भए । तेश्रो
चरणको समाप्तिमा गोल्डेनगेट कलेजका हिमाल लामा, अर्थ बहुउद्देश्यीय सहकारीका
फिडेमास्टर मनिष हमाल तथा श्रेयङकर साकोसका सुमित पन्तले समान ३–३ अंकका साथ संयुक्त अग्रता बनाएका हुन् ।
दोश्रो
चरणमा तनहुँका सविनचन्द्र घिमिरेमाथि जीत हात पार्दै हौसिएका हिमालले तेश्रो चरणमा
मखन चेस क्लबका पूर्व नेपाल च्याम्पियन पूण्यमान कर्माचार्यलाई हराए । पूर्व नेपाल
च्याम्पियन हमालले दोश्रो तथा तेश्रो चरणमा क्रमशः कुम्भिखादी साना किसान सहकारी
सप्तरीका मनोज विक तथा मखन चेस क्लबका फिडेमास्टर सुजेन्द्रप्रसाद श्रेष्ठलाई
पराजीत गरे । त्यसैगरी श्रेयङकर साकोसका सुमित पन्तले झापाका अनिश कुमार सुवेदी
तथा नेशनल डेभलपमेन्टका सुदर्शन प्रधानलाई हार चखाए ।
नेकोस
चेस एकेडेमीका मदनकृष्ण कायस्थ, गोल्डेनगेट कलेजका केशव
श्रेष्ठ, करुणामय
साकोसका बद्रीलाल नेपाली, डायनामीक चेस क्लबका
भुपेन्द्र निरौला, काठमाण्डौका रिजेन्द्र
राजभण्डारी, श्रमजीवी
साकोस भक्तपुरका विकास कुलुजु, जनता साकोस ठेचोका
क्यान्डिडेटमास्टर क्षितीज भण्डारी, मच्छिन्द्र क्लबका सुरवीर
लामा, कामना
साकोसका क्यान्डिडेटमास्टर सजिन महर्जन, संकटा साकोसका नविन तण्डुकार, नेशनल
डेभलपमेन्टका दिर्घराज जोशी, मखन चेस क्लबका सुमन लामा
तथा सारथी साकोस दोलखाका आशिष फुँयाल समान २ दशमलब ५ अंकमा रहेका छन् ।
पूर्व
नेपाल च्याम्पियन बद्रीलालले दोश्रो चरणमा काठमाण्डौका सुरज पण्डितलाई हराए ।
विकासले दोश्रो चरणमा थापाथली चेस पार्कका सुशील चौधरीमाथि जीत हात पारे । दोश्रो
चरणमा बाराका श्यामलाल दाससँग बराबरीमा रोकिएका नविनले तेश्रो चरणमा थापाथली चेस
पार्कका भरत धिमालमाथी विजय हात पारे । तेश्रो खेलमा बराबरी खेलेका सुरवीर लामा
तथा सुमन लामाले दोश्रो चरणमा क्रमशः नेशनल डेभलपमेन्टका राजेन्द्रप्रसाद श्रेष्ठ
तथा ललितपुरका पेरिसा ताम्रकारलाई हराए ।

ललितपुर
जिल्ला बचत तथा ऋण सहकारी संघ र ताम्रकार समाजको संयुक्त
आयोजनामा जावलाखेल स्थित ताम्राकार समाज भवनमा जारी सिवानी एअर पाचौं कामना सहकारी
चेस प्रतियोगिता अन्र्तगत मंगलबार चौथो तथा पाचौं चरणका खेल सञ्चालन हुनेछन् ।
No comments:
Post a Comment