Monday 27 March 2017

Asian Zonal Chess 2017

ग्रान्डमास्टर अब्दुल्लाह रकिब ३.२ जोन चेस च्याम्पियन, महिलातर्फ रानी हमिद च्याम्पियन ।

काठमाडौं, चैत १४ ।
बंगलादेशी ग्रान्डमास्टर अब्दुल्ला अल रकिब मोलाह फिडेको ३.२ जोन चेस च्याम्पियन बनेका छन् । २४९२ रेटेड रकिब सोमबार काठमाडौंमा सम्पन्न एसियन जोनल ३.२ चेस च्याम्पियनशीपको अन्तिम चरणमा आफ्नै देशका ग्रान्डमास्टर इनामुल हुसेन (२४७४) लाई पराजीत गर्दै सेप्टेम्बरमा जर्जीयामा हुने वल्र्ड कप चेस च्याम्पियनशीपका लागि समेत छनौट भएका छन् । ९ खेलबाट ८ अंक बनाएका रकिबले १५ सय अमेरिकी डलर नगद पुरस्कार समेत प्राप्त गरे ।

त्यसैगरी डिफेन्डिङ च्याम्पियन समिमा अख्तरलाई हेड टु हेडमा पछि रानी हमिद एसियन जोनल ३.२ चेस च्याम्पिनसीपको महिला तर्फको उपाधि हासील गर्न सफल रहिन् । च्याम्पियनसीपको अन्तिम खेलमा नेपालकी मतिना कुसीलाई हराउँदै ८ अंक बनाएकी ७३ वर्षीय वुमन इन्टरनेशनलमास्टर रानीले १ हजार अमेरिकी डलर नगद हात पारीन् । टाईब्रेकमा पछि परेकी वुमन इन्टरनेशनलमास्टर समिमाले नेपालकी सबिना श्रेष्ठलाई हराउँदै ५ सय अमेरिकी डलर प्राप्त गरिन ।

प्रतियोगिताका डिफेन्डिङ च्याम्पियन बंगलादेशी ग्रान्डमास्टर जीउर रहमान (२५२०) नेपालका केशव श्रेष्ठ (२०७७) लाई हराउँदै ७ दशमलब ५ अंकका साथ दोश्रो स्थानमा रहे । उनले १ हजार अमेरिकी डलर नगद प्राप्त गरे । त्यसैगरी अन्तिम खेलमा आफ्नै देशका फिडेमास्टर हसन मेहेदी (२२६३) सँग बराबरीमा रोकिएका ग्रान्डमास्टर नियाज मुर्सीद (२४२२) ७ अंकका साथ तेश्रो स्थानमा रहँदै ५ सय अमेरिकी डलर नगद प्राप्त गर्न सफल भए ।

श्रीलंकाली कालुगाम्पिटीया आर एसका लागि च्याम्पियनसीप सुखद रह्यो । २१२९ रेटेड उनले अन्तिम चरणमा नेपालका हिमाल लामा (२०८१) माथि जीत हात पारेका कालु ६ अंकका साथ चौथो स्थानमा रहँदै फिडेमास्टरको उपाधि समेत प्राप्त गर्न सफल भए ।

बंगलादेशका फिडेमास्टरद्धय हसन मेहेदी तथा रहमान साइद मफजुर तथा नेपालका क्यान्डिडेटमास्टर मदनकृष्ण कायस्थ समान ५ दशमलब ५ अंकका साथ क्रमशः पाचौं, छैटौं र सातौं स्थानमा रहन सफल भए । त्यसैगरी नेपालका क्यान्डिडेटमास्टर केशव श्रेष्ठ, बंगलादेशका ग्रान्डमास्टर इनामुल हुसेन र फिडेमास्टर मोहम्मद तैवुर रहमान क्रमशः आठौं, नवौं तथा दशौं स्थानमा रहे ।

च्याम्पियनसीपबाट नेपालका हिमाल लामा, नविन तण्डुकार, भगवतीप्रसाद शर्मा, मिलन लामा र राजेन्द्रकुमार पराजुलीले क्यान्डिडेटमास्टरको उपाधि प्राप्त गर्न सफल भए ।

