Tuesday, 26 July 2016

Chess India

4th N.L. PANDIYAR MEMORIAL INTERNATIONAL CHESS TOURNAMENT
Udaipur/Rajasthan, India

See all Information below....





Thank you...

Wednesday, 22 June 2016

National Chess

भुपेन्द्र र सिन्दिरा राष्ट्रिय चेस च्याम्पियन

११ जेठ, ईलाम ।

ट्रफीका साथ भूपेन्द्र र सिन्दिरा 
क्यान्डिडेटमास्टर भुपेन्द्र निरौला र सिन्दिरा जोशी नेपाली चेसमा नयाँ राष्ट्रिय च्याम्पियन बन्न सफल भएका छन् । ईलाममा सम्पन्न १९ औं राष्ट्रिय चेस च्याम्पियनशीपमा उत्कृष्ट प्रदर्शन गरेका झापा दमक निवासी भुपेन्द्रका लागि अन्तिम खेल विर्सनलायक रह्यो । एक चरण अघि नै १९ औं राष्ट्रिय च्याम्पियन बन्नका लागि पर्याप्त अंक जोडेका भुपेन्द्रले पूर्व राष्ट्रिय च्याम्पियन फिडेमास्टर विलमलाल श्रेष्ठसँगको खेलमा ब्लन्डर गरेपछि खेल त्याग गरे । ९ खेलमध्ये ६ मा जीत, २ बराबरी र १ खेल गुमाएका भुपेन्द्रले ७ अंक सहित च्याम्पियनशीपको उपाधि हात पारेका हुन् ।
१९ औं राष्ट्रिय च्याम्पियन बन्न सफल भूपेन्द्र ।

काठमाण्डौकी सिन्दिरा जोशी एपिएफकी शान्ता थापा तथा पूर्व महिला राष्ट्रिय च्याम्पियन मोनालिशा खम्बुलाई टाईब्रेकमा पछि पार्दै चौथो महिला राष्ट्रिय चेस च्याम्पियन बनेकी हुन् । ९ खेलबाट समान ७ अंक भए पनि हेड टु हेड रिजल्टका आधारमा सिन्दिरा च्याम्पियन बनेकी हुन् । नेशनल बी च्याम्पियन समेत रहेकी सिन्दिराले अन्तिम चरणको खेलमा काठमाण्डौकी बिनिता कपालीसँग बराबरीको नतिजा हात पारिन् ।

चौथो राष्ट्रिय महिला चेस च्याम्पियन सिन्दिरा ।
नेपाल आर्मी क्लबका सजिन महर्जनले १९ औं राष्ट्रिय चेस च्याम्पियनशीपमा दोश्रो स्थान हात पारे । अन्तिम चरणको खेलमा पूर्व राष्ट्रिय च्याम्पियन नविन तण्डुकारलाई पराजीत गरेका सजिनले ६ दशमलब ५ अंक बनाए । त्यसैगरी १८ औं राष्ट्रिय च्याम्पियन समेत रहेका नेपाल आर्मि क्लबका क्यान्डिडेटमास्टर केशव श्रेष्ठले कुल ६ अंकका साथ तेश्रो स्थानमा चित बुझाए । समान ६ अंक बनाएका राष्ट्रिय एमेच्योर च्याम्पियन नेपाल आर्मी क्लबका क्षितीज भण्डारी चौथो तथा बिलमलाल श्रेष्ठ पाँचौं स्थानमा रहन सफल हुँदै आगामी सेप्टेम्बरमा अजरबैजानको बाकुमा हुने ४२ औं चेस ओलम्पियाडका लागि छनौट समेत भएका छन् ।
दोश्रो हुन सफल एपीएफ क्लबका शान्ता थापा ।

उता महिलातर्फ एपिएफ क्लबकी शान्ता थापा दोश्रो स्थानमा रहिन भने खोटाङकाी मोनालिसा खम्बु तेश्रो भईन । नुवाकोटकी सुजना लोहनी ६ अंक सहित चौथो तथा नेपाल आर्मी क्लबकी अस्मिता अधिकारी ५ दशमलब ५ अंकका साथ पाचौं स्थानमा रहँदै ओलम्पियाडका लागि छनौट हुन सफल भए ।
तेश्रो हुन सफल नेपाल आर्मी क्लबका सिएम केशव श्रेष्ठ ।

नेपाल पुलिस क्लबका पुरुषोतम चौंलागाईं यसपटक पनि बुकोल्स टाईब्रेक प्रणालीमा पछि पर्दै छैटौं स्थानमा रहे । ९ खेलबाट ६ अंक जोडेका चौंलागाईं १८ औं राष्ट्रिय च्याम्पियनशीपमा समेत टाईब्रेकमा पछि पर्दै छैटौं स्थानमा रहेका थिए । त्यसैगरी नेपाल आर्मी क्लबका हिमाल लामा ६ अंक सहित सातौं स्थानमा रहे । पूर्व राष्ट्रिय च्याम्पियन फिडेमास्टर मनिष हमाल ५ दशमलब ५ अंकका साथ आठौं स्थानमा रहे । समान ५ दशमलब ५ अंक बनाएका झापाका प्रकाश नेपाल र नेपाल आर्मी क्लबका विजय डंगोल क्रमशः नवौं तथा दशौं स्थानमा रहे ।

तेस्रो हुन सफल सिएम मोनालिसा खम्बु ।
महिलातर्फ ओलम्पियाड खेलाडी संगीता जयसवाल, तेश्रो राष्ट्रिय च्याम्पियन रहेकी नेपाल आर्मी क्लबकी बिना जयसवाल, काठमाण्डौकी अनिशा न्यौपाने तथा आभा पुडासैनी समान ५÷५ अंकका साथ क्रमशः छैटौं, सातौं, आठौं तथा नवौं स्थानमा रहन सफल भए । त्यस्तै रौतहटकी बिशेखा जयसवाल ४ दशमलब ५ अंक सहित दशौं स्थानमा रहिन् ।

दोश्रो हुन सफल नेपाल आर्मी क्लबका सजिन महर्जन ।
सिवानी एयरलाईन्सको मुख्य प्रायोजन तथा नेपाल निमार्ण व्यवसायी महासंघ र गजुरमुखी निर्माण कम्पनीको सह प्रायोजनमा स्थानीय समिट होटलमा सम्पन्न च्याम्पियनशीपमा महिलातर्फ १८ तथा खुलातर्फ ३५ खेलाडीको सहभागिता रहेको थियो । नेपाल बुद्धिचाल संघको आयोजना तथा ईलाम जिल्ला बुद्धिचाल संघ र गजुरमुखी चेस क्लबको स्थानीय व्यवस्थापनमा भएको च्याम्पियनशीपका विजेतालाई नेपाल ओलम्पिक कमिटिका उपाध्यक्ष पुरेन्द्र लाखे, नेपाल बुद्धिचाल संघका वरिष्ठ उपाध्यक्ष विदुरप्रसाद गौतम, गजुरमुखी निर्माण कम्पनिका प्रमुख दिपक गौतम लगायतले पुरस्कार वितरण गर्नुभयो ।
जीवन संगिनी मन्जुका भूपेन्द्र ।

ब्लिजतर्फ मनिष र बिना च्याम्पियन
फिडेमास्टर मनिष हमाल पहिलो राष्ट्रिय ब्लिज चेस च्याम्पियन बनेका छन् । त्यसैगरी पहिलो महिला राष्ट्रिय ब्लिज चेस च्याम्पियनको उपाधि नेपाल आर्मी क्लबकी बिना जयसवालले हात पारिन । शनिबार ईलाममा सम्पन्न च्याम्पियनशीपमा खुलातर्फ झापाका प्रकाश नेपाल दोश्रो तथा नेपाल आर्मी क्लबका क्षितीज भण्डारी तेश्रो स्थानमा रहन सफल भए । त्यसैगरी महिलातर्फ एपिएफ क्लबकी शान्ता थापा तथा नुवाकोटकी सुजना लोहनी क्रमशः दोश्रो र तेश्रो स्थानमा रहन सफल भए ।

उमेश के.सी., अन्र्तराष्ट्रिय आर्विटर तथा सदस्य, नेपाल बुद्धिचाल संघ ।

Wednesday, 18 May 2016

National Chess

ईलाममा हुने राष्ट्रिय चेस प्रतियोगिताको तयारी पुरा

५ जेठ, ईलाम ।
शिवानी एअरलाईन्सको प्रमुख प्रायोजन तथा नेपाल निर्माण व्यवसायी महासंघ र गजुरमुखी निर्माण कम्पनीको सह प्रायोजनमा यही जेठ ६ गतेदेखि ईलाम सदरमुकाममा शुरु हुने राष्ट्रिय चेस प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको छ । ६ दिन सम्म सञ्चालन हुने १९ औं राष्ट्रिय चेस प्रतियोगिता तथा चौथो महिला राष्ट्रिय चेस प्रतियोगितामा ५३ खेलाडीले प्रतिष्पर्धा गर्नेछन् । नेपाल बुद्धिचाल संघको आयोजना तथा गजुरमुखी चेस क्लब र इलाम जिल्ला बुद्धिचाल संघको व्यवस्थापनमा सञ्चालन हुने च्याम्पियनसीपमा खुलातर्फ ३५ तथा महिलातर्फ १८ खेलाडीको सहभागीता रहने कार्यक्रम संयोजक एवं नेपाल बुद्धिचाल संघका बरिष्ठ उपाध्यक्ष विदुरप्रसाद गौतमले पत्रकार सम्मेलनमार्फत जानकारी गराउनुभयो ।


यस प्रतियोगिताको विजेता १९ औं राष्ट्रिय चेस च्याम्पियन हुनेछन भने महिलातर्फका विजेता चौथो राष्ट्रिय विजेता घोषित हुनेछन् । साथै प्रतियोगितामा उत्कृष्ट पाँच स्थानमा रहने खेलाडीले आगामी सेप्टेम्बर १ देखि १४ तारिखसम्म अजरबैजानको बाकुमा हुने ४२ औं चेस ओलम्पियाडमा नेपालको प्रतिनिधित्व गर्नेछन् ।

नेशनल ए को रुपमा पहिलोपटक सञ्चालन हुन लागेको प्रतियोगितामा सहभागीताका लागि गत बैशाख महिनामा ललितपुरमा नेशनल बि च्याम्पियनसीपको आयोजना भएको थियो । उक्त प्रतियोगिताबाट खुलातर्फ २० तथा महिलातर्फ १२ खेलाडी छनौट भएका हुन । त्यसैगरी ४१ औं चेस ओलम्पियाडका सहभागी, विभिन्न उमेर समुहका राष्ट्रिय विजेता तथा विभागीय टिमका १ एकएक जना खेलाडीले नेशनल एमा प्रतिष्पर्धा गर्नेछन् ।

फिडेको स्विस लिग अनुसार ९ चरणसम्म स्थानीय होटल समिटमा हुने प्रतियोगिताको औपचारिक उद्घाटन नेपाल ओलम्पिक कमिटिका अध्यक्ष जीवनराम श्रेष्ठले गर्नेछन् । बिहिबार झाँकी तथा ¥यालीसहित बजार परिक्रमा गरेर गौतम बुद्ध सभागृहमा भव्य उद्घाटन हुने कार्यक्रमका स्थानीय व्यवस्थापक ईलाम जिल्ला बुद्धिचाल संघका अध्यक्ष याम लिम्बुले बताउनुभयो ।

-उमेश केसी

अन्र्तराष्ट्रिय आर्विटर ।

Friday, 8 April 2016

4th Co-operative Cup Chess Final

सजिनले जिते मोटरसाईकल उपाधि

ललितपुर, २५ चैत्र ।

कामना साकोस ललितपुरका सजिन महर्जनले मोटरसाईकल पुरस्कार जितेका छन् । ललितपुरमा सम्पन्न सहकारी कप चेस प्रतियोगिताको चौथो संस्करणको फाईनलमा गोल्डेनगेट कलेजका हिमाल लामालाई हराउँदै सजिनले उपाधि हासिल गरे ।


क्लासिकल तर्फका दुबै खेल बराबरीमा टुंगिएपछि टाईब्रेकका लागि खेलाईएको ब्लिज खेलमा सजिनले २० को नतिजा हात पारे । प्रतियोगिताका पहिलो र तेश्रो संस्करणका विजेता मदनकृष्ण कायस्थ थाईल्याण्ड तथा दोश्रो संस्करणका विजेता श्यामसुन्दर श्रेष्ठ अष्ट्रेलियामा रहेका छन् । प्रतियोगिताका उपविजेता हिमालले ५० हजार नगद प्राप्त गरे ।

