Saturday 8 April 2017

5th Co-operative Chess

सुमित पन्तलाई सहकारी चेसको उपाधि
लिगतर्फ बद्रीलाल च्याम्पियन

ललितपुर, २५ चैत्र ।
श्रेयंकर साकोस काठमाडौंका सुमित पन्त पाचौं कामना सहकारी कप चेस च्याम्पियन बनेका छन् । गोल्डेनगेट कलेजका हिमाल लामालाई १.५०.५ ले पराजीत गर्दै सुमितले १ लाख ७२ हजार ९ सय मुल्य बराबरको मोटरसाईकल प्राप्त गरे ।

ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघ र ताम्राकार समाजको आयोजनामा शुक्रबार जावलाखेलमा सम्पन्न च्याम्पिनिशीपको फाईनलतर्फको पहिलो लेगमा कालो गोटीबाट जित हात पारेका सुमितले दोश्रो लेगमा सेतो गोटीबाट हिमाललाई बराबरीमा रोके । च्याम्पियनसीपको उपविजेता बनेका हिमालले ५० हजार नगदमा चित्त बुझाए ।

क्यान्डिडेटमास्टर क्षितीज भण्डारी सडेनडेथमा फिडेमास्टर मनिष हमाललाई पराजीत गर्दै तेश्रो हुन सफल भए । क्लासिकलतर्फ पहिलो लेगको खेल गुमाएका जनता साकोस ललितपुरका क्षितीजले दोश्रो लेगमा सेतो गोटीबाट अर्थ बहुउद्देश्यीय सहकारी ललितपुरका मनिष हमाललाई हराए । टाईब्रेकका लागि भएको ब्लिज खेल समेत ११ मा टुंगिएपछि खेलको नतिजा सडेनडेथमा आएको हो । सडेनडेथका लागि खेलाईएको ब्लिज खेलमा कालो गोटि रोजेका मनिषलाई ४ मिनेटमा बराबरीको नतिजा पर्याप्त थियो भने क्षितीजका लागि ५ मिनेटमा जित्नैपर्ने दबाब थियो । नकआउटमा तेश्रो भएका क्षितीजले ३० हजार तथा चौथो भएका मनिषले २५ हजार नगद प्राप्त गरे ।

करुणामय साकोसका बद्रीलाल नेपालीले लिगतर्फको उपाधि हात पारेका छन् । १० औं चरणमा प्रतियोगिताका शिर्ष खेलाडी क्यान्डिडेटमास्टर मदनकृष्ण कायस्थलाई हराउँदै ८ दशमलब ५ अंक बनाउन सफल बद्रीलालले २५ हजार नगद समेत प्राप्त गरे ।

मच्छिन्द्र क्लबका सुरवीर लामालाई हराउँदै ७ दशमलब ५ अंक बनाएका गोल्डेनगेट कलेजका क्यान्डिडेटमास्टर केशव श्रेष्ठ लिगतर्फ दोश्रो हुँदै १५ हजार नगद प्राप्त गरे । समान ७७ अंक बनाएका थापाथली चेस पार्कका सुशील चौधरी, नेशनल डेभलपमेन्टका दिर्घराज जोशी तथा मखन चेस क्लबका सुमन लामा क्रमशः तेश्रो, चौथो तथा पाचौं स्थानमा रहन सफल भए ।

भक्तपुर साकोसका राज प्रजापतिमाथि जीत हात पारेका सुशीलले १० हजार नगद प्राप्त गरे । त्यसैगरी सादना साकोस झापाका राजन सुवेदीलाई हराएका दिर्घराजले ८ हजार नगद प्राप्त गरे । स्वागतम साकोस ललितपुरका रविन्द्र शाक्यसँग बराबरी नतिजा आत्मसात गरेका सुमन लामाले ७ हजार नगद प्राप्त गरे ।

कामना साकोसका जनार्दन श्रेष्ठ, काठमाडौका भगवतीप्रसाद शर्मा, मच्दिन्द्र क्लबका सुरवीर लामा, नेकोस चेस एकेडेमीका मदनकृष्ण कायस्थ तथा स्वागतमका रविन्द्र शाक्य समान ६ दशमलब ५ अंकका साथ क्रमशः छैठौं देखि दशौं स्थानमा रहन सफल भए ।

जनता साकोसका सिन्दिरा जोशीले महिलातर्फ पहिलो हुँदै १० हजार नगद प्राप्त गरिन । अर्थ बहुउद्देश्यीय ललितपुरका सविना श्रेष्ठ, काठमाण्डौका विनिता कपाली, चितवनका लक्ष्मी कँडेल तथा ललितपुरका नोज्मी खड्का क्रमशः महिलातर्फ दोश्रो देखि पाचौं स्थान हासिल गर्न सफल भए ।

थापाथली चेस पार्कका रामहरी कार्की अनरेटेडतर्फ उत्कृष्ट भए । त्यसैगरी ललितपुरका सुरज सिंह अनरेटेडतर्फ दोश्रो भए । अन्नपूर्ण उच्चमाविका दिपेन्द्र गमाल १९ वर्षमुनि उत्कृष्ट भए । श्रमजीवी साकोस भक्तपुरका गणेशमान दुवाल भेट्रानतर्फ पुरस्कृत भए । नेशनल डेभलपमेन्ट सहकारी ललितपुरका सुदर्शन प्रधानले उत्कृष्ट स्थानीय खेलाडीको पुरस्कार प्राप्त गरे । सारथी साकोस दोलखाका आशिष फुँयालले २ हजार भन्दा मुनि रेटिङ समुहमा तथा झापाका अनिश कुमार सुवेदीले १८ सय मुनि रेटिङसमुहको पुरस्कार प्राप्त गरे ।

भक्तपुर साकोसका राज प्रजापति, सादना साकोस झापाका राजन सुवेदी, तनहुँका सविनचन्द्र घिमिरे, मखन चेस क्लबका पूण्यमान कर्माचार्य, नेशनल डेभलपमेन्ट सहकारीका राजेन्द्रप्रसाद श्रेष्ठ क्रमशः एघारौं देखि पन्ध्रौं स्थानमा रहन सफल भए । त्यसैगरी मखन चेस क्लबका सुजेन्द्रप्रसाद श्रेष्ठ, श्रमजीवी साकोस भक्तपुरका विकास कुलुजु, कन्काई साकोस काठमाण्डौका सुमन राई, कामना साकोसका सजिन महर्जन र डायनामिक चेस एकेडेमीका भुपेन्द्र निरौला क्रमशः सो¥हौं देखि बिसौं स्थान सम्म रहे ।

कुल ४ लाख ९८ हजार ४ सय पुरस्कार राशी रहेको लिग तथा नकआउट दोहोरो प्रणालीमा सम्पन्न प्रतियोगितामा ८० खेलाडीको सहभागीता रहेको थियो ।

No comments: