Thursday 6 April 2017

5th Co-operative Chess


हिमाल लामा र सुमित पन्त सहकारी चेसको फाइनलमा भिड्ने, लिगतर्फ बद्रीलालको अग्रता

ललितपुर, २४ चैत्र ।

हिमाल लामा तथा सुमित पन्त पाचौं कामना सहकारी सहकारी चेस च्याम्पियनशीपको फाईनलमा भिड्ने पक्का भएको छ । ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघ र ताम्राकार समाजको आयोजनामा जावलाखेलमा जारी च्याम्पिनिशीप अन्र्तगत बिहिबार सम्पन्न सेमिफाईनल स्पर्धामा जनता साकोस ललितपुरका क्यान्डिडेटमास्टर क्षितीज भण्डारीलाई १.५ ०.५ ले हराउँदै हिमालले फाईनलको यात्रा तय गरेका हुन् । सेमिफाइनलको पहिलो लेगमा कालो गोटिबाट बाजी मारेका गोल्डेनगेट कलेजका हिमालले दोश्रो लेगको खेलमा सेतो गोटीबाट बराबरीको नतिजा निकाले ।

त्यसैगरी श्रेयंकर साकोस काठमाडौंका सुमितले अर्थ बहुउद्देश्यीय सहकारी ललितपुरका मनिष हमाललाई ०.५ का विरुद्ध १.५ को जीत हात पारे । सुमितले पनि पहिलो लेगमा कालो गोटीबाट जीतहात पारे भने दोश्रो लेगमा सेतो गोटीबाट मनिष हमाललाई बराबरीमा रोके ।

दोश्रो पटक फाईनलको यात्रा तय गरेका पुगेका हिमाल लामा चौथो सहकारी कपका उपविजेता हुन् । चौथो सहकारी कपमा तेश्रो स्थान हासील गर्न सफल सुमितका लागि फाइनल पहिलो अनुभव हुनेछ । नकआउट प्रवेश अघि भएका लिग चरणका सबै खेलमा हिमाल अपराजीत रहे भने सुमितले पाचौं चरणमा हिमालसँग हार व्यहोरेका थिए । सेमिफाईनलमा पराजीत मनिष हमाल तथा क्षितीज भण्डारी तेश्रो स्थानका लागि प्रतिष्पर्धा गर्नेछन् ।

करुणामय साकोसका बद्रीलाल नेपाली लिगतर्फ अग्रस्थानमा रहेका छन् । आठौं चरणमा मच्छिन्द्र क्लबका सुरवीर लामालाई हराएर हौसिएका बद्रीलालले नवौं चरणमा भक्तपुर साकोसका राज प्रजापतिलाई हार चखाए । नौ चरणको समाप्तिमा बद्रीलालको ७ दशमलब ५ अंक रहेको छ ।

क्यान्डिडेटमास्टरद्धय मदनकृष्ण कायस्थ तथा केशव श्रेष्ठ, पूर्व नेपाल च्याम्पियन सुरवीर लामा र मखन चेस क्लबका सुमन लामा समान ६ दशमलब ५ अंकमा रहेका छन् । सुरवीरले नवौं चरणमा कन्काई साकोसका सुमन राईलाई हराए । नेकोस चेस एकेडेमीका मदनले आठौं चरणमा श्रमजीवी साकोसका विकास कुलुजु लाई पराजीत गरेभने नवौं चरणमा केशवसँग बराबरी खेले । गोल्डेनगेट कलेजका केशवले आठौं चरणमा स्वागतम साकोसका रविन्द्र शाक्यलाई पराजीत गरे । सुमन  लामाले आठौं तथा नवौं चरणमा क्रमशः क्यान्डिडेटमास्टर सजिन महर्जन तथा थापाथली चेस पार्कका शुसील चौधरीमाथि जीत हात पारे ।

काठमाण्डौका भगवतीप्रसाद शर्मा, भक्तपुर साकोसका राज प्रजापति, सादना साकोस झापाका राजन सुवेदी, कामना साकोसका जर्नादन श्रेष्ठ, थापाथलीका शुसील चौधरी, स्वागतम साकोसका रविन्द्र शाक्य तथा नेशनल डेभलपमेन्टका दिर्घराज जोशीले समान ६६ अंक बनाए ।

त्यसैगरी कामना साकोसका सजिन महर्जन, श्रमजीवी साकोसका गणेशमान दुवाल तथा विकास कुलुजु, कन्काई साकोसका सुमन राई, झापाका अनिश कुमार सुवेदी र काठमाडौंका सुरज पण्डितको समान ५ दशमलब ५ अंक रहेको छ ।


प्रतियोगिता अन्र्तगत शुक्रबार लिगतर्फ दशौं तथा नकआउटतर्फ फाईनल खेल सञ्चालन हुनेछन् ।

No comments: