Wednesday 28 December 2016

20th National Championship

मदनकृष्ण र मोनालीसाको अग्रता

पुष १२, धनकुटा ।

सातौं राष्ट्रिय खेलकुद अन्र्तगत धनकुटामा जारी राष्ट्रिय बुद्धिचाल प्रतियोगितामा मध्यमाञ्चलका मदनकृष्ण कायस्थ तथा नेपाल आर्मीकी मोनालीसा खम्बुले अग्रता बनाएका छन् । खुलातर्फको प्रतिष्पर्धामा वर्तमान राष्ट्रिय च्याम्पियन समेत रहेका नेपाल आर्मी क्लबका क्यान्डिडेटमास्टर भुपेन्द्र निरौलालाई पराजीत गर्दै मदनले अग्रता बनाएका हुन् । मंगलबार सम्पन्न छैटौं चरणको खेलमा भुपेन्द्रमाथिको संघर्षपूर्ण जीतबाट प्रेरित मदनले सातौं चरणमा नेपाल आर्मीका हिमाल लामासँग बराबरी खेले । सात चरणको समाप्तिमा उनको ६ अंक भएको छ । 

त्यसैगरी महिलातर्फको खेलमा नेपाल आर्मीका मोनालिसा खम्बुले छैटौं तथा सातौं चरणमा क्रमशः एपिएफ क्लबकी शान्ता थापा तथा पूर्वाञ्चलकी कृपा अधिकारीलाई हराउँदै ६ दशमलब ५ अंकका साथ अग्रता कायम गरिन । 


नेपाल आर्मीका हिमाल लामा र मध्यमाञ्चलका क्यान्डिडेटमास्टर रिजेन्द्र राजभण्डारी समान ५ दशमलब ५ अंकका अंकतालिकाको दोश्रो स्थानमा रहेका छन् । हिमालले छैटौं चरणमा नेपाल आर्मीका क्यान्डिडेटमास्टर सजिन महर्जनमाथी जीत हात पारे । रिजेन्द्रले छैटौं चरणमा पूर्वाञ्चलका अनरेटेड परशुराम राई तथा सातौं चरणमा नेपाल आर्मीका क्यान्डिडेटमास्टर केशव श्रेष्ठलाई हराए ।

नेपाल आर्मीका भुपेन्द्र निरौला, मध्यमाञ्चलका क्षितीज भण्डारी तथा नवीन तण्डुकार तथा पूर्वाञ्चलका प्रकाश नेपाल समान पाँच–पाँच अंकमा रहेका छन् । सातौं चरणमा भुपेन्द्र र नविनको खेल बराबरी भयो भने क्षितीजले पूर्वाञ्चलका सुमन श्रेष्ठ तथा प्रकाशले मध्यमाञ्चलका सुरज पण्डितमाथि जीत हात पारे । 

त्यसैगरी एपिएफ क्लबका सुमित पन्त तथा मध्यमाञ्चलका आशिष फुँयालको समान ४ दशमलब ५ अंक रहेको छ । नेपाल आर्मीका केशव श्रेष्ठ, पूर्वाञ्चलका सुमन श्रेष्ठ, मध्यमाञ्चलका सुरज पण्डित, संजय महर्जन तथा कमल श्रेष्ठ, पश्चिमाञ्चलका सविन चन्द्र घिमिरे तथा सुदुरपश्चिमाञ्चलका मोहन प्रसाद भट्ट समान चार–चार अंकमा रहेका छन् ।  

महिलातर्फ नेपाल आर्मी क्लबकी सिन्दीरा जोशी ६ अंकका साथ दोश्रो स्थानमा रहेकी छन् । सिन्दिराले छैटौं चरणको खेलमा मध्यमाञ्चलककी पूर्णिमा जयसवाललाई हराईन भने सातौ चरणमा नेपाल आर्मीकै वुमन क्यान्डिडेटमास्टर सुरुची थिङसँग बराबरी खेलिन । छैटौं तथा सातौं चरणको खेलमा क्रमशः पश्चिमाञ्चलकी अञ्जु शर्मा तथा पूर्वाञ्चलकी खुस्बु थापालाई हराउँदै नेपाल आर्मीका वुमन फिडेमास्टर सुजना लोहनीले ५ अंकका साथ तेश्रो स्थानमा रहन सफल भएकी छन् ।

एपीएफ क्लबकी शान्ता थापा, नेपाल आर्मीकी सुरुची थिङ, मध्यमाञ्चलकी पूर्णीमा जयसवाल, बिना जयसवाल तथा सविना श्रेष्ठ समान ४ दशमलब ५ अंकमा रहेका छन् । त्यसैगरी पूर्वाञ्चलकी खुस्बु थापा, कृपा अधिकारी तथा पुनम प्रसाईं र पश्चिमाञ्चलका अञ्जु शर्मा समान चार–चार अंकमा रहेका छन् । पूर्वाञ्चलकी सुशीला गुरुङ र पश्चिमाञ्चलकी नमन सेढाईंको समान ३ दशमलब ५ अंक रहेको छ । प्रतियोगिता अन्र्तगत बुधबार आठौं चरणका खेल सञ्चालन हुनेछन् ।

No comments: