Tuesday 5 April 2016

4th Co-operative Chess

सहकारी कप चेसको नकआउट समिकरण पुरा

ललितपुर, २३ चैत्र ।

ललितपुरमा जारी सहकारी कप चेस प्रतियोगिताको नकआउट समिकरण पुरा भएको छ । मंगलबार सम्पन्न छैटौं तथा सातौं चरणका खेल पश्चात कामना साकोसका सजिन महर्जनगोल्डेनगेट कलेजका हिमाल लामा, नेशनल डेभलपमेन्ट साकोसका सुमित पन्त र थापाथली चेस पार्कका सुमन राई नकआउट चरणमा प्रवेश गरेका हुन् । नकआउट प्रवेशका लागि सजिनले सातौं चरणमा हिमाल लामालाई पराजीत गर्दै सर्वाधिक ६ अंक जोडे । यसअघि छैटौं चरणको खेलमा सजिनले पूर्व राष्ट्रिय च्याम्पियन श्री करुणामय साकोसका बद्रिलाल नेपालीलाई हराए ।

त्यसैगरी हिमालले छैटौं चरणमा सुमितसँग बराबरी खेले । सुमितले सातौं चरणमा गोल्डेनगेट कलेजका केशव श्रेष्ठलाई बराबरीमा रोक्दै नकआउट प्रवेश चरण गरे । सुमनले छैटौंमा मंकादुखु साकोसका क्यान्डिडेटमास्टर रिजेन्द्र राजभण्डारी तथा सातौंमा जनता साकोस ठेचोका क्षितीज भण्डारीसँग बराबरी खेले । हिमाल, सुमित र सुमन समान ५ दशमलब ५ अंक हात पार्दै सहकारी कपको नकआउटमा चरणमा पहिलो पटक छनौट भएका हुन् । नकआउटतर्फ पहिलो हुनेले मोटरसाईकल प्राप्त गर्नेछन् भने दोश्रो, तेश्रो तथा चौथोले क्रमशः ५० हजार, ३० हजार तथा २५ हजार नगद प्राप्त गर्नेछन् ।

नकआउट अन्र्तगत बुधबार हुने दोहोरो लेगको खेलमा सजिनले सुमितसँग तथा सुमनले हिमालसँग प्रतिष्पर्धा गर्नेछन् ।

समान ५ दशमलब ५ अंक भएता पनि प्रोगेशिभ प्वाईन्टका आधारमा पछि परेका क्षितीज भण्डारी, रिजेन्द्र राजभण्डारी तथा काठमाडौंका सुमन लामा नियमित लिग तर्फको पुरस्कारका लागि प्रतिष्पर्धा गर्नेछन् । क्यान्डिडेटमास्टर केशव श्रेष्ठ, डायनामीक चेस एकेडेमीका क्यान्डिडेटमास्टर भुपेन्द्र निरौला, बद्रिलाल नेपाली, सिवानी एअरका रविन्द्र शाक्य, भक्तपुरका गणेशमान दुवाल, नेशनल डेभलपमेन्टका लवकुमार श्रेष्ठ समान ५ अंकका साथ नियमित लिग तर्फ दाबेदारी प्रस्तुत गरिरहेका छन् ।

अर्थ बहुउद्येश्यीय सहकारीका मनिष हमाल, शुभश्री बहुउद्येश्यीय सहकारीका आशिष फुँयाल, भक्तपुरका विकास कुलुजुलुभुका राजकुमार लामा, ललितपुरका राजन पुरी, कामना साकोसका जनार्दन श्रेष्ठ तथा सिवानी एअरका नविन तण्डुकारको समान ४ दशमलब ५ अंक रहेको छ । त्यसैगरी मनाल्सु बहुउद्येश्यीय सहकारीका अस्मिता अधिकारी, मखन चेस क्लबका सिताराम अग्रवाल, नेशनलका मनिराज डांगी, बाग्लुङका रविन्द्र श्रेष्ठ, ललितपुरका गोपाल महर्जन तथा काठमाडौंको दिपक कुमार पोखरेल समान ४ अंकमा रहेका छन् ।

५९ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा जिल्ला बचत संघ ललितपुर तथा ताम्राकार समाजको संयुक्त आयोजना र सिवानी एयरलाईन्सको मुख्य प्रायोजनमा सञ्चालन भईरहेको प्रतियोगिताको पाचौं दिन बुधबार नकआउटतर्फ सेमिफाईनल र नियमित लिगतर्फ आठौं तथा नवौं चरणका खेल सञ्चालन हुनेछन् ।


उमेश के.सी., अन्र्तराष्ट्रिय आर्विटर

No comments: