एक्सपो चेसमा नेपाल तेश्रो
२९ मंसिर, काठमाडौं ।

सात चरणमा सम्पन्न प्रतियोगितामा स्पेन १० म्याच प्वाईन्टका साथ पहिलो स्थानमा रह्यो भने पेरु ९ म्याच प्वाईन्टका साथ दोश्रो स्थानमा रह्यो । ८ म्याच प्वाईन्ट बटुल्दै तेश्रो भएको नेपालले २ मा जित, ४ मा बराबरी तथा १ खेलमा हार बेहोरेको थियो । नेपालले चिलिलाई ०.५ अंकका विरुद्ध ३.५ अंकले पराजित गर्यो भने हंगेरीलाई ३–१ ले हरायो । त्यसैगरी पेरु, युगाण्डा, मेक्सिको तथा अमेरिकासँग २–२ अंकका साथ बराबरीको नतिजा आत्मसात गर्यो । उता विजेता टोलि स्पेनसँग
०.५ का विरुद्ध ३.५ अंकको हार व्यहोर्न पुग्यो । स्पेनी स्वयंसेवी संस्था एक्सपोचेसको आयोजनामा भएको कार्यक्रममा चित्रकला तर्फ समेत नेपालका बालबालिका सहभागी भएका थिए । चित्रकलामा हंगेरीकी बालिका प्याट्रिसिया नेजी उत्कृष्ठ सावित भईन ।
No comments:
Post a Comment