Friday 8 April 2016

4th Co-operative Cup Chess Final

सजिनले जिते मोटरसाईकल उपाधि

ललितपुर, २५ चैत्र ।

कामना साकोस ललितपुरका सजिन महर्जनले मोटरसाईकल पुरस्कार जितेका छन् । ललितपुरमा सम्पन्न सहकारी कप चेस प्रतियोगिताको चौथो संस्करणको फाईनलमा गोल्डेनगेट कलेजका हिमाल लामालाई हराउँदै सजिनले उपाधि हासिल गरे ।


क्लासिकल तर्फका दुबै खेल बराबरीमा टुंगिएपछि टाईब्रेकका लागि खेलाईएको ब्लिज खेलमा सजिनले २० को नतिजा हात पारे । प्रतियोगिताका पहिलो र तेश्रो संस्करणका विजेता मदनकृष्ण कायस्थ थाईल्याण्ड तथा दोश्रो संस्करणका विजेता श्यामसुन्दर श्रेष्ठ अष्ट्रेलियामा रहेका छन् । प्रतियोगिताका उपविजेता हिमालले ५० हजार नगद प्राप्त गरे ।

नकआउटतर्फ तेश्रो स्थानका लागि भएको स्पर्धामा थापाथली चेस पार्कका सुमन राईलाई १.५०.५ ले हराउँदै नेशनल डेभलपमेन्ट साकोसका सुमित पन्त तेश्रो भए । उनले ३० हजार नगद प्राप्त गरे भने चौथो भएका सुमनले २५ हजारमा चित बुझाए ।

भुपेन्द्र लगातार दोश्रोपटक लिग च्याम्पियन

त्यसैगरी नियमित लिग तर्फको उपाधि डायनामीक चेस एकेडेमीका क्यान्डिडेटमास्टर भुपेन्द्र निरौलाले हात पारेका छन् । लगातार दोश्रो पटक लिग विजेता भएका भुपेन्द्रले बिहिबार सम्पन्न नवौं तथा दशौं चरणमा क्रमशः जनता साकोस ठेचोका क्षितीज भण्डारी तथा भक्तपुरका भेट्रान गणेशमान दुवाललाई पराजीत गरे । १० खेलबाट ८ अंक बनाएका उनले २५ हजार नगद समेत प्राप्त गरे ।

उत्कृष्ट फर्ममा देखिएका काठमाण्डौका सुमन लामा ७ दशमलब ५ अंकका साथ लिगतर्फ दोश्रो भए । उनले नवौं चरणमा कामना साकोसका जनार्दन श्रेष्ठ तथा दशौंमा मंकादुखु साकोसका क्यान्डिडेटमास्टर रिजेन्द्र राजभण्डारीलाई हराउँदै १५ हजार नगद प्राप्त गरे । त्यसैगरी क्षितीज भण्डारी, श्री करुणामय साकोसका बद्रीलाल नेपाली, गोल्डेनगेट कलेजका क्यान्डिडेटमास्टर केशव श्रेष्ठ, गणेशमान दुवाल तथा अर्थ बहुउद्येश्यीय सहकारीका फिडेमास्टर मनिष हमाल समान ७ अंकका साथ तेश्रो देखि सातौं स्थान हासिल गर्न सफल भए । ६ दशमलब ५ अंक बनाएका रिजेन्द्र राजभण्डारी, भक्तपुरका विकास कुलुजु तथा जनार्दन श्रेष्ठ आठौं देखि दशौं स्थानमा रहे ।

महिलातर्फ मनास्लु साकोसका अस्मिता अधिकारी, नोबेल कलेजका बिशेखा जयसवाल तथा पिपुल्स कलेजका बिना जयसवाल समान ५ अंकका साथ क्रमशः पहिलो, दोश्रो तथा तेश्रो स्थानमा रहे । त्यसैगरी जनता साकोस ठेचोका सिन्दिरा जोशी तथा अर्थ बहुउद्येश्यीय सहकारीका सविना श्रेष्ठ चौथो तथा पाचौं स्थानमा रहे ।

उमेर समुह अन्र्तगत ५५ वर्ष माथिको पुरस्कार सिवानी एयरलाईन्सका रविन्द्र शाक्य तथा १९ वर्षमुनिको उपाधि शुभ श्रीका आशिष फुँयालले जिते । सिवानी एअरलाईन्सका नविन तण्डुकार १८ सय देखि २ हजार रेटिङ समुहमा अब्बल रहे भने १८ सय भन्दा मुनिको पुरस्कार रुकुमका मिलन रोकाले हात पारे ।

अनरेटेड समुहमा भक्तपुरका केशव मानन्धर र काठमाण्डौका विशाल कुमार श्रेष्ठ क्रमशः पहिलो र दोश्रो भए । उत्कृष्ट स्थानीयको पुरस्कार नेशनल डेभलपमेन्ट साकोस ललितपुरका लवकुमार श्रेष्ठले प्राप्त गरे ।

५९ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा जिल्ला बचत संघ ललितपुर तथा ताम्राकार समाजको संयुक्त आयोजना र सिवानी एयरलाईन्सको मुख्य प्रायोजनमा सम्पन्न प्रतियोगिताका विजयी खेलाडीलाई नेपाल ओलम्पिक कमिटिका अध्यक्ष जीवनराम श्रेष्ठले पुरस्कार वितरण गरे ।


उमेश के.सी., अन्र्तराष्ट्रिय आर्विटर

No comments: