लिगतर्फ
बद्रीलाल च्याम्पियन
ललितपुर, २५ चैत्र ।
श्रेयंकर साकोस
काठमाडौंका सुमित पन्त पाचौं कामना सहकारी कप चेस च्याम्पियन बनेका छन् ।
गोल्डेनगेट कलेजका हिमाल लामालाई १.५–०.५ ले पराजीत गर्दै सुमितले १ लाख ७२ हजार ९ सय मुल्य
बराबरको मोटरसाईकल प्राप्त गरे ।
ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघ र ताम्राकार समाजको आयोजनामा शुक्रबार जावलाखेलमा सम्पन्न च्याम्पिनिशीपको फाईनलतर्फको पहिलो लेगमा कालो गोटीबाट जित हात पारेका सुमितले दोश्रो लेगमा सेतो गोटीबाट हिमाललाई बराबरीमा रोके । च्याम्पियनसीपको उपविजेता बनेका हिमालले ५० हजार नगदमा चित्त बुझाए ।
क्यान्डिडेटमास्टर
क्षितीज भण्डारी सडेनडेथमा फिडेमास्टर मनिष हमाललाई पराजीत गर्दै तेश्रो हुन सफल
भए । क्लासिकलतर्फ पहिलो लेगको खेल गुमाएका जनता साकोस ललितपुरका क्षितीजले दोश्रो
लेगमा सेतो गोटीबाट अर्थ बहुउद्देश्यीय सहकारी ललितपुरका मनिष हमाललाई हराए ।
टाईब्रेकका लागि भएको ब्लिज खेल समेत १–१ मा टुंगिएपछि खेलको नतिजा सडेनडेथमा आएको हो । सडेनडेथका
लागि खेलाईएको ब्लिज खेलमा कालो गोटि रोजेका मनिषलाई ४ मिनेटमा बराबरीको नतिजा
पर्याप्त थियो भने क्षितीजका लागि ५ मिनेटमा जित्नैपर्ने दबाब थियो । नकआउटमा
तेश्रो भएका क्षितीजले ३० हजार तथा चौथो भएका मनिषले २५ हजार नगद प्राप्त गरे ।
करुणामय साकोसका बद्रीलाल
नेपालीले लिगतर्फको उपाधि हात पारेका छन् । १० औं चरणमा प्रतियोगिताका शिर्ष
खेलाडी क्यान्डिडेटमास्टर मदनकृष्ण कायस्थलाई हराउँदै ८ दशमलब ५ अंक बनाउन सफल
बद्रीलालले २५ हजार नगद समेत प्राप्त गरे ।
मच्छिन्द्र क्लबका सुरवीर लामालाई हराउँदै ७ दशमलब ५ अंक बनाएका गोल्डेनगेट कलेजका क्यान्डिडेटमास्टर केशव श्रेष्ठ लिगतर्फ दोश्रो हुँदै १५ हजार नगद प्राप्त गरे । समान ७–७ अंक बनाएका थापाथली चेस पार्कका सुशील चौधरी, नेशनल डेभलपमेन्टका दिर्घराज जोशी तथा मखन चेस क्लबका सुमन लामा क्रमशः तेश्रो, चौथो तथा पाचौं स्थानमा रहन सफल भए ।
भक्तपुर साकोसका राज
प्रजापतिमाथि जीत हात पारेका सुशीलले १० हजार नगद प्राप्त गरे । त्यसैगरी सादना
साकोस झापाका राजन सुवेदीलाई हराएका दिर्घराजले ८ हजार नगद प्राप्त गरे । स्वागतम
साकोस ललितपुरका रविन्द्र शाक्यसँग बराबरी नतिजा आत्मसात गरेका सुमन लामाले ७ हजार
नगद प्राप्त गरे ।
कामना साकोसका जनार्दन
श्रेष्ठ, काठमाडौका
भगवतीप्रसाद शर्मा, मच्दिन्द्र
क्लबका सुरवीर लामा, नेकोस चेस
एकेडेमीका मदनकृष्ण कायस्थ तथा स्वागतमका रविन्द्र शाक्य समान ६ दशमलब ५ अंकका साथ
क्रमशः छैठौं देखि दशौं स्थानमा रहन सफल भए ।
जनता साकोसका सिन्दिरा
जोशीले महिलातर्फ पहिलो हुँदै १० हजार नगद प्राप्त गरिन । अर्थ बहुउद्देश्यीय
ललितपुरका सविना श्रेष्ठ,
काठमाण्डौका
विनिता कपाली, चितवनका लक्ष्मी
कँडेल तथा ललितपुरका नोज्मी खड्का क्रमशः महिलातर्फ दोश्रो देखि पाचौं स्थान हासिल
गर्न सफल भए ।
थापाथली चेस पार्कका
रामहरी कार्की अनरेटेडतर्फ उत्कृष्ट भए । त्यसैगरी ललितपुरका सुरज सिंह
अनरेटेडतर्फ दोश्रो भए । अन्नपूर्ण उच्चमाविका दिपेन्द्र गमाल १९ वर्षमुनि
उत्कृष्ट भए । श्रमजीवी साकोस भक्तपुरका गणेशमान दुवाल भेट्रानतर्फ पुरस्कृत भए ।
नेशनल डेभलपमेन्ट सहकारी ललितपुरका सुदर्शन प्रधानले उत्कृष्ट स्थानीय खेलाडीको
पुरस्कार प्राप्त गरे । सारथी साकोस दोलखाका आशिष फुँयालले २ हजार भन्दा मुनि
रेटिङ समुहमा तथा झापाका अनिश कुमार सुवेदीले १८ सय मुनि रेटिङसमुहको पुरस्कार
प्राप्त गरे ।
भक्तपुर साकोसका राज
प्रजापति, सादना साकोस
झापाका राजन सुवेदी, तनहुँका
सविनचन्द्र घिमिरे, मखन चेस क्लबका
पूण्यमान कर्माचार्य, नेशनल डेभलपमेन्ट
सहकारीका राजेन्द्रप्रसाद श्रेष्ठ क्रमशः एघारौं देखि पन्ध्रौं स्थानमा रहन सफल भए
। त्यसैगरी मखन चेस क्लबका सुजेन्द्रप्रसाद श्रेष्ठ, श्रमजीवी साकोस भक्तपुरका विकास कुलुजु, कन्काई साकोस
काठमाण्डौका सुमन राई, कामना साकोसका
सजिन महर्जन र डायनामिक चेस एकेडेमीका भुपेन्द्र निरौला क्रमशः सो¥हौं देखि बिसौं
स्थान सम्म रहे ।