नेपालका हिमाल लामा र भगवतीप्रसाद
शर्मालाई क्यान्डिडेटमास्टरको उपाधि पक्का
काठमाडौं, चैत १३ ।
बंगलादेशी ग्रान्डमास्टर अब्दुल्ला अल रकिब मोलाह एसियन जोनल चेस
च्याम्पियनशीपको उपाधि होडमा उभिएका छन् । नेपाल बुद्धीचाल संघ र नेकोस चेस
एकेडेमी क्लबको संयुक्त आयोजनामा काठमाडौंको होटल एल्लो पगोडामा जारी एसियन जोनल
३.२ चेस च्याम्पिनसीप अन्र्तगत आईतबार सम्पन्न आठौं चरणको खेलमा २४९२ रेटेड रकिबले
पूर्व नेपाल च्याम्पियन क्यान्डिडेटमास्टर केशव श्रेष्ठ (२०७७) लाई हराउँदै ७ अंक
बनाए ।
नेपालका हिमाल लामा र भगवतीप्रसाद शर्मा तथा श्रीलंकाली कालुगाम्पिटीया आर एस
क्यान्डिडेटमास्टरको उपाधि समेत प्राप्त गर्न सफल भए । आठौं चरणको खेलमा २०८१
रेटेड हिमालले वर्तमान नेपाल च्याम्पियन मदनकृष्ण कायस्थलाई बराबरीमा रोक्दै ४
दशमलब ५ अंकका साथ क्यान्डिडेटमास्टरको उपाधि पक्का गरेका हुन् । त्यस्तै १८४८
रेटेड भगवतीप्रसादले माल्दिभ्सका अहमद अमान इब्राहिमलाई तथा २०९९ रेटेड
कालुगाम्पिटीयाले नेपालका सुमित पन्त (१९३५) लाई हराउँदै आ–आफ्नो उपाधि पक्का गरे ।
बंगलादेशी ग्रान्डमास्टर नियाज मुर्सीद (२४२२) आफ्नै देशका फिडेमास्टर साइद
रहमान मफुजुर (२२५०) लाई हराउँदै ६ अंकका साथ अंक तालिकाको तेश्रो स्थानमा रहेका
छन् । त्यस्तै अर्का बंगलादेशी ग्रान्डमास्टर इनामुल हुसेन (२४७४) ले पूर्व नेपाल
च्याम्पियन बद्रीलाल नेपाली (२००९) लाई पराजीत गर्दै ५ अंक बनाए । उता बंगलादेशी
फिडेमास्टरद्धय हसन मेहेदी (२२६३) र मोहम्मद रहमान तैवुर (२३४१) बीचको स्पर्धामा
मेहेदीले सफलता हात पारे ।

बंगलादेशका मोहम्मद रहमान तैवुर, नेपाली फिडेमास्टर मनिष हमाल, क्षितीज भण्डारी,
बद्रीलाल नेपाली, सुमित पन्त, सुमन राई तथा
मिलन लामा समान ४–४ अंकमा रहेका
छन् । त्यसैगरी नेपालका क्यान्डिडेटमास्टर भुपेन्द्र निरौला, नविन तण्डुकार तथा राजेन्द्रकुमार पराजुली र
माल्दिभ्सका अनरेटेड अहमद अमान इब्राहिमको समान ३ दशमलब ५ अंक रहेको छ ।
महिलातर्फको उपाधि होड रोमाञ्चक हुँदै


नेपालकी शान्ता थापा तथा सविना श्रेष्ठ आ–आफ्नो खेल जीत्दै समान ४–४ अंक बनाउन सफल भए । १६२६ रेटेड शान्ताले नेपालकै मतिना
कुसी (१७०१) तथा १४०५ रेटेड सविनाले अर्की नेपाली खेलाडी सिन्दिरा जोशी (१६२५) लाई
हराए ।
च्याम्पियनसीप अन्र्तगत सोमबार नवौं चरणका खेल सञ्चालन हुनेछन् ।
No comments:
Post a Comment