Monday 22 August 2016

Shivani Air Rating Chess

सिवानी एअर चेसमा सुमित पन्त र गणेशमान दुवालको अग्रता

६ भाद्र, ललितपुर ।
Sumit Pant

ललितपुरमा जारी सिवानी एअर रेटिङ चेसमा चितवनका सुमित पन्त  र भक्तपुरका गणेशमान दुवालले अग्रता बनाएका छन् । प्रतियोगिताको दोश्रो दिन सोमबार दोश्रो, तेश्रो तथा चौथो चरणका खेल सञ्चालन भए । दोश्रोमा ललितपुरका संजय महर्जन तथा तेश्रोमा काठमाडौका सुरज पण्डितमाथि जीत दर्ता गर्दै हौसिएका सुमितले चौथो चरणमा ललितपुरका भेट्रान रविन्द्र शाक्यमाथि जीत हात पारे । उता गणेशमानले दोश्रो चरणमा कास्कीका सुनिल कोईराला, तेश्रोमा भक्तपुरका केशव मानन्धर तथा चौथोमा राष्ट्रिय भेट्रान च्याम्पियन जर्नादन श्रेष्ठमाथि जीत हात पारे । चार चरणको समाप्तिमा सुमित र गणेशमान समान ४ अंकका साथ अंक तालिकाको शिर्ष स्थानमा रहन सफल भए ।

दोश्रो चरणमा भक्तपुरका दामोदर गाइजुसँग बराबरीमा रोकिएका प्रतियोगिताका शिर्ष खेलाडी रिजेन्द्र राजभण्डारीले तेश्रो तथा चौथो चरणमा झापाका अविरल राई र दोलखाका आशिष फुयाँललाई हराउँदै ३ दशमलब ५ अंक बनाएका छन् । त्यसैगरी झापाका प्रकाश नेपालले चौथो चरणमा अन्नपूर्ण माविका मिलन लामालाई हराउँदै ३ दशमलब ५ अंक जोडेका छन् ।
Ganesh Man Duwal
भेट्रान खेलाडी राजेन्द्र प्रसाद श्रेष्ठले तेश्रो चरणमा प्रकाश नेपाल तथा चौथोमा काठमाडौंका सुमन लामासँग बराबरी खेले । कैलालीका दिर्घराज जोशीले तेश्रोमा मिलन लामा तथा चौथोमा अनरेटेड सविन चन्द्र घिमिरेसँग बराबरी नतीजा हात पारे । पूर्व राष्ट्रिय च्याम्पियन नविन तण्डुकारले चौथोमा भक्तपुरका केशव मानन्धरलाई हराए भने तेश्रोमा भक्तपुरकै दामोदर गाइजुसँग बराबरी खेले । चार चरणको समाप्तिमा रविन्द्र शाक्य, जनार्दन श्रेष्ठ, राजेन्द्रप्रसाद श्रेष्ठ, सुमन लामा, दिर्घराज जोशी, सविन चन्द्र घिमिरे, नविन तण्डुकार, विजय जाती, कमल श्रेष्ठ, विवेक श्रेष्ठ, दामोदर गाइजु तथा सुमन राईको समान ३ अंक भएको छ ।
Rijendra Rajbhandari

त्यसैगरी आशिष फुँयाल, मिलन लामा, फिडेमास्टर सुजेन्द्रप्रसाद श्रेष्ठ, अविरल राई, रुकुमका सुवोधराज सेर्पाली, सप्तरीका नविन कुमार चौधरी र संजीव कुमार चौधरी समान २ दशमलब ५ अंक हासिल गर्न सफल भए ।

ललितपुर प्रयागपोखरी स्थित जिल्ला खेलकुद विकास समितिको भवनमा जारी प्रतियोगिता अन्र्तगत मंगलबार पाचौं, छैटौं तथा सातौं चरणका खेल सञ्चालन हुनेछन् ।

No comments: