Wednesday 28 December 2016

20th National Championship

मदनकृष्ण र मोनालीसाको अग्रता

पुष १२, धनकुटा ।

सातौं राष्ट्रिय खेलकुद अन्र्तगत धनकुटामा जारी राष्ट्रिय बुद्धिचाल प्रतियोगितामा मध्यमाञ्चलका मदनकृष्ण कायस्थ तथा नेपाल आर्मीकी मोनालीसा खम्बुले अग्रता बनाएका छन् । खुलातर्फको प्रतिष्पर्धामा वर्तमान राष्ट्रिय च्याम्पियन समेत रहेका नेपाल आर्मी क्लबका क्यान्डिडेटमास्टर भुपेन्द्र निरौलालाई पराजीत गर्दै मदनले अग्रता बनाएका हुन् । मंगलबार सम्पन्न छैटौं चरणको खेलमा भुपेन्द्रमाथिको संघर्षपूर्ण जीतबाट प्रेरित मदनले सातौं चरणमा नेपाल आर्मीका हिमाल लामासँग बराबरी खेले । सात चरणको समाप्तिमा उनको ६ अंक भएको छ । 

त्यसैगरी महिलातर्फको खेलमा नेपाल आर्मीका मोनालिसा खम्बुले छैटौं तथा सातौं चरणमा क्रमशः एपिएफ क्लबकी शान्ता थापा तथा पूर्वाञ्चलकी कृपा अधिकारीलाई हराउँदै ६ दशमलब ५ अंकका साथ अग्रता कायम गरिन । 


नेपाल आर्मीका हिमाल लामा र मध्यमाञ्चलका क्यान्डिडेटमास्टर रिजेन्द्र राजभण्डारी समान ५ दशमलब ५ अंकका अंकतालिकाको दोश्रो स्थानमा रहेका छन् । हिमालले छैटौं चरणमा नेपाल आर्मीका क्यान्डिडेटमास्टर सजिन महर्जनमाथी जीत हात पारे । रिजेन्द्रले छैटौं चरणमा पूर्वाञ्चलका अनरेटेड परशुराम राई तथा सातौं चरणमा नेपाल आर्मीका क्यान्डिडेटमास्टर केशव श्रेष्ठलाई हराए ।

नेपाल आर्मीका भुपेन्द्र निरौला, मध्यमाञ्चलका क्षितीज भण्डारी तथा नवीन तण्डुकार तथा पूर्वाञ्चलका प्रकाश नेपाल समान पाँच–पाँच अंकमा रहेका छन् । सातौं चरणमा भुपेन्द्र र नविनको खेल बराबरी भयो भने क्षितीजले पूर्वाञ्चलका सुमन श्रेष्ठ तथा प्रकाशले मध्यमाञ्चलका सुरज पण्डितमाथि जीत हात पारे । 

त्यसैगरी एपिएफ क्लबका सुमित पन्त तथा मध्यमाञ्चलका आशिष फुँयालको समान ४ दशमलब ५ अंक रहेको छ । नेपाल आर्मीका केशव श्रेष्ठ, पूर्वाञ्चलका सुमन श्रेष्ठ, मध्यमाञ्चलका सुरज पण्डित, संजय महर्जन तथा कमल श्रेष्ठ, पश्चिमाञ्चलका सविन चन्द्र घिमिरे तथा सुदुरपश्चिमाञ्चलका मोहन प्रसाद भट्ट समान चार–चार अंकमा रहेका छन् ।  

महिलातर्फ नेपाल आर्मी क्लबकी सिन्दीरा जोशी ६ अंकका साथ दोश्रो स्थानमा रहेकी छन् । सिन्दिराले छैटौं चरणको खेलमा मध्यमाञ्चलककी पूर्णिमा जयसवाललाई हराईन भने सातौ चरणमा नेपाल आर्मीकै वुमन क्यान्डिडेटमास्टर सुरुची थिङसँग बराबरी खेलिन । छैटौं तथा सातौं चरणको खेलमा क्रमशः पश्चिमाञ्चलकी अञ्जु शर्मा तथा पूर्वाञ्चलकी खुस्बु थापालाई हराउँदै नेपाल आर्मीका वुमन फिडेमास्टर सुजना लोहनीले ५ अंकका साथ तेश्रो स्थानमा रहन सफल भएकी छन् ।

एपीएफ क्लबकी शान्ता थापा, नेपाल आर्मीकी सुरुची थिङ, मध्यमाञ्चलकी पूर्णीमा जयसवाल, बिना जयसवाल तथा सविना श्रेष्ठ समान ४ दशमलब ५ अंकमा रहेका छन् । त्यसैगरी पूर्वाञ्चलकी खुस्बु थापा, कृपा अधिकारी तथा पुनम प्रसाईं र पश्चिमाञ्चलका अञ्जु शर्मा समान चार–चार अंकमा रहेका छन् । पूर्वाञ्चलकी सुशीला गुरुङ र पश्चिमाञ्चलकी नमन सेढाईंको समान ३ दशमलब ५ अंक रहेको छ । प्रतियोगिता अन्र्तगत बुधबार आठौं चरणका खेल सञ्चालन हुनेछन् ।

Monday 26 December 2016

20th National Championship

बुद्धिचालमा भुपेन्द्र र मदनकृष्णको संयुक्त अग्रता

पुष ११, धनकुटा ।

सातौं राष्ट्रिय खेलकुद अन्र्तगत धनकुटामा जारी २० औं राष्ट्रिय बुद्धिचाल प्रतियोगितामा नेपाल आर्मी क्लबका क्यान्डिडेटमास्टर भुपेन्द्र निरौला तथा मध्यमाञ्चलका मदनकृष्ण कायस्थले संयुक्त अग्रता बनाएका छन् । प्रतियोगिता अन्र्तगत सोमबार चौथो तथा पाचौं चरणका खेल सम्पन्न भए । वर्तमान राष्ट्रिय विजेता भुपेन्द्रले चौथो चरणमा मध्यमाञ्चलका आशिष फुँयाललाई हराए भने पाचौंमा पूर्वाञ्चलका अनरेटेड परशुराम राईमाथि जीत हात पारे । त्यसैगरी चौथो चरणको खेलमा मध्माञ्चलमा क्यान्डिडेटमास्टर रिजेन्द्र राजभण्डारीलाई हराउँदै हौसिएका मदनले पाँचौं चरणमा नेपाल आर्मीका क्यान्डिडेटमास्टर केशव श्रेष्ठलाई समेत हार चखाए । पाँचौ चरणको समाप्तिमा भुपेन्द्र र मदनको समान ४ दशमलब ५ अंक भएको छ ।


सोमबारका दुबै खेल जितेका नेपाल आर्मीका हिमाल लामाको चार अंक भएको छ । हिमालले चौथो तथा पाचौं चरणमा क्रमशः पूर्वाञ्चलका प्रकाश नेपाल तथा सिंगेश्वर दासमाथि जीत हात पारे ।

नेपाल आर्मीका केशव श्रेष्ठ तथा सजिन महर्जन, मध्यमाञ्चलका क्षितीज भण्डारी, रिजेन्द्र राजभण्डारी तथा नविन तण्डुकार र पूर्वाञ्चलका परशुराम राई समान ३ दशमलब ५ अंकमा रहेका छन् ।

एपिएफ क्लबका सुमित पन्त, मध्यमाञ्चलका आशिष फुयाँल, सुरज पण्डित तथा राजीव कार्की, पूर्वाञ्चलका प्रकाश नेपाल, सिंगेश्वर दास तथा सुमन श्रेष्ठ, सुदुरपश्चिमाञ्चलका प्रकाश ओझा तथा मोहन प्रसाद भट्ट समान तीन–तीन अंकमा रहेका छन् ।

५ औं महिला राष्ट्रिय बुद्धिचाल

महिलातर्फ नेपाल आर्मीका सिन्दिरा जोशी तथा मोनालिसा खम्बुको संयुक्त अग्रता रहेको छ । सिन्दिरा र मोनालिसा बिच पाचौं चरणमा भएको खेल बराबरीमा टुंगिएपछि दुबैको ४ दशमलब ५ अंक भएको छ । यसअघि चौथो चरणमा सिन्दिराले आफ्नै क्लबकी वुमन फिडेमास्टर सुजना लोहनी तथा मोनालीसाले मध्यमाञ्चलकी सविना श्रेष्ठलाई पराजीत गरेका हुन् । 

एपीएफ क्लबकी शान्ता थापा, मध्यमाञ्चलकी पूर्णीमा जयसवाल, पूर्वाञ्चलकी खुस्बु थापा समान चार–चार अंकमा रहेका छन् । शान्ताले चौथो चरणमा आर्मीकी वुमन क्यान्डिडेटमास्टर सुरुची थिङ तथा पाचौं चरणमा मध्यमाञ्चलकी सविना श्रेष्ठमाथि जीत हात पारिन । त्यसैगरी पूर्णिमाले चौथो तथा पाचौं चरणमा क्रमशः पूर्वाञ्चलकी कृपा अधिकारी तथा आश्मा थापालाई हराईन । खुस्बु थापाले चौथोमा मध्यमाञ्चलकी संगीता जयसवाल र पाचौंमा पश्चिमाञ्चलकी नमन सेढाईंलाई पराजीत गरिन ।

नेपाल आर्मीका सुजना लोहनी तथा सुरुची थिङ, मध्यमाञ्चलका सबिना श्रेष्ठ तथा बीना जयसवाल, पूर्वाञ्चलका कृपा अधिकारी तथा आश्मा थापा, पश्चिमाञ्चलका अञ्जु शर्मा समान तीन–तीन अंकमा रहेका छन् । त्यसैगरी पूर्वाञ्चलका सुशीला गुरुङ र पश्चिमाञ्चलका नमन सेढाईंको समान २ दशमलब ५ अंक रहेको छ । प्रतियोगिता अन्र्तगत मंगलबार छैठौं तथा सातौं चरणका खेल सञ्चालन हुनेछन् ।


20th National Championship

बुद्धिचालमा केशव र परशुरामको अग्रता

पुष १०, धनकुटा ।

सातौं राष्ट्रिय खेलकुद अन्र्तगत धनकुटामा जारी २० औं राष्ट्रिय बुद्धिचाल प्रतियोगितामा नेपाल आर्मीका क्यान्डिडेटमास्टर केशव श्रेष्ठ र पूर्वाञ्चलका परशुराम राई अग्रता बनाउन सफल भएका छन् । आईतबार सम्पन्न दोश्रो तथा तेश्रो चरणको खेलमा केशवले क्रमशः पूर्वाञ्चलका प्रकाश नेपाल तथा एपीएफका सुमीत पन्तमाथी जीत हात पारे । उता पूर्वाञ्चलका अनरेटेड खेलाडी परशुरामले दोश्रो चरणमा मध्यमाञ्चलका नविन तण्डुकार र तेश्रो चरणमा नेपाल आर्मीका हिमाल लामामाथि उत्कृष्ठ जीत हात पारे । तीन चरणको समाप्तिमा केशव र परशुरामको समान तीन–तीन अंक भएको छ ।

वर्तमान नेपाल च्याम्पियन समेत रहेका नेपाल आर्मीका क्यान्डिडेटमास्टर भुपेन्द्र निरौला, मध्यमाञ्चलका क्यान्डिडेटमास्टर रिजेन्द्र राजभण्डारी, मदनकृष्ण कायस्थ तथा आशिष फुयाँल समान २ दशमलब ५ अंकमा रहेका छन् । दोश्रो चरणको खेलमा मध्यमाञ्चलका गणेशमान दुवालसँग बराबरीमा रोकिएका भुपेन्द्रले तेश्रो चरणको खेलमा पूर्वाञ्चलका सुमन श्रेष्ठलाई हराए । त्यसैैगरी दोश्रो चरणमा पूर्वाञ्चलका सुमनसँग बराबरीमा रोकिएका रिजेन्द्रले तेश्रो चरणमा पश्चिमाञ्चलका यज्ञ रोकायालाई पराजीत गरे । दोश्रोमा आशिष फुँयालसँग बराबरीमा रोकिएका मदनकृष्णले तेश्रोमा मध्यमाञ्चलकै कमल श्रेष्ठमाथि जीत हात पारे र उता आशिषले तेश्रो चरणमा मध्यमाञ्चलकै क्षितीज भण्डारीलाई हराए ।

नेपाल आर्मीका क्यान्डिडेटमास्टर सजिन महर्जन तथा हिमाल लामा, एपिएफका सुमित पन्त, पूर्वाञ्चलका सुमन राई, सिंगेश्वर दास तथा प्रकाश नेपाल, मध्यमाञ्चलका गणेशमान दुवाल तथा नविन तण्डुकार, सुदुरपश्चिमाञ्चलका प्रकाश ओझा समान दुई–दुई अंकमा रहेका छन् ।

५ औं महिला राष्ट्रिय प्रतियोगितामा तीन खेलाडी अगाडी

उता महिलातर्फको खेलमा नेपाल आर्मीका सिन्दिरा जोशी तथा मोनालिसा खम्बु र मध्यमाञ्चलका सविना श्रेष्ठ समान तीन–तीन अंकका साथ अग्रता बनाउन सफल भए । महिलातर्फकी वर्तमान च्याम्पियन सिन्दिराले दोश्रो तथा तेश्रो चरणमा क्रमशः पूर्वाञ्चलकी आश्मा थापा तथा मध्यमाञ्चलकी बीना जयसवाललाई हराईन । मोनालिसाले दोश्रो चरणमा पश्चिमाञ्चलकी अन्जु शर्मा तथा तेश्रो चरणमा नेपाल आर्मीकै वुमन फिडेमास्टर सुजना लोहनीलाई पराजीत गरिन् । त्यसैगरी अनरेटेड सविनाले दोश्रो चरणमा मध्यपश्चिमाञ्चलकी नम्रता पाठक तथा तेश्रोमा पूर्वाञ्चलकी सुशीला गुरुङमाथि जीत हात पारिन ।
एपीएफ क्लबकी शान्ता थापा, नेपाल आर्मीका सुजना लोहनी तथा वुमन क्यान्डिडेटमास्टर सुरुची थिङ, मध्यमाञ्चलका संगीता जयसवाल, पूर्णीमा जयसवाल तथा बीना जयसवाल, पूर्वाञ्चलका कृपा अधिकारी, खुस्बु थापा तथा आश्मा थापा समान दुई–दुई अंकमा रहेका छन् ।  

त्यसैगरी पश्चिमाञ्चलकी नमन सेढाईं र पूर्वाञ्चलकी सुशीला गुरुङ समान १ दशमलब ५ अंकमा रहेका छन् ।

Wednesday 14 December 2016

EXPOCHESS 2016

एक्सपो चेसमा नेपाल तेश्रो

२९ मंसिर, काठमाडौं

सोमबार सम्पन्न संसारका बालबालिकाको लागि एक्सपो चेसमा नेपाललाई तेश्रो स्थान प्राप्त भएको विश्वका पाँच महादेशका आठ राष्ट्र सहभागी प्रतियोगितामा एशियाबाट नेपालको सहभागीता रहेको एक्सपोचेसका नेपाल संयोजक उमेश केसीले बताए संसारका बालबालिकाहरुलाई चेस खेलको माध्यमबाट अन्य देशको भाषा तथा संस्कृतिका विषयमा समेत ज्ञान आर्जन गर्न सहयोग पर्याउने उद्देश्यले आयोजित प्रतियोगितामा नेपालबाट ११ जना बालबालिकाको सहभागीता रहेको थियो अनलाईन प्रविधिबाट सञ्चालन भएको प्रतियोगिताको प्रत्येक चरणमा जना खेल्ने, जनाले विद्दुतीय उपकरणमा सहयोग पुर्याउने तथा जना प्रत्यक्ष कुराकानीमा सहभागी भएका थिए संसारभर एउटै समयमा प्रतियोगिता सञ्चालन भएको थियो



सात चरणमा सम्पन्न प्रतियोगितामा स्पेन १० म्याच प्वाईन्टका साथ पहिलो स्थानमा रह्यो भने पेरु म्याच प्वाईन्टका साथ दोश्रो स्थानमा रह्यो म्याच प्वाईन्ट बटुल्दै तेश्रो भएको नेपालले मा जित, मा बराबरी तथा खेलमा हार बेहोरेको थियो नेपालले चिलिलाई ०.५ अंकका विरुद्ध ३.५ अंकले पराजित गर्यो भने हंगेरीलाई ले हरायो त्यसैगरी पेरु, युगाण्डा, मेक्सिको तथा अमेरिकासँग अंकका साथ बराबरीको नतिजा आत्मसात गर्यो उता विजेता टोलि स्पेनसँग ०.५ का विरुद्ध ३.५ अंकको हार व्यहोर्न पुग्यो स्पेनी स्वयंसेवी संस्था एक्सपोचेसको आयोजनामा भएको कार्यक्रममा चित्रकला तर्फ समेत नेपालका बालबालिका सहभागी भएका थिए चित्रकलामा हंगेरीकी बालिका प्याट्रिसिया नेजी उत्कृष्ठ सावित भईन