Friday 7 August 2015

Ratna Lal Kedia Chess

अन्तराष्ट्रिय बुद्धिचालमा भूपेन्द्र तेस्रो
- उत्तम रिजाल/२२ साउन, झापा 

दमकका फिडे क्यान्डिडेट मास्टर भूपेन्द्र निरौला निरज भारतको सिलिगुडिमा सम्पन्न पहिलो रतनलाल केडिया मेमोरियल अन्तराष्ट्रिय बुद्धिचालमा तेस्रो भएका छन् । प्रतियोगिताको अन्तिम तथा नौ औ राउण्डमा २०५९ रेटेड निरौलाले भारतका २०२४ रेटेड कौस्तभ चटर्जीसंग बराबरी खेल्दै तेस्रो स्थान हासिल गरेका हुन् । उनले ७ अंक प्राप्त गरे ।

काठमाण्डौमा सम्पन्न एशियन जोनल ३.२ चेस च्याम्पियनसीपमा दशौ स्थान हासिल गर्दै क्यानिडेट मास्टरको उपाधि हासिल गरेका उनले त्यस पछि आफ्नो खेललाइ अझ स्तरीय बनाएका उनले सो प्रतियोगितामा शानदार प्रदर्शन गरेका थिए ।
प्रतियोगिताको प्रथम र दोस्रो स्थान भने भारतिय खेलाडी क्रमश २२२३ रेटेड देवार्सी मुखर्जी र २२३७ रेटेड अर्पन दासले हात पारे । दुबैले समान ७।५ अंक जोडेका थिए । प्रथम दास्रो र तेस्रो स्थान हातपारेका खेलाडीले क्रमश भारतिय रुपैया ४० हजार,२५ हजार र १५ हजार तथा ट्रफी प्राप्त गरे ।
त्यस्तै सोहि प्रतियोगिताको १७०० दखी १९९९ रेटेड क्याटोगेरी तर्फ नेपाली खेलाडी १८६९ रेटेड तिर्थराज सुब्बा दोस्राृ तथा १९०२ रेटेड झापा दमककै प्रकाश नेपालले तस्रो स्थन हातपारे । प्रतियोगितामा भारत,बंगलादेश,भुटान र नेपालका गरि २२० जना खेलाडीको सहभागिता रहेको थियो ।