Thursday 23 March 2017

Asian Zonal Chess 2017

एसियन जोनल चेसमा बंगलादेशी खेलाडीको अग्रता

काठमाडौं, चैत १० ।
बंगलादेशी ग्रान्डमास्टरद्धय जीउर रहमान  (२५२०) तथा अब्दुल्ला अल रकिब मोलाह (२४९२) ले काठमाडौंमा जारी एसियन जोनल ३.२ चेस च्याम्पियनसीपमा संयुक्त अग्रता लिएका छन् । डिफेन्डिङ च्याम्पियन समेत रहेका रहमानले बुधबार सम्पन्न चौथो चरणमा आफ्नै देशका ग्रान्डमास्टर इनामुल हुसेन (२४७४) लाई हराउँदै ३ दशमलब ५ अंकका साथ बनाए । त्यसगरी अर्का ग्रान्डमास्टर रकिबले आफ्नै देशका फिडेमास्टर हसन मेहदी (२२६३) माथी जीत हात पारे ।

बंगलादेशी ग्रान्डमास्टर नियाज मुर्सीद तथा फिडेमास्टर साइद महफुजुर रहमान र नेपालका क्यान्डिडेटमास्टर केशव श्रेष्ठ समान ३३ अंकमा रहेका छन् । २४२२ रेटेड ग्रान्डमास्टर नियाजले वर्तमान नेपाल च्याम्पियन समेत रहेका क्यान्डिडेटमास्टर मदनकृष्ण कायस्थ (२०९९) माथि जीत निकाले । त्यस्तै कालो गोटीबाट खेलेका २०७७ रेटेड केशवले श्रीलंकाली कालुगाम्पिटीया आर एस (२१२९) माथि शानदार जीत हात पारे । उता २२५० रेटेड फिडेमास्टर महफुजुरले नेपालका फिडेमास्टर मनिष हमाल २०५२ लाई हराए ।

ग्रान्डमास्टर इनामुल हुसेन, ईन्टरनेशनल मास्टर आबु सुफिन साकिल, फिडेमास्टरद्धय महम्मद तैवुर रहमान तथा हसन मेहदी, नेपालका हिमाल लामा, सुमीत पन्त  तथा भगवतीप्रसाद शर्मा समान २ दशमलब ५ अंकमा रहेका छन् ।  २३४३ रेटेड साकिलले नेपालका बद्रीलाल नेपाली (२००९) माथि विजय प्राप्त गरे । २०८१ रेटेड हिमालले नेपालका क्यान्डिडेटमास्टर क्षितीज भण्डारी (२०३६) माथि जीत हात पारे । त्यसैगरी १८४८ रेटेड भगवतीप्रसादले नेपालका क्यान्डिडेटमास्टर सजिन महर्जन (२००२) लाई हराए । त्यसैगरी १९३५ रेटेड सुमीत र २३४१ रेटेड तैवुर रहमान बीचको खेल बराबरीमा टुंगीयो ।

माल्दीभ्सका अनरेटेड अहमद अमन इब्राहीम, नेपालका मदनकृष्ण कायस्थ, मनिष हमाल, आशिष फुँयाल (१८०१), मिलन लामा (१७७१), सुमन राई (१७००) समान २२ अंकमा रहेका छन् ।


महिलातर्फ वुमन इन्टरनेशनलमास्टर रानी हमीदको एकल अग्रता

बंगलादेशी वुमन इन्टरनेशनलमास्टर रानी हमीद (१९९०) आफ्नै देशका समिहा सिम्मी सारमीन (१८४२) माथी जीत दर्ज गर्दै महिलातर्फ एकल अग्रता बनाउन सफल भएकी छन् । चौथो चरणको समाप्तिमा शतप्रतिशत जीत हात पारेकी रानीको ४ अंक भएको छ ।

महिलातर्फकी डिफेन्डिङ च्याम्पियन बंगलादेशी वुमन इन्टरनेशनल मास्टर समिमा अख्तर (२०७७) श्रीलंकाली सौम्य जैनाव (१७८८) लाई हराउँदै ३ अंकका साथ दोश्रो स्थानमा रहन सफल भएकी छन् । चौथो चरणमाको खेलमा बराबरी नतीजा आत्मसात गरेका बंगलादेशी वुमन फिडेमास्टरद्धय नजरना खान तथा सुल्ताना सरमिन सिरीन समान २ दशमलब ५ अंकमा रहेका छन् ।

बंगलादेशी वुमन क्यान्डिडेटमास्टर महमुदा हक चौधरी तथा समिहा सिम्मी सारमीन, श्रीलंकाली सौम्य जैनाव, नेपालकी शान्ता थापा तथा मतिना कुसी समान २ अंकमा रहेका छन् । १७४० रेटेड चौधरीले नेपालकी सविना श्रेष्ठ (१४०५) लाई पराजीत गरिन् । १६२६ रेटेड शान्ताले नेपालकै पुनम प्रसाईं (१४१९) तथा १७०१ रेटेड मतिनाले नेपालकै सिन्दिरा जोशी (१६२५) माथि जीत हात पारे ।


नेपाल बुद्धीचाल संघ र नेकोस चेस एकेडेमी क्लबको संयुक्त आयोजनामा होटल एल्लो पगोडामा जारी च्याम्पिनसीप अन्र्तगत बिहिबार पाचौं चरणका खेल सञ्चालन हुनेछन् ।

No comments: