Sunday 2 April 2017

5th Co-operative Chess

पाचौं सहकारी कप चेस शुरु ।

ललितपुर, २० चैत्र ।
सहकारी कप चेस प्रतियोगिताको पाचौं संस्करण आईतबारदेखि ललितपुरमा शुरु भएको छ । ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघ  र ताम्रकार समाजको संयुक्त आयोजनामा शुरु भएको सिवानी एअर ५ औं कामना सहकारी चेस प्रतियोगिताको एक समारोह बिच राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशवकुमार विष्टले उद्घाट्न गरे ।

८० जना खेलाडीको सहभागीता रहेको प्रतियोगिताको पहिलो दिन एक चरणका खेल सञ्चालन भए । शिर्ष वरियताका खेलाडी क्यान्डिडेटमास्टर मदनकृष्ण कायस्थले भक्तपुर साकोसका केशव मानन्धरलाई हराउँदै सुखद सुरुवात गरे । प्रतियोगिताका ४ मध्ये २ संस्करण पोल्टामा पारिसकेका नेपाल च्याम्पियन मदनकृष्ण पाँचौं संस्करण पनि जित्ने लक्ष्यका साथ प्रतियोगितामा सहभागी भएको बताए ।

अर्थ बहुउद्देश्यीय सहकारीका फिडेमास्टर मनिष हमालले काठमाडौंका विनिता कपालीलाई पराजीत गरे । गोल्डेनगेट कलेजका केशव श्रेष्ठ तथा हिमाल लामाले क्रमशः नेकोस चेस ऐकेडेमीका मोहम्मद इमरान खान र नेशनल डेभलपमेन्ट सहकारीका सुनिल बहादुर कोईरालालाई हराए । मच्छिन्द्र क्लबका सुरवीर लामाले जनता साकोस ठेचोका सिन्दिरा जोशीमाथि जीत हात पारे । कामना साकोसका बद्रीलाल नेपालीले डायनामिक चेस ऐकेडेमी झापाका बिक्रम सिंघक माथि जीत निकाले । क्यान्डिडेटमास्टर रिजेन्द्र राजभण्डारीले संजीत तामाङलाई हराए । मखन चेस क्लबका पूण्यमान कर्माचार्यले काठमाण्डौका युवराज पौडेललाई हराए ।

जनता साकोस ठेचोका क्यान्डिडेटमास्टर क्षितीज भण्डारी, श्रेयङकर साकोसका सुमित पन्त, नेपाल टेलिकमका गोविन्द खड्का, सारथी साकोस दोलखाका आशिष फुँयाल, डायनामीक चेस एकेडेमीका भुपेन्द्र निरौला, बाराका श्यामलाल दास, संकटा साकोसका नविन तण्डुकार, ललितपुरका रविन्द्र शाक्य, मखन चेस क्लबका सुजेन्द्रप्रसाद श्रेष्ठ तथा सुमन लामा, काठमाण्डौका भगवतीप्रसाद शर्मा पनि आआफ्नो खेलमा जीत हात पार्दै समान ११ बटुल्न सफल भए ।

त्यसैगरी बारदली साकोस पोखराका रञ्जन कुँवर, नेशनल डेभलपमेन्ट सहकारीका राजेन्द्रप्रसाद श्रेष्ठ, कुम्भिखादी साना किसान सहकारी सप्तरीका मनोज विक, कन्काई साकोस काठमाडौंका सुमन राई, झापाका अनिश कुमार सुवेदी, अन्नपूर्ण माविका मोहम्मद अदनाम अदील, सुजन केसी, सविन चन्द्र घिमिरे, रमेश महर्जन पनि आआफ्नो खेलमा जीत हात पार्न सफल भए ।


फिडेको स्विस लिग प्रणाली तथा नकआउटका आधारमा सञ्चालन हुने प्रतियोगिता अन्र्तगत आईतबार दोश्रो तथा तेश्रो चरणका खेल सञ्चालन हुनेछन् ।

No comments: