Wednesday 24 August 2016

Shivani Air Chess Final

काठमाडौका सुमन लामालाई सिवानी एअर चेसको उपाधि

८ भाद्र, ललितपुर ।
                काठमाडौका सुमन लामाले सिवानी एअर फिडे रेटिङ चेस प्रतियोगिताको उपाधि जितेका छन् । बुधबार सम्पन्न आठौं चरणको खेलमा कैलालीका कैलालीका दिर्घराज जोशीलाई पराजीत गरेका सुमनले नवौं चरणमा चितवनका सुमित पन्तसँग बराबरी नतिजा निकाल्दै २५ हजार नगद समेत प्राप्त गरे । ९ खेलबाट ७ अंक बनाएका सुमनले समान सातसात अंक बनाउन सफल काठमाडौंका भेट्रान राजेन्द्रप्रसाद श्रेष्ठ तथा कमल श्रेष्ठलाई प्रोगेसिभ प्वाईन्टमा पछि पार्दै उपाधि हात पार्न सफल भएका हुन् ।
फोटो सौजन्यः रामकिशोर सिं पराग, केन्द्रिय सदस्य, नेपाल बुद्धिचाल संघ 
                नवौं चरणमा फिडेमास्टर सुजेन्द्रप्रसाद श्रेष्ठलाई पराजीत गरेका राजेन्द्रप्रसादले दोश्रो हुँदै १५ हजार नगद प्राप्त गरे । राजेन्द्रले आठौं चरणको खेलमा भक्तपुरका भेट्रान गणेशमान दुवालसँग बराबरीको नतीजा निकालेका थिए । आठौं तथा नवौं चरणमा क्रमशः मिलन लामा तथा क्यान्डिडेटमास्टर रिजेन्द्र राजभण्डारीमाथि जीत हात पारेका कमल श्रेष्ठले तेश्रो हुँदै १० हजार नगद हात गरे ।
                समान ६ दशमलब ५ अंक बनाएका गणेशमान दुवाल, रिजेन्द्र राज भण्डारी, सुमित पन्त, झापाका प्रकाश नेपाल तथा नविन तण्डुकार क्रमशः चौथो, पाचौं, छैटौं, सातौं र आठौं स्थानमा रहन सफल भए । त्यसैगरी समान ६ अंक बनाएका ललितपुरका रविन्द्र शाक्य र सुजेन्द्रप्रसाद श्रेष्ठ क्रमशः नवौं तथा दशौं स्थानमा रहन सफल भए ।
                सिन्धुलीका राजन पहाडी (६ अंक) तथा मोहन सिंह प्रधान (५ दशमलब ५ अंक) १६०० भन्दा कम रेटिङ समुहमा क्रमशः पहिलो र दोश्रो हुन सफल भए । महिलातर्फ अस्मिता अधिकारी (५ अंक) तथा पुजा सिंखडा (३ दशमलब ५ अंक) क्रमशः पहिलो र दोश्रो हुन सफल भए । त्यसैगरी अनरेटेडतर्फ सविन चन्द्र घिमिरे (६ अंक), हरि श्रेष्ठ (५ दशमलब ५ अंक) र संजिव कुमार चौधरी (५ दशमलब ५ अंक) क्रमशः पहिलो, दोश्रो र तेश्रो स्थानमा रहन सफल भए ।
                राष्ट्रिय भेट्रान च्याम्पियन जर्नादन श्रेष्ठ ( ५ दशमलब ५ अंक) तथा ताप्लेजुङका भवानी लिम्बु (५ अंक) ५५ वर्ष भन्दामाथि उमेर समुहमा क्रमशः पहिलो र दोश्रो हुन सफल भए । उता १६ वर्षभन्दा मुनि उमेर समुहमा मिलन लामा (५ दशमलब ५ अंक), मोहम्मद अदनम अदिल (५ दशमलब ५ अंक), प्रवेश लामा (५ अंक), राजकुमार शाह (४ दशमलब ५ अंक) तथा दिपेन्द्र गमाल (४ दशमलब ५ अंक) का साथ क्रमशः पहिलो, दोश्रो, तेश्रो, चौथो र पाँचौं स्थानमा रहन सफल भए ।
                जिल्ला खेलकुद विकास समिति ललितपुर र ललितपुर स्पोर्टस क्लबको संयुक्त आयोजनामा प्रयागपोखरी ललितपुरमा भदौ ५ गतेबाट शुरु भएको प्रतियोगितामा नेपालका ७१ जना खेलाडीले प्रतिष्पर्धा गरेका थिए । फिडेको स्विस लिग अनुसार ९ चरणमा सम्पन्न प्रतियोगिताका विजयी खेलाडीलाई विश्व बुद्धिचाल महासंघ (फिडे) जोन ३ दशमलब २ का अध्यक्ष राजेशहरी जोशी लगायतले पुरस्कार तथा प्रमाणपत्र वितरण गरेका थिए ।
उमेश के. सी., अन्र्तराष्ट्रिय आर्विटर तथा सदस्य, नेपाल बुद्धिचाल संघ

No comments: