Friday, 5 October 2012

Ram Prasad Gautam Ilam

ग्रान्डमास्टर फोमिनीलाई बुद्धिचाल उपाधि 
 इलाम असोज १३ । 
रसियाका ग्रान्डमास्टर अलेकजेन्डर फोमिनीले शनिबार इलाममा सम्पन्न राम प्रसाद गौतम स्मृति अन्र्तराष्ट्रिय खुला बुद्धिचालको उपाधि शनिबार जितेका छन् ।
प्रतियोगिताको १० औं चरण सम्म अपराजित उनले ८ अंक हासिल गरे । उनी सहित ५ खेलाडीको समान ८ अंक भएपनि वुगल्स टाईबेक प्रणाली अनुसार उनले पहिलो स्थान हासिल गरेका हुन् । समान ८ अंक हासिल गर्ने मध्य भारतका दिलीप दाश दोस्रो, बंगलादेशका फिडेमास्टर अमिनुल इस्लाम तेस्रो तथा अस्ट्रेलियाका इन्रटनेशनल मास्टर अलेकजेन्डर वोल चौथो स्थानमा रहे । नेपालका फिडे मास्टर सुजेन्द्र प्रसाद श्रेष्ठ पाचौं स्थानमा रहे ।
पहिलो हुनेले ६० हजार, दोस्रोले ४० हजार तथा तेस्रोले २५ हजार पाउन सफल भए । चौथो र पाचौ हुनेले क्रमश १५ र १० हजार हासिल गरे । 
प्रतियोगिताको अन्तिम दिन नवौं चरणमा फोमिनी अस्ट्रेलियन आइएम वोलसंग बराबरीमा रोकिए भने दशौंमा नेपालका राजन पुरीलाई हराएका थिए । नवौं चरण सम्म अपराजित राजन अन्तिम चरणको हारले १३ औं स्थानमा पुगे ।
गजुरमुखी निर्माण कम्पनिको मुख्य प्रायोजन र नेपाल निर्माण ब्यवसायी महासंघ काठमाडौंको सहप्रायोजनमा सम्पन्न प्रतियोगितामा दोस्रो भएका दिलिपले नवौंमा भारतका आशुतोष कुमार र दशौंमा भारतकै सौरभ आनन्दलाई हराएका थिए ।
दुई साता अघि चरिकोटमा सम्पन्न माउन्ट गौरीशंकर खुल्ला बुद्धिचालमा पहिलो भएका इस्लाम भने नवौं चरणको खेलमा हेटौंडाका अनिल राजवाहकसंग बराबरीमा रोकिएका थिए । उनले अन्तिम चरणमा गोल्डेनगेट कलेजका मदनकृष्ण कायस्थलाई हराएका थिए ।
प्रतियोगितामा ७.५ अंक हासिल गरेका अनिल राजवाहक छैटौं तथा भारतका आर्यन सातौं स्थानमा रहे । आठौंमा भारतका सौरभ आनन्द, नवौंमा भारतका निलिन्द्र शेखर भट्टाचार्य तथा दशौंमा ध्रुवतारा क्लब झापाका निरज निरौला रहन सफल भए । तर सौरभले यू १४ तथा निरजले पुर्वाञ्चलतर्फको पहिलो स्थान हासिल गरेकाले मदनकृष्ण कायस्थले नवौं तथा राजन पुरीले १० औं तर्फको पुरस्कार पाए । एघारौं स्थानमा रहेका कृष्ण थापाले रेटिंग समूह तर्फको पुुरस्कार पाए । 
 गजुरमुखी चेस क्लब र इलाम जिल्ला बुद्धिचालसंघको आयोजनामा सम्पन्न प्रतियोगिताको उत्कृष्ट २० स्थानमा पर्ने तथा विभिन्न उमेर समूहका गरि ४० खेलाडीले नगद पुरस्कार पाएका थिए । स्थानीय इलामेलीतर्फ सुरेन्द्रकुमार राई पहिलो तथा तीर्थमान राई काजी दोश्रो भए । पूर्वाञ्चल तर्फको दोश्रो पुरस्कार भने धरानका चुडामणी राई कुलुङले हात पारे ।
गजुरमुखी चेस क्लब तथा जिल्ला बुद्धिचाल संघ इलामको संयुक्त आयोजनामा असोज ८ गतेबाट सञ्चालित प्रतियोगितामा ७ देशका १ सय ३९ खेेलाडीको सहभागीता रहेको थियो ।
उमेश केसी, अन्र्तराष्ट्रिय आर्विटर

Wednesday, 26 September 2012

Mount Gaurishankar 2012






माउन्ट गौरीशंकर अन्तराष्ट्रिय बुद्धिचालको उपाधि  
बंगलादेशका फिडेमास्टर अमिनुल इस्लामलाई 
चरिकोट असोज ३ 
माउन्ट गौरीशंकर अन्र्तराष्ट्रिय बुद्धिचाल प्रतियोगिताको उपाधि जिल्ला सदरमुकाम चरिकोटमा संचालन भइरहेको माउन्ट गौरीशकर अन्तराष्ट्रिय खुल्ला बुद्धिचाल प्रतियोगिताको उपाधि बंगलादेशी फिडेमास्टर इस्लाम इनामुलले जितेका छन् । प्रतियोगितामा अपराजित रहँदै ८ दशमलब ५ अंक जोड्न सफल २२६८ रेटेड इस्लामले बिहिबार सम्पन्न दशौं चरणको खेलमा नेपालका राजेन्द्रप्रसाद श्रेष्ठसँग बराबरी खेले । स्लामले नगद ३० हजार रुपैंया हात पारे । स्मरण रहोस् राजेन्द्रप्रसाद २ वर्षअघि चरिकोटमा सम्पन्न एनसीसी कपका विजेता हुन् । 
नेपालका फिडेमास्टर मनिष हमाललाई पराजीत गर्दै अस्ट्रेलियाका २४११ रेटेड अन्र्तराष्ट्रिय मास्टर अलेक्स्यान्डर वल ८ अंकका साथ दोश्रो स्थानमा रहे । त्यस्तै २३३२ रेटेड भारतका अन्र्तराष्ट्रिय मास्टर अतानु लाहिरीले पूर्व नेपाल च्याम्पियन शुरवीर लामालाई हराउँदै तेश्रो स्थानमा रहन सफल भए । फिडेमास्टर विलमलाल श्रेष्ठ, क्यान्डिडेटमास्टर केशव श्रेष्ठ, राजेन्द्रप्रसाद श्रेष्ठ तथा बद्रीलाल नेपाली समान ७ दशमलब ५ अंक हासिल गर्दै चौथो देखि सातौं स्थानमा रहन सफल भए । दशौं चरणमा विलमलालले भारतका सौभीक चक्रवर्तीसँग बराबरी खेले भने केशवले मदनकृष्ण कायस्थलाई हराए । उता बद्रीलालले भारतका सौरभ आनन्दलाई पराजय चखाए । 
शुरवीर लामा, मनिष हमाल, भारतका अन्तरीप रोय तथा सौभीक चक्रवर्ती, ध्रुवतारा क्लब झापा नेपालका निरज निरौला, र ललितपुरका राजन पुरी समान ७ अंक हासील गर्दै आठौं देखी तेह्रौं स्थानमा रहे । त्यस्तै मिलन रोका, प्रकाश नेपाल, रविन्द्र श्रेष्ठ, कृष्ण थापा, सुरज पण्डित, आसिस राज तथा धिरव राजथला समान ६ दशमलब ५ अंकका साथ चौधौं देखी बीसौं स्थानमा रहे ।
अनरेटेडतर्फ भारतका आसुतोश कुमार तथा नारायण गाहा पहिलो तथा दोश्रो स्थानमा रहे । रेटिङ समूहतर्फ १९०० देखि २०९९ मा नेपालका मदनकृष्ण कायस्थ, १७५१ देखि १८९९ मा भारतका १० वर्षीय सौरभ आनन्द, १६०० देखि १७५० समुहमा  भारतका अभिसेक सोनु तथा १६०० भन्दा मुनि नेपालका भरत धिमाल अब्बल रहे । 
उत्कृष्ट स्थानीय खेलाडीको पुरस्कार सेराओङजु शेर्पाले हात पारेभने दिपक दाहाल र बिक्रमध्वज श्रेष्ठ दोश्रो तथा तेश्रो स्थानमा रहे । 
नेपालका गणेशमान दुवालले भेट्रानतर्फको पुरस्कार हात पारे भने १० वर्षमुनि उमेर समुहमा भारत सिक्किमका राहुल गुरुङ उत्कृष्ट रहे । उता १३ वर्षमुनि उमेर समुहमा भारतका सोन्कालन भारती तथा १७ वर्ष उमेर समुहमा रौनक मण्डल पुरस्कृत रहे । 
महिलातर्फ भने भारतकी सीन्जीनी विश्वास र नेपालकी अनुसा पाण्डे सफल रहे । भाद्र ३० गतेबाट शुरु भएको प्रतियोगितामा नेपाल, भारत, श्रीलंका, बंगलादेश र अस्ट्रेलिया गरी ५ देशका १ सय २६ खेलाडीको सहभागीता रहेको थियो । कुल २ लाख २ हजार रुपैंया पुरस्कार राशि रहेको प्रतियोगिता जिल्ला बुद्धिचाल संघ तथा नेपाल चेस क्लब दोलखाले संयुक्त आयोजना गरेको हो ।

उमेश केसी
अन्र्तराष्ट्रिय आर्विटर 


Monday, 27 August 2012


Mount Gaurishankar International Chess Tournament 2012
(2nd NCC Cup)

PRESS-MEET
Date: 27 August 2012

Left To Right: Govinda Shrestha(Secretary), Umesh KC(International Arbiter) & Hira Thokar(Co-ordinator)









Saturday, 11 August 2012