त्यसैगरी महिलातर्फ बंगलादेशी वुमन फिडेमास्टर नजराना खान ६ अंकका साथ तेश्रो स्थानमा रहन सफल भईन । अन्तिम चरणमा नेपालकी शान्ता थापालाई हराउन सफल उनले ३ सय अमेरिकी डलर पुरस्कार हात पारीन् । त्यसैगरी बंगलादेशी सरमीन समिहा सिम्मि तथा वुमन फिडेमास्टर सुल्ताना सरमिन सिरीन समान ५ दशमलब ५ अंकका साथ चौथो तथा पाचौं स्थानमा रहन सफल भए । बंगलादेशी सरमीन समिहा सिम्मि तथा श्रीलंकाली सौम्य जनावले वुमन क्यान्डिडेटमास्टरको उपाधि प्राप्त गरे ।

श्रीलंकाली सौम्य जैनव ५ अंकका साथ छैटौं स्थानमा रहिन । बंगलादेशी वुमन फिडेमास्टर महमुदा हक चौधरी, नेपालका शान्ता थापा तथा सविना श्रेष्ठ क्रमशः सातौं, आठौं र नवौं स्थानमा रहे । नेपालकी मतिना कुसी २ अंकका साथ दशौं स्थानमा रहिन् ।


नेपाल बुद्धीचाल संघ र नेकोस चेस एकेडेमी क्लबको संयुक्त आयोजनामा काठमाडौंको होटल एल्लो पगोडामा सम्पन्न च्याम्पियनसीपमा नेपाल, बंगलादेश, श्रीलंका र माल्दिभ्सका ४२ जना खेलाडीको सहभागीता रहेको थियो । कुल ६ हजार ५ सय नगद पुरस्कार राशी रहेको च्याम्पियनशीपका विजेतालाई राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशवकुमार विष्ट, एशीयाली चेस महासंघका डेपुटी प्रेसिडेन्ट भरत सिं चौहान, एसियन जोन ३.२ का अध्यक्ष राजेशहरी जोशी लगायतले पुरस्कार वितरण गरे ।

Asian Zonal Chess 2017

नेपालका हिमाल लामा र भगवतीप्रसाद शर्मालाई क्यान्डिडेटमास्टरको उपाधि पक्का

काठमाडौं, चैत १३ ।
बंगलादेशी ग्रान्डमास्टर अब्दुल्ला अल रकिब मोलाह एसियन जोनल चेस च्याम्पियनशीपको उपाधि होडमा उभिएका छन् । नेपाल बुद्धीचाल संघ र नेकोस चेस एकेडेमी क्लबको संयुक्त आयोजनामा काठमाडौंको होटल एल्लो पगोडामा जारी एसियन जोनल ३.२ चेस च्याम्पिनसीप अन्र्तगत आईतबार सम्पन्न आठौं चरणको खेलमा २४९२ रेटेड रकिबले पूर्व नेपाल च्याम्पियन क्यान्डिडेटमास्टर केशव श्रेष्ठ (२०७७) लाई हराउँदै ७ अंक बनाए ।

अर्का बंगलादेशी ग्रान्डमास्टर जिउर रहमान (२५२०) आफ्नै देशका इन्टरनेशनलमास्टर आवु सुफिन साकिल (२३४३) लाई पराजीत गर्दै ६ दशमलब ५ अंकका साथ रकिबलाई पछ्याई रहेका छन् ।

नेपालका हिमाल लामा र भगवतीप्रसाद शर्मा तथा श्रीलंकाली कालुगाम्पिटीया आर एस क्यान्डिडेटमास्टरको उपाधि समेत प्राप्त गर्न सफल भए । आठौं चरणको खेलमा २०८१ रेटेड हिमालले वर्तमान नेपाल च्याम्पियन मदनकृष्ण कायस्थलाई बराबरीमा रोक्दै ४ दशमलब ५ अंकका साथ क्यान्डिडेटमास्टरको उपाधि पक्का गरेका हुन् । त्यस्तै १८४८ रेटेड भगवतीप्रसादले माल्दिभ्सका अहमद अमान इब्राहिमलाई तथा २०९९ रेटेड कालुगाम्पिटीयाले नेपालका सुमित पन्त (१९३५) लाई हराउँदै आआफ्नो उपाधि पक्का गरे ।

बंगलादेशी ग्रान्डमास्टर नियाज मुर्सीद (२४२२) आफ्नै देशका फिडेमास्टर साइद रहमान मफुजुर (२२५०) लाई हराउँदै ६ अंकका साथ अंक तालिकाको तेश्रो स्थानमा रहेका छन् । त्यस्तै अर्का बंगलादेशी ग्रान्डमास्टर इनामुल हुसेन (२४७४) ले पूर्व नेपाल च्याम्पियन बद्रीलाल नेपाली (२००९) लाई पराजीत गर्दै ५ अंक बनाए । उता बंगलादेशी फिडेमास्टरद्धय हसन मेहेदी (२२६३) र मोहम्मद रहमान तैवुर (२३४१) बीचको स्पर्धामा मेहेदीले सफलता हात पारे ।

नेपालका केशव श्रेष्ठ, बंगलादेशका इनामुल हुसेन तथा हसन मेहेदी र श्रीलंकाली कालुगाम्पिटीया समान ५५ अंकमा रहेका छन् । बंगलादेशका साकिल तथा मफजुर, नेपालका मदककृष्ण, हिमाल तथा भगवतीप्रसाद समान ४ दशमलब ५ अंकमा रहेका छन् ।

बंगलादेशका मोहम्मद रहमान तैवुर, नेपाली फिडेमास्टर मनिष हमाल, क्षितीज भण्डारी, बद्रीलाल नेपाली, सुमित पन्त, सुमन राई तथा मिलन लामा समान ४४ अंकमा रहेका छन् । त्यसैगरी नेपालका क्यान्डिडेटमास्टर भुपेन्द्र निरौला, नविन तण्डुकार तथा राजेन्द्रकुमार पराजुली र माल्दिभ्सका अनरेटेड अहमद अमान इब्राहिमको समान ३ दशमलब ५ अंक रहेको छ ।

महिलातर्फको उपाधि होड रोमाञ्चक हुँदै

एसीयन जोनल चेस च्याम्पियनसीपको महिलातर्फको उपाधि होड रोमाञ्चक मोडमा पुगेको छ । सातौं चरणसम्म अपराजीत ७ अंक बटुलेकी बंगलादेशकी वुमन इन्टरनेशनलमास्टर रानी हमीद आईतबार भएको आठौं चरणको खेलमा आफ्नै देशकी वुमन फिडेमास्टर सुल्ताना सरमीन सिरीनसँग पराजीत भएपछि उपाधि होड खुला भएको छ । रानीसँगै समिमा अख्तरको पनि समान ७ अंक भएको छ । डिफेन्डिङ च्याम्पियन समेत रहेकी बंगलादेशी वुमन इन्टरनेशनल मास्टर समिमाले आठौं चरणमा नेपालकी पुनम प्रसाईंमाथि सहज जीत हात पारिन् ।

श्रीलंकाली सौम्य जैनव तथा बंगलादेशी वुमन फिडेमास्टर नजराना खान समान ५५ अंकमा रहेका छन् । त्यस्तै बंगलादेशी सुल्ताना सिरीन र समिमा सिम्मी सरीनको समान ४ दशमलब ५ अंक भएको छ ।

नेपालकी शान्ता थापा तथा सविना श्रेष्ठ आआफ्नो खेल जीत्दै समान ४४ अंक बनाउन सफल भए । १६२६ रेटेड शान्ताले नेपालकै मतिना कुसी (१७०१) तथा १४०५ रेटेड सविनाले अर्की नेपाली खेलाडी सिन्दिरा जोशी (१६२५) लाई हराए ।


च्याम्पियनसीप अन्र्तगत सोमबार नवौं चरणका खेल सञ्चालन हुनेछन् ।

Saturday 25 March 2017

Asian Zonal Chess 2017

ग्रान्डमास्टर रकिबको अग्रता कायमै

काठमाडौं, चैत १२ ।
नेपालका उदियमान युवा खेलाडी सुमित पन्त (१९३५) लाई पराजीत गर्दै बंगलादेशी ग्रान्डमास्टर अब्दुल्ला अल रकिब मोलाह (२४९२) ले एसियन जोनल ३.२ चेस च्याम्पियनसीपमा एकल अग्रता कायम राखेका छन् । नेपाल बुद्धीचाल संघ र नेकोस चेस एकेडेमी क्लबको संयुक्त आयोजनामा काठमाडौंको होटल एल्लो पगोडामा जारी च्याम्पिनसीप अन्र्तगत शनिबार सम्पन्न सातौं चरणको प्रतिष्पर्धात्मक खेलको १४ औं चालमा ब्लन्डर गरेपछि सुमितले १५ औं चालमा रकिबलाई नतिजा सुम्पिए । ७ चरणको समाप्तिमा रकिबको ६ अंक भएको छ ।
डिफेन्डिङ च्याम्पियन बंगलादेशी ग्रान्डमास्टर जिउर रहमान (२५२०) अर्का बंगलादेशी फिडेमास्टर हसन मेहेदी (२२६३) लाई पराजीत गदैं ५ दशमलब ५ अंकका साथ अंकतालिकाको दोश्रो स्थानमा रहेका छन् ।
पूर्व नेपाल च्याम्पियन क्यान्डिडेटमास्टर केशव श्रेष्ठ (२०७७) ले नेपालका अर्का युवा प्रतिभा हिमाल लामा (२०८१) लाई हराउँदै ५ अंकका साथ तेश्रो स्थानमा रहन सफल भए । त्यसैगरी बंगलादेशी ग्रान्टमास्टर नियाज मुर्सीद (२४२२) पनि आफ्नै देशका फिडेमास्टर मोहम्मद रहमान तैवुर (२३४१) लाई हराउँदै ५ अंक बनाउन सफल भए ।
बंगलादेशी अन्र्तराष्ट्रिय मास्टर आवु सुफिन साकिल (२३४३) ले नेपालका फिडेमास्टर मनिष हमाल (२०५२) माथि जीत निकाले । त्यसैगरी नेपालका क्यान्डिडेटमास्टर क्षितीज भण्डारी (२०३६) पनि बंगलादेशी फिडेमास्टर साइद महफुजुर रहमान (२२५०) सँग पराजय व्यहोर्न पुगे । साकिल र साइद समान ४ दशमलब ५ अंकमा रहेका छन् ।
नेपाल च्याम्पियन क्यान्डिडेटमास्टर मदनकृष्ण कायस्थ (२०९९) ले बंगलादेशी ग्रान्डमास्टर इनामुल हुसेन (२४७४) सँग बराबरीको नतीजा हात पार्न सफल भए । नेपालका मदनकृष्ण , सुुमित पन्त, हिमाल लामा तथा बद्रीलाल नेपाली, श्रीलंकाली कालुगाम्पिटीया आर एस, बंगलादेशी इनामुल हुसेन, हसन मेहेदी तथा मोहम्मद तैवुर समान ४४ अंकमा रहेका छन् । २१२९ रेटेड श्रीलंकाली कालुगाम्पिटीयाले नेपालका मिलन लामा (१७७१) लाई हराए । उता बद्रीलालले  नेपालकै क्यान्डिडेटमास्टर सजीन महर्जनलाई पराजीत गरे ।


माल्दिभ्सका अनरेटेड अहमद अमन इब्राहिमले नेपालका राजेन्द्रकुमार पराजुली (१७४०) लाई हराउँदै ३ दशमलब ५ अंक बनाए । उनीसँगै नेपालका मनिष हमाल, भगवतीप्रसाद शर्मा (१८४८) तथा क्षितीज भण्डारीको समान ३ दशमलब ५ अंक भएको छ ।

श्रीलंकाली सौम्य जैनव बनिन् वुमन क्यान्डिडेटमास्टर
श्रीलंकाली सौम्य जैनव (१७८८) ले वुमन क्यान्डिडेटमास्टर टाईटल प्राप्त गरेकी छन् । काठमाडौंमा जारी एशियन जोनल चेस च्याम्पियनशीपको महिलातर्फको स्पर्धामा शनिबार बंगलादेशी वुमन फिडेमास्टर नजराना खान (१९०४) सँग बराबरीको नतिजा आत्मसात गरेकी जैनवको ४ दशमलब ५ अंक भएको छ ।
उता पहिलो बोर्डमा कालो गोटीबाट खेलेकी बंगलादेशी वुमन इन्टरनेशनलमास्टर रानी हमीद (१९९०) ले नेपालकी सविना श्रेष्ठ (१४०५) लाई हराउँदै ७ अंकका साथ आफ्नो एकल अग्रता कायम राखेकी छन् ।
नेपालकी शान्ता थापा (१६२६) लाई पराजीत गर्दै बंगलादेशी वुमन इन्टरनेशनल मास्टर समिमा अख्तर ६ अंकका साथ दोश्रो स्थानमा रहेकी छन् ।
बंगलादेशी नजराना खान, वुमन क्यान्डिडेटमास्टर महमुदा हक चौधरी (१७४०), तथा सरमीन समिहा सीम्मी (१८४२) समान ४४ अंकमा रहेका छन् । त्यसैगरी बंगलादेशी वुमन फिडेमास्टर सुल्तान सरमीन सिरिन (१९९८) नेपालकी सिन्दिरा जोशी (१६२५) लाई हराउँदै अंकतालिकामा ३ दशमलब ५ अंक बनाउन सफल भईन् ।
नेपालका शान्ता थापा र सबिना श्रेष्ठ समान ३३ अंकमा रहेका छन् । आईतबार आठौं चरणका खेल सञ्चालन हुनेछन् ।

Friday 24 March 2017

Asian Zonal Chess 2017

ग्रान्डमास्टर रकिबको एकल अग्रता
काठमाडौं, चैत ११ ।
बंगलादेशी ग्रान्डमास्टर अब्दुल्ला अल रकिब मोलाह (२४९२) काठमाडौंमा जारी एसियन जोनल ३.२ चेस च्याम्पियनसीपमा एकल अग्रता लिन सफल भएका छन् । शुक्रबार सम्पन्न छैटौं चरणमा आफ्नै देशका ग्रान्डमास्टर नियाज मुर्सीद (२४२२) लाई हराएका रकिबको ६ खेलबाट ५ अंक भएको छ । दुई ग्रान्डमास्टर बिच भएको रोचक भिडन्तमा नियाजले आक्रामक खेल शैली अपनाएका थिए । किंग्स इन्डियन प्रणालीमा खेल शुरुवात गरेका नियाजका हरेक आक्रमणलाई विफल पारेका रकिवले खेलको ३२ औं चालमा नियाजको गल्तीको फाईदा उठाउँदै खेल नियन्त्रणमा लिन सफल भए । फलस्वरुप ४० औं चालमा नियाजले रकिवलाई नतिजा सुम्पिए ।

डिफेन्डिङ च्याम्पियन बंगलादेशी ग्रान्डमास्टर जिउर रहमान (२५२०) अर्का बंगलादेशी फिडेमास्टर साइद महफुजुर रहमान (२२५०) खेलको ३८ औं चालमा माथ चखाउँदै ४ दशमलब ५ अंकका साथ दोश्रो स्थानमा रहेका छन् ।

छैटौं चरणमा उत्कृष्ट प्रदर्शन गरी अपराजीत रहेका पूर्व नेपाल च्याम्पियन केशव श्रेष्ठ तथा नेपालकै उदियमान युवा खेलाडी सुमित पन्त समान ४४ अंक बनाई संयुक्त रुपमा तेश्रो स्थानमा रहेका छन् । २०७७ रेटेड केशवले बंगलादेशका फिडेमास्टर हसन मेहेदी (२२६३)सँग जीतको नजिक पुगेर पनि बराबरीमा चित्त बुझाउनु प¥यो । क्याटालान प्रणालीमा भएको खेलमा सेतो गोटिबाट दबाब दिन खोजेका हसनले खेलको २६ औं चालमा गल्ती गर्न पुगे । जसको परिणाम स्वरुप केशवले २ वटा सिपाही बलीदान गरी हसनको घोडा लिन सफल भए । जीतको नजीक रहेको अवस्थामा केशवले समय दवावमा ५७ औं चालमा गलत निर्णय गर्न पुगे । जसका कारण ७५ औं चालमा खेल बराबरीमा सकियो ।

त्यसैगरी वर्तमान नेपाल च्याम्पियन मदनकृष्ण कायस्थ (२०९९) र सुमित पन्त (१९३५) बीचको रोमाञ्चक खेल पनि ७७ औं चालमा पुगेर बराबरीमा टुंगियो ।

नेपालका हिमाल लामा (२०८१) र बंगलादेशका ग्रान्डमास्टर नियाज मुर्सीद तथा फिडेमास्टर मोहम्मद तैवुर रहमान (२३४१) को पनि समान ४४ अंकमा रहेका छन् । हिमालले माल्दिभ्सका अनरेटेड अहमद इब्राहिम अमनलाई पराजीत गरेभने तैवुरले श्रीलंकाली कालुगाम्पिटीया आर एस (२१२९) लाई हराए ।

नेपालका फिडेमास्टर मनिष हमाल (२०५२), नेपालका क्यान्डिडेटमास्टरद्धय मदनकृष्ण कायस्थ तथा क्षितीज भण्डारी (२०३६), बंगलादेशी ग्रान्डमास्टर इनामुल हुसेन (२४७४), बंगलादेशी इन्टरनेशनलमास्टर आबु सुफिन सकिल (२३४३) तथा बंगलादेशी फिडेमास्टर सइद महफुजुर रहमान समान ३ दशमलब ५ अंकमा रहेका छन् ।

त्यसैगरी श्रीलंकाली कालुगाम्पिटीया आर एस, नेपालका क्यान्डिडेटमास्टर सजिन महर्जन, मिलन लामा, विवेक श्रेष्ठ, बद्रीलाल नेपाली समान ३३ अंकमा रहेका छन् ।

महिलातर्फ वुमन इन्टरनेशनलमास्टर रानी हमीदको अग्रता कायम
एशियन जोनल चेस च्याम्पियनशीपको महिलातर्फको स्पर्धामा बंगलादेशी वुमन इन्टरनेशनलमास्टर रानी हमीद (१९९०) को एकल अग्रता कायमै रहेको छ । शुक्रबार सम्पन्न छैटौं चरणको खेलमा आफ्नै देशका वुमन क्यान्डिडेटमास्टर महमुदा हक चौधरी (१७४०) लाई पराजीत गरेकी रानी ६ अंकका साथ शिर्ष स्थानमा रहेकी छन् ।
डिफेन्डिङ च्याम्पियन बंगलादेशी वुमन इन्टरनेशनल मास्टर समिमा अख्तर ५ अंकका साथ दोश्रो स्थानमा रहेकी छन् । २०७७ रेटेड उनले छैटौं चरणमा बंगलादेशकै समिहा सिम्मी सारमीन (१८४२) माथी जीत दर्ज गरीन । श्रीलंकाली सौम्य जैनाव (१७८८) बंगलादेशी वुमन फिडेमास्टर सुल्ताना सरमिन सिरीन लाई हराउँदै ४ अंकका साथ तेश्रो स्थानमा रहन सफल भएकी छन् । बंगलादेशी वुमन फिडेमास्टर नजरना खान ३ दशमलब ५ अंकमा रहेकी छन् ।
नेपालका शान्ता थापा (१६२६), सबिना श्रेष्ठ (१४०५) र बंगलादेशी महमुदा हक चौधरी समान ३३ अंकमा रहेका छन् ।

 नेपाल बुद्धीचाल संघ र नेकोस चेस एकेडेमी क्लबको संयुक्त आयोजनामा होटल एल्लो पगोडामा जारी च्याम्पिनसीप अन्र्तगत शनिबार सातौं चरणका खेल सञ्चालन हुनेछन् ।

Thursday 23 March 2017

Asian Zonal Chess 2017

एसियन जोनल चेसमा बंगलादेशी खेलाडीको अग्रता

काठमाडौं, चैत १० ।
बंगलादेशी ग्रान्डमास्टरद्धय जीउर रहमान  (२५२०) तथा अब्दुल्ला अल रकिब मोलाह (२४९२) ले काठमाडौंमा जारी एसियन जोनल ३.२ चेस च्याम्पियनसीपमा संयुक्त अग्रता लिएका छन् । डिफेन्डिङ च्याम्पियन समेत रहेका रहमानले बुधबार सम्पन्न चौथो चरणमा आफ्नै देशका ग्रान्डमास्टर इनामुल हुसेन (२४७४) लाई हराउँदै ३ दशमलब ५ अंकका साथ बनाए । त्यसगरी अर्का ग्रान्डमास्टर रकिबले आफ्नै देशका फिडेमास्टर हसन मेहदी (२२६३) माथी जीत हात पारे ।

बंगलादेशी ग्रान्डमास्टर नियाज मुर्सीद तथा फिडेमास्टर साइद महफुजुर रहमान र नेपालका क्यान्डिडेटमास्टर केशव श्रेष्ठ समान ३३ अंकमा रहेका छन् । २४२२ रेटेड ग्रान्डमास्टर नियाजले वर्तमान नेपाल च्याम्पियन समेत रहेका क्यान्डिडेटमास्टर मदनकृष्ण कायस्थ (२०९९) माथि जीत निकाले । त्यस्तै कालो गोटीबाट खेलेका २०७७ रेटेड केशवले श्रीलंकाली कालुगाम्पिटीया आर एस (२१२९) माथि शानदार जीत हात पारे । उता २२५० रेटेड फिडेमास्टर महफुजुरले नेपालका फिडेमास्टर मनिष हमाल २०५२ लाई हराए ।

ग्रान्डमास्टर इनामुल हुसेन, ईन्टरनेशनल मास्टर आबु सुफिन साकिल, फिडेमास्टरद्धय महम्मद तैवुर रहमान तथा हसन मेहदी, नेपालका हिमाल लामा, सुमीत पन्त  तथा भगवतीप्रसाद शर्मा समान २ दशमलब ५ अंकमा रहेका छन् ।  २३४३ रेटेड साकिलले नेपालका बद्रीलाल नेपाली (२००९) माथि विजय प्राप्त गरे । २०८१ रेटेड हिमालले नेपालका क्यान्डिडेटमास्टर क्षितीज भण्डारी (२०३६) माथि जीत हात पारे । त्यसैगरी १८४८ रेटेड भगवतीप्रसादले नेपालका क्यान्डिडेटमास्टर सजिन महर्जन (२००२) लाई हराए । त्यसैगरी १९३५ रेटेड सुमीत र २३४१ रेटेड तैवुर रहमान बीचको खेल बराबरीमा टुंगीयो ।

माल्दीभ्सका अनरेटेड अहमद अमन इब्राहीम, नेपालका मदनकृष्ण कायस्थ, मनिष हमाल, आशिष फुँयाल (१८०१), मिलन लामा (१७७१), सुमन राई (१७००) समान २२ अंकमा रहेका छन् ।


महिलातर्फ वुमन इन्टरनेशनलमास्टर रानी हमीदको एकल अग्रता

बंगलादेशी वुमन इन्टरनेशनलमास्टर रानी हमीद (१९९०) आफ्नै देशका समिहा सिम्मी सारमीन (१८४२) माथी जीत दर्ज गर्दै महिलातर्फ एकल अग्रता बनाउन सफल भएकी छन् । चौथो चरणको समाप्तिमा शतप्रतिशत जीत हात पारेकी रानीको ४ अंक भएको छ ।

महिलातर्फकी डिफेन्डिङ च्याम्पियन बंगलादेशी वुमन इन्टरनेशनल मास्टर समिमा अख्तर (२०७७) श्रीलंकाली सौम्य जैनाव (१७८८) लाई हराउँदै ३ अंकका साथ दोश्रो स्थानमा रहन सफल भएकी छन् । चौथो चरणमाको खेलमा बराबरी नतीजा आत्मसात गरेका बंगलादेशी वुमन फिडेमास्टरद्धय नजरना खान तथा सुल्ताना सरमिन सिरीन समान २ दशमलब ५ अंकमा रहेका छन् ।

बंगलादेशी वुमन क्यान्डिडेटमास्टर महमुदा हक चौधरी तथा समिहा सिम्मी सारमीन, श्रीलंकाली सौम्य जैनाव, नेपालकी शान्ता थापा तथा मतिना कुसी समान २ अंकमा रहेका छन् । १७४० रेटेड चौधरीले नेपालकी सविना श्रेष्ठ (१४०५) लाई पराजीत गरिन् । १६२६ रेटेड शान्ताले नेपालकै पुनम प्रसाईं (१४१९) तथा १७०१ रेटेड मतिनाले नेपालकै सिन्दिरा जोशी (१६२५) माथि जीत हात पारे ।


नेपाल बुद्धीचाल संघ र नेकोस चेस एकेडेमी क्लबको संयुक्त आयोजनामा होटल एल्लो पगोडामा जारी च्याम्पिनसीप अन्र्तगत बिहिबार पाचौं चरणका खेल सञ्चालन हुनेछन् ।