नकआउटतर्फ तेश्रो स्थानका लागि भएको स्पर्धामा थापाथली चेस पार्कका सुमन राईलाई १.५०.५ ले हराउँदै नेशनल डेभलपमेन्ट साकोसका सुमित पन्त तेश्रो भए । उनले ३० हजार नगद प्राप्त गरे भने चौथो भएका सुमनले २५ हजारमा चित बुझाए ।

भुपेन्द्र लगातार दोश्रोपटक लिग च्याम्पियन

त्यसैगरी नियमित लिग तर्फको उपाधि डायनामीक चेस एकेडेमीका क्यान्डिडेटमास्टर भुपेन्द्र निरौलाले हात पारेका छन् । लगातार दोश्रो पटक लिग विजेता भएका भुपेन्द्रले बिहिबार सम्पन्न नवौं तथा दशौं चरणमा क्रमशः जनता साकोस ठेचोका क्षितीज भण्डारी तथा भक्तपुरका भेट्रान गणेशमान दुवाललाई पराजीत गरे । १० खेलबाट ८ अंक बनाएका उनले २५ हजार नगद समेत प्राप्त गरे ।

उत्कृष्ट फर्ममा देखिएका काठमाण्डौका सुमन लामा ७ दशमलब ५ अंकका साथ लिगतर्फ दोश्रो भए । उनले नवौं चरणमा कामना साकोसका जनार्दन श्रेष्ठ तथा दशौंमा मंकादुखु साकोसका क्यान्डिडेटमास्टर रिजेन्द्र राजभण्डारीलाई हराउँदै १५ हजार नगद प्राप्त गरे । त्यसैगरी क्षितीज भण्डारी, श्री करुणामय साकोसका बद्रीलाल नेपाली, गोल्डेनगेट कलेजका क्यान्डिडेटमास्टर केशव श्रेष्ठ, गणेशमान दुवाल तथा अर्थ बहुउद्येश्यीय सहकारीका फिडेमास्टर मनिष हमाल समान ७ अंकका साथ तेश्रो देखि सातौं स्थान हासिल गर्न सफल भए । ६ दशमलब ५ अंक बनाएका रिजेन्द्र राजभण्डारी, भक्तपुरका विकास कुलुजु तथा जनार्दन श्रेष्ठ आठौं देखि दशौं स्थानमा रहे ।

महिलातर्फ मनास्लु साकोसका अस्मिता अधिकारी, नोबेल कलेजका बिशेखा जयसवाल तथा पिपुल्स कलेजका बिना जयसवाल समान ५ अंकका साथ क्रमशः पहिलो, दोश्रो तथा तेश्रो स्थानमा रहे । त्यसैगरी जनता साकोस ठेचोका सिन्दिरा जोशी तथा अर्थ बहुउद्येश्यीय सहकारीका सविना श्रेष्ठ चौथो तथा पाचौं स्थानमा रहे ।

उमेर समुह अन्र्तगत ५५ वर्ष माथिको पुरस्कार सिवानी एयरलाईन्सका रविन्द्र शाक्य तथा १९ वर्षमुनिको उपाधि शुभ श्रीका आशिष फुँयालले जिते । सिवानी एअरलाईन्सका नविन तण्डुकार १८ सय देखि २ हजार रेटिङ समुहमा अब्बल रहे भने १८ सय भन्दा मुनिको पुरस्कार रुकुमका मिलन रोकाले हात पारे ।

अनरेटेड समुहमा भक्तपुरका केशव मानन्धर र काठमाण्डौका विशाल कुमार श्रेष्ठ क्रमशः पहिलो र दोश्रो भए । उत्कृष्ट स्थानीयको पुरस्कार नेशनल डेभलपमेन्ट साकोस ललितपुरका लवकुमार श्रेष्ठले प्राप्त गरे ।

५९ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा जिल्ला बचत संघ ललितपुर तथा ताम्राकार समाजको संयुक्त आयोजना र सिवानी एयरलाईन्सको मुख्य प्रायोजनमा सम्पन्न प्रतियोगिताका विजयी खेलाडीलाई नेपाल ओलम्पिक कमिटिका अध्यक्ष जीवनराम श्रेष्ठले पुरस्कार वितरण गरे ।


उमेश के.सी., अन्र्तराष्ट्रिय आर्विटर