Friday 17 August 2018

4th National Team 2018

थापाथली चेस पार्क, चौथो क्लब टिम च्याम्पियन

काठमाडौको थापाथली चेस पार्कले ललितपुरमा सम्पन्न चौथो राष्ट्रिय क्लब टीम बुद्धिचाल प्रतियोगिताको उपाधि हात पारेको छ । शुक्रबारसम्पन्न फाईनल खेलमा ललितपुर स्पोर्ट्स क्लबलाई २.५–१.५ अंकले हराउँदै थापाथली चेस पार्क च्याम्पियन बन्न सफल भएको हो  । लिग चरणमा चौथो हुँदै नकआउट चरण प्रवेश गरेको थापाथली चेस पार्कले सेमिफ़ाईनल तथा फाईनलमा  उतकृष्ट खेल पस्कँदै प्रथम स्थान हासील गरी नगद  १ लाख ५० हजार समेत प्राप्त गरेको छ ।

थापाथली चेस पार्कका लागि दोश्रो र चौथो बोेर्डमा प्रतिष्पर्धा गरेका क्यान्डिडेटमास्टर क्षितिज भण्डारी तथा शुसील चौधरीले क्रमशः पूर्व राष्ट्रिय च्याम्पियन बद्रिलाल नेपाली तथा  भेट्रान राष्ट्रिय च्याम्पियन जनार्दन श्रेष्ठमाथि जीत हासिल गरे । त्यसैगरी युवा खेलाडी आशिष फुयाँलले पूर्व राष्ट्रिय च्याम्पियन फिडेमास्टर बिलमलाल श्रेष्ठलाई बराबरीमा रोके । उता ललितपुरका क्यान्डिडेटमास्टर सजिन महर्जनले थापाथलीका राजनपुरीमाथि व्यक्तिगत जीत हात पारे । दोश्रो स्थानमा रहन सफल ललितपुरले ७५ हजार नगद समेत प्राप्त गरेको छ  ।


प्रतियोगितामा शिर्ष बरियता प्राप्त गोल्डेनगेट कलेज लिग चरणको विजेता ईलामेली गजुरमुखी चेस क्लबमाथि ३–१ अंकको जित हात पार्दै तेश्रो स्थानमा रहन सफल रह्यो । तेश्रो स्थानको गोल्डेनगेट तथा चौथो भएको गजुरमुखीले क्रमशः ५० हजार तथा ३० हजार नगद प्राप्त गरे । चार वटै बोर्डमा पूर्व तथा राष्ट्रिय च्याम्पियन सम्मिलत गोल्डेनगेटका लागि पूर्वराष्ट्रिय च्याम्पियनत्रय केशव श्रेष्ठ, सुरवीर लामा तथा भुपेन्द« निरौलाले जीत निकाले भने वर्तमान राष्ट्रिय च्याम्पियन मदनकृष्ण कायस्थले हार व्यहोरे ।

पहिलो बोर्डको खेलमा केशवले क्यान्डिडेटमास्टर कृष्ण थापामाथि सानदार जीत हात पारे । उता दोश्रो तथा चौथो बोर्डको स्पर्धामा क्रमशः शुरवीरले फिडेमास्टर मनिष हमाल तथा भुपेन्द्रले प्रकाश नेपालमाथि जीत हात पारे । तेश्रो बोर्डको खेलमा क्यान्डिडेटमास्टर रिजेन्द्र राजभण्डारीले कायस्थमाथि जीत हात पारेका हुन् ।

लिगकम नकआउटका आधारमा सञ्चालित प्रतियोगिता अन्र्तगत सात चरणको लिगमा व्यक्तिगत रुपमा उत्कृष्ट प्रदर्शन गर्ने भक्तपुर जिल्ला बुद्धिचाल संघका राज प्रजापति, गजुरमुखी चेस क्लबका मनिष हमाल, गोल्डेनगेट ईन्टरनेशनल कलेजका मदनकृष्ण कायस्थ, शहिद शुक्र क्लबका राजेन्द« बज्राचार्य तथा थापाथली चेस पार्कका शुसील चौधरी क्रमशः पहिलो, दोश्रो, तेश्रो, चौथो तथा पाँचौं बोर्डमा अब्बल सावित हुँदै पाँच–पाँच हजार नगद समेत प्राप्त गरे ।
नेपाल बुद्धिचाल संघको आयोजना तथा ललितपुर स्पोर्टस क्लबको व्यवस्थापनमा सम्पन्न प्रतियोगितामा अन्र्तराष्ट्रिय आर्विटरद्धय हेराकाजी महर्जन तथा निरञ्जन प्रजापतिले क्रमशः टुर्नामेन्ट डाईरेक्टर तथा चिफ आर्विटरको भूमिका निर्वाह गरेका थिए । विभिन्न २१ क्लबको सहभागिता रहेको प्रतियोगितामा ७ चरणको लिगबाट छानिएका ४ क्लबका बीच नकआउटका प्रणालिमा सेमिफ़ाईनल तथा फाईनल प्रतिस्पर्धा भएको हो । प्रतियोगिताको पहिलो संस्करणको विजेता मखन चेस स्पोर्ट्स क्लब काठमाण्डौ हो भने दोश्रो तथा तेश्रो संस्करण क्रमश: काठमाण्डौ चेस क्लब तथा गोल्डेनगेट चेस क्लबले जितेका थिए ।
लिग चरणको नतिजा:
सेमिफाईनल तथा फ़ाईनलको नतिजा 
  

No comments: