Thursday 27 February 2020

हेरामाया श्रेष्ठ स्मृति राष्ट्रव्यापी महिला बुद्धिचाल प्रतियोगीता हुने

काठमाडौं, १५ फागुन । 
काठमाडौं जिल्ला बुद्धिचाल संघको आयोजनामा आगामी फागुन २३ देखि २५ गतेसम्म हेरामाया श्रेष्ठ स्मृति राष्ट्रव्यापी महिला बुद्धिचाल प्रतियोगीता हुने भएको छ । काठमाडौं जिल्ला बुद्धिचाल संघका निवर्तमान अध्यक्ष अमृतचन्द्र श्रेष्ठका आमा स्व. हेरामाया श्रेष्ठ स्मृतिमा आयोजना हुने प्रतियोगितामा देशभरका करिब १ सय खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । 
कुल ३ लाख ६५ हजार २ सय ५० रुपैयाँ बजेटमा सम्पन्न हुने अनुमान गरिएको प्रतियोगितामा ७० हजार नगद पुरस्कार राखिएको छ भने पहिलो हुनेले २५ हजार प्राप्त गर्नेछन् । विभिन्न उमेर समूह तथा रेटिङ क्याटागोरी गरि ११ जना खेलाडीले पुरस्कार प्राप्त गर्ने यस प्रतियोगितालाई हरेक वर्ष महिला दिवसका दिन सम्पन्न हुनेगरी आयोजना गरिने आयोजकले जनाएको छ ।
काठमाडौ विशालबजारको रहेको सास ब्यान्कोयटमा संचालन हुने प्रतियोगितामा उपत्यका बाहिरका सहभागीलाई आवासको समेत व्यवस्था गरिएको छ ।