Monday 26 December 2016

20th National Championship

बुद्धिचालमा भुपेन्द्र र मदनकृष्णको संयुक्त अग्रता

पुष ११, धनकुटा ।

सातौं राष्ट्रिय खेलकुद अन्र्तगत धनकुटामा जारी २० औं राष्ट्रिय बुद्धिचाल प्रतियोगितामा नेपाल आर्मी क्लबका क्यान्डिडेटमास्टर भुपेन्द्र निरौला तथा मध्यमाञ्चलका मदनकृष्ण कायस्थले संयुक्त अग्रता बनाएका छन् । प्रतियोगिता अन्र्तगत सोमबार चौथो तथा पाचौं चरणका खेल सम्पन्न भए । वर्तमान राष्ट्रिय विजेता भुपेन्द्रले चौथो चरणमा मध्यमाञ्चलका आशिष फुँयाललाई हराए भने पाचौंमा पूर्वाञ्चलका अनरेटेड परशुराम राईमाथि जीत हात पारे । त्यसैगरी चौथो चरणको खेलमा मध्माञ्चलमा क्यान्डिडेटमास्टर रिजेन्द्र राजभण्डारीलाई हराउँदै हौसिएका मदनले पाँचौं चरणमा नेपाल आर्मीका क्यान्डिडेटमास्टर केशव श्रेष्ठलाई समेत हार चखाए । पाँचौ चरणको समाप्तिमा भुपेन्द्र र मदनको समान ४ दशमलब ५ अंक भएको छ ।


सोमबारका दुबै खेल जितेका नेपाल आर्मीका हिमाल लामाको चार अंक भएको छ । हिमालले चौथो तथा पाचौं चरणमा क्रमशः पूर्वाञ्चलका प्रकाश नेपाल तथा सिंगेश्वर दासमाथि जीत हात पारे ।

नेपाल आर्मीका केशव श्रेष्ठ तथा सजिन महर्जन, मध्यमाञ्चलका क्षितीज भण्डारी, रिजेन्द्र राजभण्डारी तथा नविन तण्डुकार र पूर्वाञ्चलका परशुराम राई समान ३ दशमलब ५ अंकमा रहेका छन् ।

एपिएफ क्लबका सुमित पन्त, मध्यमाञ्चलका आशिष फुयाँल, सुरज पण्डित तथा राजीव कार्की, पूर्वाञ्चलका प्रकाश नेपाल, सिंगेश्वर दास तथा सुमन श्रेष्ठ, सुदुरपश्चिमाञ्चलका प्रकाश ओझा तथा मोहन प्रसाद भट्ट समान तीन–तीन अंकमा रहेका छन् ।

५ औं महिला राष्ट्रिय बुद्धिचाल

महिलातर्फ नेपाल आर्मीका सिन्दिरा जोशी तथा मोनालिसा खम्बुको संयुक्त अग्रता रहेको छ । सिन्दिरा र मोनालिसा बिच पाचौं चरणमा भएको खेल बराबरीमा टुंगिएपछि दुबैको ४ दशमलब ५ अंक भएको छ । यसअघि चौथो चरणमा सिन्दिराले आफ्नै क्लबकी वुमन फिडेमास्टर सुजना लोहनी तथा मोनालीसाले मध्यमाञ्चलकी सविना श्रेष्ठलाई पराजीत गरेका हुन् । 

एपीएफ क्लबकी शान्ता थापा, मध्यमाञ्चलकी पूर्णीमा जयसवाल, पूर्वाञ्चलकी खुस्बु थापा समान चार–चार अंकमा रहेका छन् । शान्ताले चौथो चरणमा आर्मीकी वुमन क्यान्डिडेटमास्टर सुरुची थिङ तथा पाचौं चरणमा मध्यमाञ्चलकी सविना श्रेष्ठमाथि जीत हात पारिन । त्यसैगरी पूर्णिमाले चौथो तथा पाचौं चरणमा क्रमशः पूर्वाञ्चलकी कृपा अधिकारी तथा आश्मा थापालाई हराईन । खुस्बु थापाले चौथोमा मध्यमाञ्चलकी संगीता जयसवाल र पाचौंमा पश्चिमाञ्चलकी नमन सेढाईंलाई पराजीत गरिन ।

नेपाल आर्मीका सुजना लोहनी तथा सुरुची थिङ, मध्यमाञ्चलका सबिना श्रेष्ठ तथा बीना जयसवाल, पूर्वाञ्चलका कृपा अधिकारी तथा आश्मा थापा, पश्चिमाञ्चलका अञ्जु शर्मा समान तीन–तीन अंकमा रहेका छन् । त्यसैगरी पूर्वाञ्चलका सुशीला गुरुङ र पश्चिमाञ्चलका नमन सेढाईंको समान २ दशमलब ५ अंक रहेको छ । प्रतियोगिता अन्र्तगत मंगलबार छैठौं तथा सातौं चरणका खेल सञ्चालन हुनेछन् ।


No comments: