Wednesday 18 January 2017

Bhaktapur Co-operative Cup

रिजेन्द्रलाई भक्तपुर सहकारी कप उपाधि



माघ ४, भक्तपुर ।

समृद्धि कृषि सहकारीका क्यान्डिडेटमास्टर रिजेन्द्र राजभण्डारीले भक्तपुर सहकारी कप चेसको उपाधि जितेका छन् । मंगलबार सम्पन्न प्रतियोगिताको सातौं चरणमा भक्तपुर साकोसका राज प्रजापतीसँग बराबरीको नतिजा हात पारेका रिजेन्दले अपराजीत रहँदै ६ दशमलब ५ अंकका साथ प्रतियोगिताको उपाधि हात पारेका हुन् । त्यसैगरी भक्तपुर साकोसका राज प्रजापति ५ दशमलब ५ अंकका साथ दोश्रो स्थानमा रहे । समान ५ दशमलब ५ अंक बनाएका किसान साकोसका जेन श्रेष्ठ प्रोगेसिभ प्वाईन्टमा पछि पर्दै तेश्रो स्थानमा रहे ।

सुभदिप साकोसका बिक्रम चोकामी तथा श्रमजीवी साकोसका गणेशमान दुवाल समान ५ अंकका साथ क्रमशः चौथो तथा पाचौं स्थानमा रहन सफल भए । उता महिला तर्फ भक्तपुर साकोसकी सिन्दिरा जोशी तथा त्रिपुरा सिप साकोसकी मतिना कुसी क्रमशः प्रथम तथा द्धितीय स्थानमा रहे । भक्तपुर बचत तथा ऋण सहकारी संस्थाको आयोजनामा माघ २ गतेदेखि सञ्चालित प्रतियोगिताका विजेतालाई प्रमुख अतिथि विनोद चरण राय तथा नेपाल बुद्धिचाल संघका महासचिव हेराकाजी महर्जनले मेडल तथा ट्रफि वितरण गर्नुभयो ।

Top 20
Rank
Name
IRtg
Club/City
Pts.
TB1
TB2
TB3
1
Rajbhandari Rijendra
1986
Samridhi Krishi
6.5
0
27.5
26,5 ...
2
Prajapati Raj
1710
Bhaktapur
5.5
0
24
23,0 ...
3
Shrestha Jen
0
Kishan
5.5
0
20
19,0 ...
4
Chokami Bikram
0
Suvadeep
5
0
22
21,0 ...
5
Duwal Ganesh Man
1885
Sramajivi
5
0
21
20,0 ...
6
Jati Bikram
1880
Sramajivi
4.5
0
20.5
19,5 ...
7
Shrestha Ravi
1703
Sankhadhar
4.5
0
16
15,0 ...
8
Joshi Sindira
1603
Bhaktapur
4.5
0
15
14,0 ...
9
Sainju Umesh
1818
Suvakamana
4
0
18
17,0 ...
10
Gainju Damodar
1737
Suvakamana
4
0
16.5
16,0 ...
11
Manandhar Keshav
1649
Bhaktapur
4
0
16
15,0 ...
12
Duwal Krishna Bahadur
1882
Sramajivi
4
0
16
15,0 ...
13
Kusi Matina
1701
Tripura seep
4
0
15
15,0 ...
14
Ulak Ekesh
0
Udaya
4
0
15
14,0 ...
15
Kayastha Madan Krishna
2070
Suvakamana
3.5
0
20
19,0 ...
16
Shrestha Sagar
0
Shree Raj Ganesh Upabhokta
3.5
0
14
14,0 ...
17
Bajikhwo Suresh
0
Udaya
3.5
0
12.5
12,0 ...
18
Shrestha Sabina
0
Tripura seep
3.5
0
11.5
11,5 ...
19
Pancha Indra
0
Lokeshwor
3.5
0
10
10,0 ...
20
Lohani Sujana
1534
Shuvadeep
3
0
15
15,0 ...

Wednesday 11 January 2017

20th National Championship

मदनकृष्ण र मोनालीसा नयाँ राष्ट्रिय च्याम्पियन

पुष १५, धनकुटा ।

मध्यमाञ्चलका मदनकृष्ण कायस्थ तथा नेपाल आर्मी क्लबका क्यान्डिडेटमास्टर मोनालीसा खम्बु सातौं राष्ट्रिय खेलकुद अन्र्तगत बुद्धिचाल खेलमा स्वर्ण पदक प्राप्त गर्न सफल भएका छन् । शुक्रबार सम्पन्न नवौं चरणको खेलमा एपिएफ क्लबका सुमितसँग बराबरीको नतिजा हात पारेका मदनकृष्ण मध्यमाञ्चलकै अर्का प्रत्याशी रिजेन्द्र राजभण्डारीलाई हेडटुहेड रिजल्टका आधारमा पछि  पार्दै २० औं राष्ट्रिय बुद्धिचाल च्याम्पियन समेत बनेका हुन् । ६ मा जीत र ३ मा बराबरी खेलेका मदनले ७ दशमलब ५ अंकका साथ अपराजित रहँदै प्रतियोगिताको उपाधि हात पारे । समान ७ दशमलब ५ अंक बनाउँदै रजत पदक प्राप्त गर्न सफल रिजेन्द्रले चौथो चरणमा मदनकृष्णसँग हार व्यहोरेका थिए । नेपाल आर्मी क्लबका हिमाल लामा मध्यमाञ्चलका क्षितीज भण्डारीलाई हराउँदे ६ दशमलब ५ अंकका साथ तेश्रो स्थानमा रहन सफल भए ।

उता महिलातर्फकी विजेता मोनालीसा खम्बुले दोश्रो पटक उपाधिमा कब्जा जमाउने क्रममा ७ खेलमा जीत दुई बराबरी तथा १ खेलमा वाकओभर पाएकी थिईन । पाँचौं महिला राष्ट्रिय च्याम्पियन बन्न सफल उनले नवौं चरणमा आफ्नै क्लबकी सुरुची थिङसँग बराबरी खेल्दै अपराजीत रुपमा ८ अंक बटुलीन् । अन्तिम खेलमा मध्यमाञ्चलकी सविना श्रेष्ठलाई हराउन सफल नेपाल आर्मीकी वुमन फिडेमास्टर सुजना लोहनी ७ अंकका साथ दोश्रो स्थानमा रहँदै रजत पदक प्राप्त गर्न सफल भईन । त्यसैगरी पूर्वाञ्चलकी कृपा अधिकारीसँग बराबरीको नतिजा आत्मसात गरेकी नेपाल आर्मीकी सिन्दिरा जोशी ६ दशमलब ५ अंक हासिल गर्दै काँस्य पदक जित्न सफल भईन ।

नेपाल आर्मीका क्यान्डिडेटमास्टर केशव श्रेष्ठ, एपिएफ क्लबका सुमित पन्त तथा पूर्वाञ्चलका प्रकाश नेपाल समान ६–६ अंकका साथ क्रमशः चौथो, पाचौं तथा छैटौं स्थानमा रहे । त्यसैगरी नेपाल आर्मीका क्यान्डिडेटमास्टर भुपेन्द्र निरौला, मध्यमाञ्चलका आशिष फुँयाल तथा क्यान्डिडेटमास्टर क्षितीज भण्डारी तथा पश्चिमाञ्चलका सविन चन्द्र घिमिरे क्रमशः सातौं देखि दशौं स्थानमा रहन सफल भए ।

महिलातर्फ नेपाल आर्मीकी वुमन क्यान्डिडेटमास्टर सुरुची थिङ ६ अंकका साथ चौथो स्थानमा रहिन । मध्यमाञ्चलकी सविना श्रेष्ठ, एपीएफ क्लबकी शान्ता थापा, पूर्वाञ्चलकी कृपा अधिकारी, मध्यमाञ्चलकी बिना जयसवाल तथा पूर्वाञ्चलका पुनम प्रसाईं र सुशिला गुरुङ समान ५ दशमलब ५ अंकका साथ क्रमशः पाचौं देखि दशौं स्थानमा रहन सफल भए ।

केशव श्रेष्ठ र सुजना लोहनी पहिलो रेपिड चेस च्याम्पियन

नेपाल आर्मीका क्यान्डिडेटमास्टर केशव श्रेष्ठ र वुमन फिडेमास्टर सुजना लोहनी पहिलो रेपिड चेस च्याम्पियन बनेका छन् । सातौं राष्ट्रिय खेलकुद अन्र्तगत धनकुटामा जारी राष्ट्रिय चेस प्रतियोगिताको रेपिड तर्फको उपाधि जित्ने क्रममा केशवले ७ खेलबाट ५ दशमलब ५ अंक बटुले । समान ५ दशमलब ५ अंक बनाएका पूर्वाञ्चलका प्रकाश नेपाल तथा मध्यमाञ्चलका गणेशमान दुवाल प्रोगेशिभ प्वाईन्ट टाईब्रेकरमा पछि पर्दै क्रमशः दोश्रो तथा तेश्रो स्थानमा रहे । 
महिलातर्फ ७ खेलबाट समान ६ अंक बनाएका नेपाल आर्मीका सुजना लोहनी तथा सीन्दिरा जोशीर एपिएफका शान्ता थापा क्रमशः पहिलो, दोश्रो र तेश्रो स्थानमा रहे ।