Tuesday, 5 April 2016

4th Co-operative Chess

सहकारी कप चेसको नकआउट समिकरण पुरा

ललितपुर, २३ चैत्र ।

ललितपुरमा जारी सहकारी कप चेस प्रतियोगिताको नकआउट समिकरण पुरा भएको छ । मंगलबार सम्पन्न छैटौं तथा सातौं चरणका खेल पश्चात कामना साकोसका सजिन महर्जनगोल्डेनगेट कलेजका हिमाल लामा, नेशनल डेभलपमेन्ट साकोसका सुमित पन्त र थापाथली चेस पार्कका सुमन राई नकआउट चरणमा प्रवेश गरेका हुन् । नकआउट प्रवेशका लागि सजिनले सातौं चरणमा हिमाल लामालाई पराजीत गर्दै सर्वाधिक ६ अंक जोडे । यसअघि छैटौं चरणको खेलमा सजिनले पूर्व राष्ट्रिय च्याम्पियन श्री करुणामय साकोसका बद्रिलाल नेपालीलाई हराए ।

त्यसैगरी हिमालले छैटौं चरणमा सुमितसँग बराबरी खेले । सुमितले सातौं चरणमा गोल्डेनगेट कलेजका केशव श्रेष्ठलाई बराबरीमा रोक्दै नकआउट प्रवेश चरण गरे । सुमनले छैटौंमा मंकादुखु साकोसका क्यान्डिडेटमास्टर रिजेन्द्र राजभण्डारी तथा सातौंमा जनता साकोस ठेचोका क्षितीज भण्डारीसँग बराबरी खेले । हिमाल, सुमित र सुमन समान ५ दशमलब ५ अंक हात पार्दै सहकारी कपको नकआउटमा चरणमा पहिलो पटक छनौट भएका हुन् । नकआउटतर्फ पहिलो हुनेले मोटरसाईकल प्राप्त गर्नेछन् भने दोश्रो, तेश्रो तथा चौथोले क्रमशः ५० हजार, ३० हजार तथा २५ हजार नगद प्राप्त गर्नेछन् ।

नकआउट अन्र्तगत बुधबार हुने दोहोरो लेगको खेलमा सजिनले सुमितसँग तथा सुमनले हिमालसँग प्रतिष्पर्धा गर्नेछन् ।

समान ५ दशमलब ५ अंक भएता पनि प्रोगेशिभ प्वाईन्टका आधारमा पछि परेका क्षितीज भण्डारी, रिजेन्द्र राजभण्डारी तथा काठमाडौंका सुमन लामा नियमित लिग तर्फको पुरस्कारका लागि प्रतिष्पर्धा गर्नेछन् । क्यान्डिडेटमास्टर केशव श्रेष्ठ, डायनामीक चेस एकेडेमीका क्यान्डिडेटमास्टर भुपेन्द्र निरौला, बद्रिलाल नेपाली, सिवानी एअरका रविन्द्र शाक्य, भक्तपुरका गणेशमान दुवाल, नेशनल डेभलपमेन्टका लवकुमार श्रेष्ठ समान ५ अंकका साथ नियमित लिग तर्फ दाबेदारी प्रस्तुत गरिरहेका छन् ।

अर्थ बहुउद्येश्यीय सहकारीका मनिष हमाल, शुभश्री बहुउद्येश्यीय सहकारीका आशिष फुँयाल, भक्तपुरका विकास कुलुजुलुभुका राजकुमार लामा, ललितपुरका राजन पुरी, कामना साकोसका जनार्दन श्रेष्ठ तथा सिवानी एअरका नविन तण्डुकारको समान ४ दशमलब ५ अंक रहेको छ । त्यसैगरी मनाल्सु बहुउद्येश्यीय सहकारीका अस्मिता अधिकारी, मखन चेस क्लबका सिताराम अग्रवाल, नेशनलका मनिराज डांगी, बाग्लुङका रविन्द्र श्रेष्ठ, ललितपुरका गोपाल महर्जन तथा काठमाडौंको दिपक कुमार पोखरेल समान ४ अंकमा रहेका छन् ।

५९ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा जिल्ला बचत संघ ललितपुर तथा ताम्राकार समाजको संयुक्त आयोजना र सिवानी एयरलाईन्सको मुख्य प्रायोजनमा सञ्चालन भईरहेको प्रतियोगिताको पाचौं दिन बुधबार नकआउटतर्फ सेमिफाईनल र नियमित लिगतर्फ आठौं तथा नवौं चरणका खेल सञ्चालन हुनेछन् ।


उमेश के.सी., अन्र्तराष्ट्रिय आर्विटर

Monday, 4 April 2016

4th Co-operative Chess

सहकारी कपमा हिमाल लामाको एकल अग्रता

ललितपुर, २२ चैत्र ।

तीन पटकका राष्ट्रिय च्याम्पियन बद्रीलाल नेपालीलाई हराउँदै गोल्डेनगेट कलेजका हिमाल लामाले ललितपुरमा जारी चौथो सहकारी कप चेस प्रतियोगितामा एकल अग्रता लिन सफल भएका छन् । सोमबार भएको पाचौं चरणको खेलमा सेतो गोटीबाट सिसिलीयनको माकोर्जी भेरियसनमा खेलिएको खेलको ५० औं चालमा श्रीकरुणामय साकोसका बद्रीलालले हिमाललाई नतिजा सुम्पिए । यस अघि भएको चौथो चरणको खेलमा हिमालले राष्ट्रिय एमेच्योर च्याम्पियन जनता साकोस ठेचोका क्षितीज भण्डारीलाई हराए । पाचौं चरणको समाप्तिमा हिमालको ५ अंक भएको छ ।

थापाथली चेस पार्कका सुमन राई तथा नेशनल डेभलपमेन्टका सुमित पन्त समान ३ दशमलब ५ अंकका साथ अंक तालिकाको दोश्रो स्थानमा रहेका छन् । सोमबार दुबै खेलमा जित निकालेका सुमनले चौथोमा कामना साकोसका जनार्दन श्रेष्ठ तथा पाचौंमा ललितपुरका कमल श्रेष्ठमाथि जित हात पारे । त्यसैगरी सुमितले सोमबारका दुबै खेलमा पूर्व राष्ट्रिय च्याम्पियनमाथि जित हात पारे । सुमितले चौथो चरणमा अर्थ बहुउद्येश्यीय सहकारीका मनिष हमाल तथा पाचौंमा सिवानी एअरका नविन तण्डुकारमाथि उत्कृष्ट खेल पस्किंदै नतीजा आफ्नो पक्षमा पारे ।


शिर्ष वरियताका खेलाडीका लागि सोमबार सन्तोषजनक रहेन । वर्तमान राष्ट्रिय च्याम्पियन समेत रहेका गोल्डेनगेट कलेजका केशव श्रेष्ठ चौथो तथा पाचौं चरणमा आफुभन्दा कम वरियताका नविन तण्डुकार तथा सुमन लामासँग बराबरीमा रोकिन पुगे । त्यसैगरी डायनामीक चेस क्लब दमकका क्यान्डिडेटमास्टर भुपेन्द्र निरौला पाचौं चरणमा भक्तपुरका विकास कुलुजुसँग हार्न पुगे । । अर्का पूर्व राष्ट्रिय च्याम्पियन फिडेमास्टर मनिष हमाल चौथो चरणमा आफुभन्दा कम वरियताका सुमित पन्तसँग पराजीत भए ।
बद्रीलाल नेपालीसँग प्रतिष्पर्धा गर्दै हिमाल लामा ।

पाचौं चरणको समाप्तिमा श्री करुणामयका बद्रीलाल नेपाली, मंकादुखु साकोसका क्यान्डिडेटमास्टर रिजेन्द्र राजभण्डारी, भक्तपुरका विकास कुलुजु, कामना साकोसका सजिन महर्जन, जनता साकोसका क्षितीज भण्डारी, सिवानी एअरका रविन्द्र शाक्य तथा शुभश्री बहुउद्येश्यीय सहकारीका आशिष फुँयाल समान ४ अंकमा रहेका छन् ।

त्यसैगरी गोल्डेनगेटका केशव श्रेष्ठ, अर्थका मनिष हमाल, सिवानीका नविन तण्डुकार, रुकुमका मिलन रोका, ललितपुरका कमल श्रेष्ठ, काठमाण्डौका सुमन लामा तथा थापाथली चेस पार्कका भरत धिमालको समान ३ दशमलब ५ अंक रहेको छ ।
क्षितीज भण्डारीसँग प्रतिष्पर्धा गर्दै हिमाल लामा ।

डायनामिकका भुपेन्द्र निरौला, मखन चेस क्लबका सिताराम अग्रवाल, नेशनल डेभलपमेन्टका लवकुमार श्रेष्ठ तथा मनिराज डांगी, मिलिजुली साकोस दोलखाका बिक्रमध्वज श्रेष्ठ, बंगलामुखीका अविरल राई, भक्तपुरका केशव मानन्धर तथा गणेशमान दुवाल, थापाथली चेस पार्कका रञ्जित राई, नेपाल टेलिकमका गोविन्द खड्का, थापाथली पार्कका मदन रायमाझि तथा सञ्जित तामाङ, डा. प्रयास कक्षपति, बाग्लुङका रविन्द्र श्रेष्ठ, वल्र्डलिंकका सुर्यासन प्रजापति र ललितपुरका गोपाल महर्जन समान ३ अंकमा रहेका छन् ।

५९ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा जिल्ला सहकारी संघ ललितपुर तथा ताम्राकार समाजको संयुक्त आयोजना र सिवानी एयरलाईन्सको मुख्य प्रायोजनमा सञ्चालन भईरहेको प्रतियोगिताको चौथो दिन मंगलबार छैटौं तथा सातौ चरणका खेल सञ्चालन हुनेछन् ।


उमेश के.सी., अन्र्तराष्ट्रिय आर्विटर

Friday, 7 August 2015

Ratna Lal Kedia Chess

अन्तराष्ट्रिय बुद्धिचालमा भूपेन्द्र तेस्रो
- उत्तम रिजाल/२२ साउन, झापा 

दमकका फिडे क्यान्डिडेट मास्टर भूपेन्द्र निरौला निरज भारतको सिलिगुडिमा सम्पन्न पहिलो रतनलाल केडिया मेमोरियल अन्तराष्ट्रिय बुद्धिचालमा तेस्रो भएका छन् । प्रतियोगिताको अन्तिम तथा नौ औ राउण्डमा २०५९ रेटेड निरौलाले भारतका २०२४ रेटेड कौस्तभ चटर्जीसंग बराबरी खेल्दै तेस्रो स्थान हासिल गरेका हुन् । उनले ७ अंक प्राप्त गरे ।

काठमाण्डौमा सम्पन्न एशियन जोनल ३.२ चेस च्याम्पियनसीपमा दशौ स्थान हासिल गर्दै क्यानिडेट मास्टरको उपाधि हासिल गरेका उनले त्यस पछि आफ्नो खेललाइ अझ स्तरीय बनाएका उनले सो प्रतियोगितामा शानदार प्रदर्शन गरेका थिए ।
प्रतियोगिताको प्रथम र दोस्रो स्थान भने भारतिय खेलाडी क्रमश २२२३ रेटेड देवार्सी मुखर्जी र २२३७ रेटेड अर्पन दासले हात पारे । दुबैले समान ७।५ अंक जोडेका थिए । प्रथम दास्रो र तेस्रो स्थान हातपारेका खेलाडीले क्रमश भारतिय रुपैया ४० हजार,२५ हजार र १५ हजार तथा ट्रफी प्राप्त गरे ।
त्यस्तै सोहि प्रतियोगिताको १७०० दखी १९९९ रेटेड क्याटोगेरी तर्फ नेपाली खेलाडी १८६९ रेटेड तिर्थराज सुब्बा दोस्राृ तथा १९०२ रेटेड झापा दमककै प्रकाश नेपालले तस्रो स्थन हातपारे । प्रतियोगितामा भारत,बंगलादेश,भुटान र नेपालका गरि २२० जना खेलाडीको सहभागिता रहेको थियो ।

Sunday, 28 June 2015

Anish Giri Birthday

Happy Birthday Anish...
Grandmaster Anish Giri
I congratulate Anish in his 21st birthday on 28th june 2015.
-IA/NI Umesh KC

Message & Photos posted by his father Sanjay Giri's on facebook:

Our son Anish Giri has become a full-fledged young man smile emoticon ! He was born 21 years ago in this very day (28 June). Dear buddy, I wish you a meaningful, joyful and interesting life ahead (from this colorful country called India)...
Life is a long journey with black and white strips - the strips that are helpful to improve ourselves each and every day. You've got a name and fame already in this young age. Keep your goodwill, take care of all the people around you, try not to hurt anyone in this planet. Serving others is a real meaning of life - the religion, the karma, all about this life. But, this opportunity is not given to everyone, and to deliver this is a very difficult task. So, I wish you strength and self-possession.
Wish You a Very Happy Birth Day, Buddy smile emoticon !
Congratulations to dear Olga smile emoticon ....She must be proud of whom she has brought up smile emoticon ...I love you all...
Anish with his mother & Father



Nepali Dhaka Topi...

Playing Badminton...

Football Craze....

With sister....





In the Nagarkot hill, near by Kathmandu-Nepal with mother & locals.

Lunch time.....

with the man behind him... who made everything possible... Lucky Father & Lucky Son